२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बाग्मती प्रदेश सरकारकाे मन्त्रीपरिषदमा थपिए १० मन्त्री

बाग्मती प्रदेश सरकारकाे मन्त्रीपरिषदमा थपिए १० मन्त्री

काठमाडाैं ।  बागमती प्रदेश सरकारले १० जना मन्त्री थप गरेर  मन्त्रिपरिषद् विस्तार गरेको छ।

बुधबार प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले थप १० सांसदलाई मन्त्री बनाएकी हुन्।

मुख्यमन्त्री शाक्य नेतृत्वको प्रदेश सरकारमा अधिकांश माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा नगएका सांसदलाई मन्त्री बनाइएकाे छ ।

बागमती प्रदेशको सरकारले मन्त्रिपरिषद् विस्तारसँगै पूर्णता पाएकाे छ ।

नयाँ थपिनेमा  ६ मन्त्री र ४ राज्यमन्त्री रहेका छन् ।

जसमा नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), रचना खड्का (आर्थिक मामिला तथा योजना मन्त्रालय), विजय सुवेदी (सामाजिक विकास मन्त्रालय), प्रदीपकुमार कटुवाल (स्वास्थ्य मन्त्रालय), शान्तिप्रसाद पौडेल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), चन्द्र लामा (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) छन् ।

यस्तै नवनियुक्त राज्यमन्त्री हरुमा जुनेलीमाया श्रेष्ठ (स्वास्थ्य मन्त्रालय), जीवन खड्का (भौतिक पूर्वाधार तथा विकास मन्त्रालय), सरस्वती वाटी (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय) र बद्री मैनाली (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) रहेका छन् ।

यसअघि नै मन्त्री नियुक्त भएका केशवराज पाण्डेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ समेत लिएका छन् ।

बागमतीमा अहिले एमालेका ४३ सांसद छन्। पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको  नेकपा (एकीकृत समाजवादी) को पक्षमा १३ सांसदले सनाखत गरेका छन्।

बाग्मतीमा यसअघि एमाले एक्लैको बहुमत रहेको थियो।  ५५ सांसद आवश्यक रहने प्रदेश सभामा १३ सांसदले एमाले छोडेसँगै प्रदेश सभा सरकार अल्पमतमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij