२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कांग्रेसको १४औैँ महाधिवेशन नेतृत्व चयनमा सीमित नभई समृद्ध नेपाल निर्माणमा महत्त्वपूर्ण दस्तावेज बन्नुपर्छः थापा

कांग्रेसको १४औैँ महाधिवेशन नेतृत्व चयनमा सीमित नभई समृद्ध नेपाल निर्माणमा महत्त्वपूर्ण दस्तावेज बन्नुपर्छः थापा

चन्द्र थापा, नेता, नेपाली कांग्रेस (धादिङ)

नेपाली कांग्रेस धादिङका युवा नेता चन्द्र थापा गंगाजमुना गाउँपालिका वडा नं ५ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका पात्र हुन् । अहिले उनी नेपाली काङ्ग्रेस धादिङ–काठमाडौं सम्पर्क समितिका उपाध्यक्ष पनि रहेका छन् । उनी भन्छन्, पार्टीलाई सशक्त बनाएर आगामी तिनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन पार्टीको १४औैँ महाधिवेशनको महत्त्वपूर्ण भुमिका हुन्छ ।

मुलुकको वर्तमान राजनीतिक वातावरण प्रति चिन्तित हुँदै उनी भन्छन्, हिजाे नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा सत्ता पक्ष कस्तो भईदिए हुन्थ्यो भन्ने पार्टीलाइ महसुस हुन्थ्यो, पार्टी अहिले सत्तामा आउँदा त्यस्तै इमान्दारिता प्रदर्शन गर्न सक्नुपर्छ । राजनीतिक दलहरुको शिर्ष नेतृत्वसँग मुलुकको भाग्य र भविष्य जोडिने भएकोले सबै दलका नेतृत्वहरु मुलुकको शान्ति र समृद्धिमा एकजुट हुनुपर्ने थापाको भनाइ छ ।

अब तपाईंको उम्मेदवारी कुन पदमा हुनेछ भन्ने सवालमा आफूले पद भन्दा पनि कामलाई बढी महत्वपूर्ण ठान्ने हुँदा अग्रज नेतृत्व, सहकर्मी साथीहरु अर्थात पार्टीले दिएको जुनसुकै जिम्मेवारीमा काम गर्न आफू तयार रहेको थापाको जवाफ छ । सोही अनुरुप आफू अगाडि बढ्ने सोच रहेको उनी बताउँछन् ।

साथै कर्मथलो काठमाडौं बनाउँदै आएका थापा आफू शहरी क्षेत्रमा बसेर स्थानीय तहको नेतृत्व सम्हाल्न असहज हुने कुरामा सचेत रहँदै स्थानिय स्तरका साथीहरूले नै त्यहाँको नेतृत्व लिनुपर्ने कुरामा समेत उनी जोड दिन्छन् । त्यही सोच अनुरुप पालिका तहसम्मको कार्यसमितिमा आफू बस्ने सोच नभएको उनले प्रष्ट पारे ।

थापा स्थानिय तहका प्रायः सबै राजनीतिक दलमा संलग्न व्यक्तिहरुका मन मस्तिष्कमा रहन सफल थापा सरल स्वभावका, विषयवस्तुमा चासाे राख्ने र सबै राजनीतिक दल तथा सामाजिक वस्तुस्थितिसँग समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने पात्र समेत हुन् । राजनीतिक स्थायित्वबाट नै मुलुकमा राम्राे लगानीमैत्री वातावरण बन्न सक्ने उनकाे धारणा छ । साथै अहिले राजनीतिमा संलग्न हुने व्यक्ति कुनै व्यवसायमा संलग्न हुनुपर्ने आवश्य्कता औंल्याउने थापा ग्यास व्यवसायी समेत हुन् । हाल उनी ग्यास बिक्रेता महासंघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्षकाे भूमिकामा समेत रहँदै आएका छन् ।

दल भित्रका व्यक्तिहरुले आपसमा दम्भ, इर्ष्या र निषेध भावना राखे लोकतन्त्र दिगो हुन सक्दैन भन्ने उनको मान्यता छ । सेतोघर डट कमसँगको कुराकानीका क्रममा उन भने, ‘विषय प्रसङ्गमा शिर्ष तह मिलिरहेका हुन्छन् भने गाउँघरमा आफूआफूमा किन विवाद गर्ने ? यसकारण स्थानिय तहको शान्ति र समृद्धिमा सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्छ अर्थात् असल राजनीतिक संस्कारको परिचय दिनुपर्छ ।’

अहिले राजनीतिक दलहरुले निर्वाह गर्नुपर्ने भूमिका बारे बताउँदै थापा भन्छन्, कोरोना संक्रमणबाट उत्पन्न संकटको घडीमा राजनीतिक दलहरु बीचको बेमेल अनि स्वार्थको लडाइँले जनता निरास छन् । यसमा सबै राजनीतिक दल सचेत हुनुपर्छ राजनीतिक दल र तिनका नेतृत्वसँग जनताको सम्बन्ध प्रगाढ हुनुपर्छ ।

‘धादिङमा नेपाली कांग्रेसभित्र गुटगत राजनीति मौलाएको छ भनिन्छ नि, के साँच्चै हो र ?’ भन्ने सन्दर्भमा थापा भन्छन्, अहिले पार्टी भित्रको अधिवेशन अर्थात् चुनाव भएकोले नेतृत्वमा को आउने भन्ने त हुन्छ नै, काङ्ग्रेसको माहोल जिल्लामा अत्यन्तै राम्रो रहँदारहँदै पनि विगतका दिनहरुमा झिनो मतले चुनाव हार्नु परेको तितो यथार्थ जिल्लाका नेतृत्व तहले राम्ररी बुझेको अवस्था छ । साथै पार्टीको १४औं महाधिवेशन सकिएपछि सबै साथीहरू अर्थात् सिङ्गो कांग्रेस एकजुट भएर, एकै ठाउँमा रहेर आगामी चुनावहरुमा अत्यधिक मतले चुनाव जितेर समृद्ध धादिङको सपना साकार पार्ने सोचमा सबै नेता कार्यकर्ता लाग्नुभएको छ । यसैमा जिल्लाको पार्टी सभापति र नेतृत्व तह अहोरात्र खटिइरहनु भएको छ ।

कोरोना संक्रमणबाट उत्पन्न संकटको घडीमा राजनीतिक दलहरु बीचको बेमेल अनि स्वार्थको लडाइँले जनता निरास छन् । यसमा सबै राजनीतिक दल सचेत हुनुपर्छ । सबै राजनीतिक दल र तिनका नेतृत्वसँग जनताको सम्बन्ध प्रगाढ हुनुपर्छ ।

अहिले अत्यन्तै कठिन घडीमा फेरि मुलुकको नेतृत्व कांग्रेसको काँधमा आएको प्रशङ्गमा कुरा गर्दै थापाले सरकारको नेतृत्व पार्टी सभापतिज्युले गरिरहनुभएको अहिलेको स्थितिमा पार्टी भित्रका सबैले पार्टी सभापतिज्युलाई साथ दिनुपर्ने धारणा राख्छन् । पार्टी भित्र अनावश्यक झमेलाहरु भईरहँदा नेतृत्व कमजोर हुने र यसबाट पार्टीलाई ठूलो असर पर्ने साथै यसबाट मुलुकलाई समेत पीडा हुने कुरामा उनको विशेष जोड छ । सबै राजनीतिक दल र शिर्ष नेतृत्व तहसँगको आपसी सहकार्यबाट मात्रै मुलुकको शान्ति र समृद्धिको अभियान पूरा हुने थापाको बुझाई छ ।

अन्त्यमा नेपाली कांग्रेसले १४औं महाधिवेशनबाट उर्जाशिल नेतृत्व पाउने र त्यही धरातलबाट ‘समृद्ध नेपालः सुखी नेपाली’ अभियान सफल बनाउन महत्वपूर्ण दस्तावेज पनि बन्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij