काठमाण्डौं । साहस उर्जा लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आउँदो असोज ६ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले ७० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता निष्कासन गर्नेछ।
कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij