काठमाडाै । नेपालमा एमसिसिलाइ भित्र्याउने सम्बन्धमा निर्णय हुन नसकिरहेको अहिलेको समयमा एमसिसि सम्झाैतालाइ लिएर सर्वत्र विरोध हुने गरेको छ ।
नेपालमा एमसिसि आवश्यक छैन, यसलाइ भित्र्याउनु हुँदैन । याे सम्झाैता राष्ट्रघाती छ धारणा सहित अहिले विभिन्न दल तथा संगठनहरुले खुलेरै एमसिसिको विरुद्ध आवाज उठाइरहेका छन् ।
एमसिसिकै विषयलाइ लिएर आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले पनि काठमाडौको माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन सम्पन्न गरेको छ ।
उक्त विरोध कार्यक्रममा काठमाडौंको क्षेत्र नम्बर ६ (तारकेश्वर)बाट पनि राप्रपाका निकै धेरै सक्रिय कार्यकर्ता एवं शुभचिन्तकहरुकाे उपस्थिति रहेकाे थियाे । तारकेश्वर क्षेत्रबाट आजकाे विरोध कार्यक्रममा गि करिब ५ सयको युवाहरुको सक्रिय सहभागिता रहेकाे थियाे ।
एमसिसि, महँगी, भ्रष्टाचार लगायतको विरोध एवं राजसंस्थाको पुनस्थापना लगायतका विभिन्न विषयवस्तुहरु उक्त प्रदर्शनको क्रममा राप्रपाले सार्वजनिक रुपमा आह्वान गर्दै आएको राप्रपाका केन्द्रीय सदस्य राज कुमार खड्काले सेतोघर डट कमलाई बताउनुभयो ।
प्रदर्शनमा उत्रेका युवाहरुले हिन्दू राज्य कायम गर । भ्रष्टाचारीलाइ कारबाही गर । बढ्दाे महँगाी नियन्त्रण गर । हाम्राे राजा हाम्राे देशः प्राण भन्दा प्याराे छ । एमिसिस सम्झाैता खारेज गर लगायतका नाराहरु लगाएका िथए ।


© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij