सुदर्शन कार्की, अध्यक्ष, उर्वर नेपाल पब्लिक लिमिटेडयहाँले संक्षिप्तमा आफ्नो परिचय गराइदिनुहुन्छ कि ?
मेरो नाम सुदर्शन कार्की हो । मेरो जन्मस्थान दोलखा जिल्ला हो । मेरो बाल्यअवस्था दोलखाको दक्षिण भेग हालको शैलुङ्ग गाउँपालिकामा नै बित्यो । नेपालमा जनयुद्द सुरु हँुदा म १ कक्षामा पढ्थेँ र जन–आन्दोलनसँगै शान्ति प्रक्रियामा आइपुग्दा एसएलसी शिक्षा सकेर उच्च शिक्षाको लागि काठामाडौं आएँ । पछिल्लो समय हामीले कृषिको व्यावसायिकरण र बजारीकरण सम्बन्धमा राष्ट्रको दीर्घकालिन हित एवं कृषक हितलाई मध्यनगर गर्दै विभिन्न कार्यक्रमहरु अघी बढाइरहेका छौं ।
अहिले हामीले उर्वर नेपाल पब्लिक लिमिटेड नामक कम्पनी स्थापना गरी यस अन्तरगत राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान सञ्चालन गरिरहेका छौं । यस अभियानले खासगरी देशभरका कृषक एवं कृषि क्षेत्रको प्रवद्र्धनको काम गर्ने उद्देश्य राखिएको छ । अहिले हामीले कृषि क्षेत्रको व्यावसायिकरणलाई जोड दिँदै स्वदेशी वस्तु उत्पादन र बजारीकरण सम्बन्धी काम गरिरहेका छौं । स्वदेशी अर्थतन्त्र बलियो भएको देख्न इच्छुक विभिन्न व्यक्ति तथा समूहहरु हामीसँग जोडिन सक्नुहुन्छ । हाम्रो यस अभियानबाट खासगरी कृषकलाई प्रोत्साहनजनक क्रियाकलाप मिल्नुको अलावा कृषिजन्य उत्पादन अभिवृद्धि भई कृषकको आर्थिक सुनिश्चितता र आयात प्रतिस्थापनमा सहयोग पुग्नेछ भन्ने हामीले आँकलन गरेका छौं । सोही बमोजिम कृषकलाई आवश्यक आर्थिक, भौतिक तथा प्राविधिक सहयोग सहयोग समेत उपलब्ध गराइरहेका छौं । साथै उत्पादित वस्तुको सहज बजार प्रबन्धन सम्बन्धी कामहरु समेत गर्दै आइरहेका छौं ।
यस अभियानमा विभिन्न क्षेत्रका विज्ञहरु हुनुहुन्छ । व्यवसायी, लगानीकर्ता, कृषक, बैंकिङ प्रणाली अहिले यस अभियानमा जोडिइसकेका छौं । हामीले अहिले देशभर हाम्रो सञ्जाल विस्तार गरिरहेका छौं । यस अभियानको लक्ष्य सिङ्गै मुलुकको अर्थतन्त्र आत्मनिर्भर बनाउने भन्ने हो र त्यसमा हाम्रो पहिलो कदम कृषि उत्पादनबाट आत्मनिर्भर बनी आत्मनिर्भरता सहितको समृद्धि तर्फ पाइला चाल्ने रहेको छ ।
तपाईं कसरी कृषि क्षेत्रको प्रवद्र्धन गर्ने यस अभियानमा संलग्न हुनको लागि प्रेरित हुनुभयो त ?
म दोलखाबाट काठमाडौं आउँदा मेरो लक्ष्य नेपाली सिनेमाको हिरो बन्ने रहेको थियो । बिस्तारै काठमाडौंको परिवेशले व्यापारी बन्न बाध्य बनायो । हाम्रो समाजमा आम युवामा पैसा मात्र कमाउने होड छ । म पनि यही समाजको पात्र भएकाले मेरो लक्ष्य नेपालको धनी व्यक्ति बन्ने रह्यो । बिस्तारै व्यवसाय फस्टाउँदै गयो । यसको मतलब मलाई काठमाडौंमा बाँच्नकै लागि संघर्ष गर्नुपर्ने दिनको समाप्त भयो । अब म कसरी समाजलाई पनि केही दिन सक्नु भन्ने तर्फ मेरो ध्यान केन्द्रित हुन थाल्यो । यसै क्रममा मैले ब्रह्माण्ड, मानव विकास, विज्ञान प्रविधिको विकास साथै विश्व इतिहास र विश्वदर्शन बारे केही अध्ययन गर्ने मौका समेत पाएँ । त्यसपछि भने मेरो जीवनको लक्ष्य बदलियो । विद्यमान समाजमा युवा पुस्ताले राख्ने लक्ष्य भन्दा फरक लक्ष्य बोकेर म यो समाजमा उभिएको छु । अब हाम्रो अभियान हाम्रो समग्र नेपालीको अभियानको रुपमा अघी बढिरहेको छ । यस अभियानमा विभिन्न क्षेत्रका विज्ञहरु हुनुहुन्छ । व्यवसायी, लगानीकर्ता, कृषक, बैंकिङ प्रणाली अहिले यस अभियानमा जोडिइसकेका छौं । हामीले अहिले देशभर हाम्रो सञ्जाल विस्तार गरिरहेका छौं । यस अभियानको लक्ष्य सिङ्गै मुलुकको अर्थतन्त्र आत्मनिर्भर बनाउने भन्ने हो र त्यसमा हाम्रो पहिलो कदम कृषि उत्पादनबाट आत्मनिर्भर बनी आत्मनिर्भरता सहितको समृद्धि तर्फ पाइला चाल्ने रहेको छ ।
आगामी दिनमा यो अभियान कसरी अघी बढ्छ ?
हामीले अभियानलाई विस्तारै कृषिको अलावा पर्यटन क्षेत्र, जडीबुटीको विकास, उत्खनन र जलविद्युतमा जनस्तरबाट सामुहिक लगानी र परिश्रम गरि देशलाई आत्मनिर्भर सहितको समृद्ध देश बनाउन सम्भव छ भन्ने कार्यक्रम सहित अघी बढाउनेछौं । यी योजनाहरुको कार्यान्वयनकै लागि हामीले ‘उर्वर नेपाल पब्लिक लिमिटेड’ भन्ने कम्पनीको स्थापना गरेका छौं ।
यस अभियान अन्तरगत अहिले सम्म के–कस्ता कामहरु अघी बढाउनुभएकाे छ त ?
हाम्रो अभियानको मुख्य काम नेपाली उत्पादनको बजारीकरण गर्नु नै हो । त्यसको लागि हामीले हाल ४ महिनामा २ वटा आधुनिक बिक्री कक्ष (आउटलेट) निर्माण गरी नेपालि उपभोक्ता माझ नेपाली उत्पादन लिएर आइसकेका छौं । यो कम्पनी यस्तो कम्पनि हो, जसमा नेपाली किसान, अभियन्ता र आम शुभचिन्तक नेपालीहरुको लगानी रहेको छ । हामीले यो कम्पनी मार्फत ५ वर्षमा ८ सय आउटलेट खोलि नेपालको सबैभन्दा ठुलो एग्रो कम्पनि बन्ने लक्ष्य लिएका छौं । समय र परिवेशको आवश्यकताले मानिसलाई डोहोर्याउने रहेछ । अबको १० वर्ष मेरो प्रमुख लक्ष्य भनेकै देशलाई पूर्ण रुपमा उत्पादनमा आत्मनिर्भर बनाउनु नै रहनेछ ।
दोलखाबाट काठमाडौं प्रवेश गर्दाका ती क्षणहरूलाई यहाँले कसरी सम्झनुहुन्छ नि ?
एउटा ग्रामीण भेगबाट शहरमा भविष्य खोज्न आएको एउटा दोलखाली केटो आज आम नेपाली नागरिकहरुको भविष्यको चिन्ता गर्दै मैदानमा उत्रिएको छ । मलाई अहिले लाग्छ कि हाम्रो सफलता स्तर हाम्रो दृढ इच्छा शक्तिमा निर्भर गर्दो रहेछ । ग्रामीण क्षेत्रमा, कमजोर आर्थिक हैसियतको परिवारमा जन्मिएर, सामुदायिक विद्यालयमा पढेर वा बाल्यकाल दुखद स्थितिमा बितेपनि अथवा एक दुई चोटि असफल भएर हामी सदैव कमजोर र असफल रहन्छौं भन्ने हुँदैन रहेछ । यो परिवर्तनशिल दुनियाँमा समयको आवश्यकता बमोजिम को कहाँबाट कहाँ पुग्छ थाहा नै हुँदो रहेनछ । यद्यपि सकारात्मक सोच, सामाजिक उत्तरदायित्वको महसुस र योजनावद्ध तवरले अघी बढ्दा हामीले ढिलोछिटो सफलता त अवश्य पाउन सक्छौं भन्ने मेरो अनुभव छ । व्यक्तिको सफलताको स्तर चाहिँ हाम्रो आफ्नै मानसिकता र कल्पना शक्तिमा नै निर्भर गर्दो रहेछ । म काठमाडौं प्रवेश गर्दा कमजोर अवस्थामा रहेको मैले यहाँ भोगेका विभिन्न उतारचढाव र आरोहअवरोहहरुबाट सिक्दै अहिलेको अवस्थामा आउन सफल भएको हुँ । हामीले अहिले हाम्रो बुझाई, सिकाई र भोगाईको आधारमा युवाहरुलाई सकारात्मक आशा जगाउने क्रियाकलापहरुमा लाग्न उत्प्रेरित गर्नुपर्ने आवश्यकता देखेर हाम्रो समूह आफैं मैदानमा उत्रिएका छौं । युवा वर्गमा उत्पादनमूलक क्रियाकलापमा संलग्न रहन र व्यावसायिक क्षेत्रमा अघी बढ्न व्यावसायिक चेतना अभिवृद्धि हुने काममा केही सहयोग पुर्याउन सकेको खण्डमा विस्तारै हामीले चाहेको समृद्धिको यात्रामा हाम्रो देश अघी बढ्न सक्छ भन्ने मैले बुझेको छु ।
कृषि भित्र धेरै समस्याहरु छन् तर मुख्य समस्या भनेको सप्लाई चेन नहुनु नै हो । नेपालमा उत्पादन नभएको होइन । त्यसले व्यवस्थित दिर्घकालिन बजार नपाएको भने अवश्य हो । त्यसलाई सार्थक बनाउनको लागि नेपाल सरकारले योग्य सामाजिक अभियन्ताहरुलाई नभएर आफ्ना र वरपरका मानिसलाई मात्र कृषि अनुदान दिँदै आइरहेको पनि सत्य हो । अहिले सम्म निजी क्षेत्रले पनि उद्यमशिलतामूलक कामहरु शुरुवात गर्ने मात्रै भन्ने र अन्तर्राष्ट्रिय सहयोगहरु पचाउने काम मात्र गर्दै आएका छन् । सबैले कृषिलाई देखाएर यस क्षेत्रमा काम गर्ने भन्ने र अनुदान मात्र पचाउनेहरू पनि यस क्षेत्रका ठूला समस्या नै बनेका छन् ।
उर्बर नेपाल नै निर्माणको अवधारणा चाहिँ के हो ?
नेपाल उर्वरशिल भूमि हुँदाहुँदै पनि एकातिर अहिले सम्म किसानको उत्पादनले बजार पाउन सकेको छैन । यसबाट किसानको अवस्था माथि उठ्ने सुनिश्चितता हुन सक्दैन । त्यसैले किसानको आफ्नै बजार बनाउन सामुहिक अवधारणामा व्यसाय गर्न आवश्यक ठानेर हामीले यो अभियान अघी बढाएका हौं । अहिलेका नेपाली युवाको कृषि प्रतिको जुन आकर्षण छ त्यसलाई उत्साह थप्न र विदेशमा भएका युवा वर्गलाई समेत देशमा केहि गर्न सकिन्छ र गर्नुपर्छ भन्ने आशाको दिप जगाउन आवश्यक ठानेर कृषिकै क्षेत्रमा हामीले काम अघी बढाएका हौं । नेपाली युवालाई उपयुक्त प्लेटफर्म मिल्न सके विदेश जानबाट रोक्न र स्वदेशमा नै उद्यमशिल क्रियाकलापमा लगाउन सकिन्छ भन्ने हाम्रो बुझाई छ । यसरी सामुहिक तवरे जसले जहाँबाट जसरी सकिन्छ, त्यसले त्यहीँबाट मेहनत गर्दा देश आत्मनिर्भर बन्छ भन्ने उदाहरण सहित नेपाललाई पुनः उर्वरमय बनाउने उद्देश्यले नै हाम्रो अभियानको अवधारणा हो ।

नेपाललाई साँच्चिकै कृषिमा रूपान्तरण गर्न अबका दिनमा के–कसरी अघि बढ्नु जरुरी देख्नुहुन्छ ?
अब हामी सरकार वा गैह्र सरकारी संस्थाहरुको मात्र भर परेर हुन्न । नेपाली युवाहरुले विचार सहित लगानी गरेर किसानलाई संगठित ढंगले उत्पादनमा परिचालित गर्नुपर्छ । छोटो समयलाई मात्र हेर्ने हो भने पनि भूकम्प, नाकाबन्दी, कोभिड–१९ जस्ता समस्याहरुले हामीलाई सिकाएको छ कि यी समस्याहरुमा अन्य कामहरु पूर्ण रुपमा रोकिँदा पनि मानिसले खाद्यान्न सामाग्री खरिद गर्न भने छोडेनन् । हाम्रो देश जति छोटो समयमा परनिर्भर भएको छ, हामीले चाह्यौं भने त्यत्तिकै चाँडो पुनः आत्मनिर्भर बनाउन पनि हामीले नै सक्नेछौं । वर्षको झन्डै १ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको दैनिक उपभोग गर्ने वस्तु हामीले आयात गर्छौं । यो भनेको हालको ४ वटा मन्त्रालयको बजेट बराबर आउँछ । यसको मतलब अब हामीले पनि उत्पादन गरेर विश्व बजारमा पठाउन सक्छौं भने हामीले किन अब आर्थिक सबलताको लागि यो प्रयास नथाल्ने ? निर्वाचनमा नेताहरुले गर्ने खर्च तिनै बिचौलियाबाट मिल्छ । अनि उनीहरुको नुन खाएपछि नुनको सोझो गर्नै पर्यो । यी विविध कारणहरु छन्, जसले गर्दा युगौं देखिको मानव जीवनसँग जोडिएको कृषिमा पनि हाम्रो प्रगति हुन सकेको छैन । यसको लागि हामी सम्पूर्ण नागरिक सचेत भएर सहयोगात्मक तरिकाले संगठित रुपमा अगाडी बढ्दा मात्र यो समृद्धि सम्भव हुनेछ । यसैकारण हामीले आत्मनिर्भरता सहितको समृद्धि र सकारात्मक परिवर्तन चाहने आम नेपाली अब एक भएर अगाडी बढेमा मात्र सम्पूर्ण नेपालीको हित हुने अनुमान गर्न सक्छौं । यसको सबैभन्दा धेरै फाइदा तिनै पिँधमा रहने किसानलाई नै मिल्नेछ ।
एक वर्षको छोटो समयमा पनि यहाँहरुले निकै उत्साहप्रद कामहरु गर्दै आइरहनु भएको छ । यस्ता विविध गतिविधिहरु सञ्चालन गर्दा यहाँहरुले भोग्नुभएका मुख्य समस्याहरु चाहिँ के–के अनुभव गर्नुभएको छ ?
कृषि भित्र धेरै समस्याहरु छन् तर मुख्य समस्या भनेको सप्लाई चेन नहुनु नै हो । नेपालमा उत्पादन नभएको होइन । त्यसले व्यवस्थित दिर्घकालिन बजार नपाएको भने अवश्य हो । त्यसलाई सार्थक बनाउनको लागि नेपाल सरकारले योग्य सामाजिक अभियन्ताहरुलाई नभएर आफ्ना र वरपरका मानिसलाई मात्र कृषि अनुदान दिँदै आइरहेको पनि सत्य हो । अहिले सम्म निजी क्षेत्रले पनि उद्यमशिलतामूलक कामहरु शुरुवात गर्ने मात्रै भन्ने र अन्तर्राष्ट्रिय सहयोगहरु पचाउने काम मात्र गर्दै आएका छन् । सबैले कृषिलाई देखाएर यस क्षेत्रमा काम गर्ने भन्ने र अनुदान मात्र पचाउनेहरू पनि यस क्षेत्रका ठूला समस्या नै बनेका छन् । विविध समस्याहरुले घेरिएको कृषि क्षेत्रलाई माथि उठाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न अब युवाहरु नै सहभागी नहुँदासम्म र आम नेपालीमा समृद्धि भन्दै गर्दा हरेक नेपालीको चेतनामा आत्मनिर्भर सहितको समृद्धि देख्ने चेतना नहुँदासम्म हामीले सोचेजस्तो विकास कदापि हँुदैन । मल बिउबिजन हामी आफ्नै नहुनु, बिचौलियाको हावी हुनु, कृषकले सही मूल्य नपाउनु, उपभोक्ता महँगोमा कृषिजन्य वस्तु उत्पादन खरिद गर्न बाध्य हुनु लगायत थुप्रै समस्याहरु अहिले कृषि क्षेत्रमा रहँदै आएका छन् ।
त्यसो भए के नेपाललाई कृषिले मात्रै आत्मनिर्भरतातर्फ उन्मुख गराउन सक्ला त ?
कृषिबाट मात्रै पूर्ण आत्मनिर्भर हुन त नसकिएला । तर पनि कृषिको आत्मनिर्भरतामा ठूलो योगदान रहन्छ । कृषिमा ठूलाे जनसङ्ख्या संलग्न रहँदै आएकाे छ । हामीले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नको लागि कृषि पेसाबाट छिटो लाभ हासिल गर्न सक्छौं । मानव सभ्यतासंग प्राचिनकाल देखि नै जोडिएर आएको पेसा पनि कृषि नै हो । यसको विकास गर्ने कार्य हाम्रोजस्तो मुलुकको लागि भौगोलिक र प्राकृतिक रुपमा पनि सहज छ । नेपाल विश्वमा एक मात्र यस्तो देश हो जहाँ सबै प्रकारका मौसम र हावापानी उपलब्ध छन् । यदि व्यावसायिक कृषिको उदाहरणको लागि हामी भन्दा १४ गुणा सानो भनिएको इजरायललाई उदाहरणको रुपमा हेर्न सक्छौं । हामीले आफ्नो उत्पादन अब विश्वव्यापी रूपमा पठाउन सक्ने समयको विकास भइसकेको छ । विज्ञान र प्रविधिको प्रयोगबाट हामीले कृषिलाई सजिलो मात्र नभएर उद्यमीको रुपमा विकास गर्न सक्छौं अहिलेको लागि देशलाई आत्मनिर्भर बनाउने हो भने कृषि नै उत्तम बाटो हो ।
कृषि फार्म र उर्वर नेपाल पब्लिक लिमिटेड बीच के कत्तिको कृषकहरूले फरक पाउन सक्छन् ?
सबैभन्दा पहिलो कुरा हामि विचार सहित उत्पादनमा लाग्दै छौं । अर्को कुरा हाम्रो कम्पनी सेयर संरचनामा ४०% लगानी किसानको रहेको छ । अहिलेका फार्ममा स्वामित्व केवल एक व्यक्ति वा समूहको मात्र हुन्छ र त्यसबापतको फाइदा पनि उनीहरुले मात्र लिने गर्दै आइरहेका छन् । तर यहाँ किसानले आफ्नो उत्पादन बेच्दा पाउने फाइदा मात्र नभएर अन्तिम खरिदकर्ता उपभोक्ताले खरिद गर्दा हुने नाफाको ४०% हिस्सेदार स्वयम् किसान हुनेछन् । साथै उपभोक्ताले सस्तो र सुलभ मूल्यमा वस्तुहरु खरिद गरी उपभोग गर्न पाउनेछन र यो एक व्यक्ति वा समुहको मात्र नभएर आम नेपालीले लगानी गरेर काम गर्न सक्ने वातावरण र पद्दति भएको कम्पनि हो त्यसकारण यो अवधारणा विद्यमान भै रहेको कम्पनीहरु वा कृषि फार्महरू भन्दा धेरै भिन्न छ ।
अब हामी सरकार वा गैह्र सरकारी संस्थाहरुको मात्र भर परेर हुन्न । नेपाली युवाहरुले विचार सहित लगानी गरेर किसानलाई संगठित ढंगले उत्पादनमा परिचालित गर्नुपर्छ । छोटो समयलाई मात्र हेर्ने हो भने पनि भूकम्प, नाकाबन्दी, कोभिड–१९ जस्ता समस्याहरुले हामीलाई सिकाएको छ कि यी समस्याहरुमा अन्य कामहरु पूर्ण रुपमा रोकिँदा पनि मानिसले खाद्यान्न सामाग्री खरिद गर्न भने छोडेनन् । हाम्रो देश जति छोटो समयमा परनिर्भर भएको छ, हामीले चाह्यौं भने त्यत्तिकै चाँडो पुनः आत्मनिर्भर बनाउन पनि हामीले नै सक्नेछौं ।
भोलीका दिनमा अन्य क्षेत्रमा पनि लगानी गर्ने नयाँ योजनाहरू पो रहेका छन् कि ?
अब मैले व्यक्तिगत वा निजि सम्पति भन्दापनि सामुहिकतालाई बलियो बनाउँदै सम्बन्धित समुदायमा नै अधिकार पुर्याउने र सामुहिकतामा नै समृद्ध बन्ने भन्ने हो । हाम्रो अभियान “राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालले पाँच कार्यक्रम ल्याएको छ जसमा कृषि विकास, पर्यटनको विकास, जडीबुटीको विकास, उत्खननको विकास, जलविद्युतको विकास यी पाँच मध्ये हामीले पहिलो काम कृषिको विकास गर्दै छौं । त्यसको कार्यान्वयन गर्ने काम उर्वर नेपालले गर्ने छ र यसैगरी जनस्तरबाट लगानी गरेर अन्य ४ वटा कम्पनि हामीले खोल्ने लक्ष्य लिएका छौं ।
अन्त्यमा यहाँले के भन्न चाहनुहुन्छ ?
हामी संगठित भएर नलाग्दा सम्म हाम्रो देश आत्मनिर्भर हुन सक्दैन । देश आत्मनिर्भर नहुँदा आज जस्तै विदेशिने नेपालिको सङ्ख्या अझ बढ्न सक्छ । साथै देशको राजनीतिक अवस्था पनि यसरी नै अस्थिर भइरहन सक्छ । त्यसो हुँदा सबै क्षेत्रहरु जोखिममा हुनेछन् । त्यसैले सहयोगात्मक ढंगले संगठित भएर समग्र कृषकहरु अगाडी बढ्नलाई अनुरोध गर्दै समग्र सेयरहोल्डरमा हामीले लिएको बाटोले नेपाल देशको गरिमा, नेपाली जनताको सर्वोत्तम हित र हरेक नेपालीको समृद्धि हुने भएकाले धैर्यता साथ अगाडी बढ्न अनुरोध समेत गर्दछु ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij