२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सगरमाथा इन्स्याेरेन्स र हिमालयन जनरल बीच मर्जरकाे लागि स्वाप रेसियाेमा छलफल हुँदै

सगरमाथा इन्स्याेरेन्स र हिमालयन जनरल बीच मर्जरकाे लागि स्वाप रेसियाेमा छलफल हुँदै

Office workstation top view of business people working around M&A, keyboard, calculator, phablet and money on wooden table - merger and acquisition concept
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनीबीच मर्जरको विषयमा थप छलफल सुरु भएको छ । मर्जर गर्न दुबै पक्ष सहमत भएपनि स्वाप रेसियोको विषयमा सहमति हुन सकेको छैन ।

श्रोतका अनुसार यी दुई कम्पनीका सञ्चालकहरुबीच मर्जरका लागि २४ साउनमा नै भद्र सहमति भएको थियो । तर, सेयर अनुपात (स्वाप रेसियो) को विषय फाइनल नहुँदा मर्जर सम्झौतामा ढिलाइ भएको हो । सुरुआती छलफलतामा हिमालयन जनरल इन्स्यारेन्सको सय कित्ता बराबर सगरमाथाको एक सय कित्ता प्रस्ताव गरिएको थियो ।

तर हिमालयन जनरल इन्स्यारेन्सले ९० प्रतिशत अर्थात सय कित्ता बराबर ९० कित्ता सेयर दिनु पर्ने माग राखेको छ । ‘सगरमाथाका केही सञ्चालकले भने ७५ प्रतिशत दिनुपर्ने माग गर्नु भएको छ, उताको ९० पाउनुपर्छ भन्ने माग छ’ श्रोतले भन्यो, ‘सम्भवतः ८० वा ८५ प्रतिशतमा मिल्छ होला, नाम लगायतका विषयमा खास समस्या हुँदैछ ।’ यस विषयमा छलफल गर्न दुबै समूहको भोलि बिहीबार बैठक बस्दैछ ।

यी दुई संस्थाहरु मर्ज भएर बन्ने कम्पनी देशकै ठूलो बिमा कम्पनी हुनेछ । हाल सगरमाथाको चुक्तापुँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ छ भने हिमालयन जनरलको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

सगरमाथा रिटेल ग्राहकहरु धेरै भएको कम्पनी हो भने कर्पोरेट ग्राहक धेरै भएको कम्पनी हिमालयन हो । दुई कम्पनी एक भएपछि निकै बलियो कम्पनी हुनेछन् । बिमा क्षेत्रको इतिहासमा यी दुई कम्पनीहरु पहिलो पटक गाभिन लागेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij