
पोखरा । विश्वमा टु व्हीलरर थ्री व्हीलरको प्रतिष्ठित निर्माता टिभीएस मोटर कम्पनीले BSVI-FI कम्प्लायन्सको टिभीएस एनटर्क १२५रेस ट्युन्ड फ्युल ईन्जेक्शन(च्त्ँक्ष्)लाई पोखरामा ल्याएकोे छ ।
दिउँसोको २ बजे बतास ब्रदर्स प्राइभेट लिमिटेडको शोरूममा स्कुटरको उद्घाटन गरिएको छ ।
टीभीएस नेपालका ब्रान्ड एम्बेस्डर प्रदीप खड्का र स्वस्तिमा खड्का नेपाली (उहाँहरु फिल्म उद्योगका सुपरस्टार हुनुहुन्छ)ले शोरूममा उद्घाटन गरेका थिए ।
RTFI टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिंग सर्तहरूमा एक रमाइलो रेसिंग अनुभवहरुको सुनिश्चित गर्नका लागि डिजाइन गरिएको हो।
बतास ब्रदर्स प्राइभेट लिमिटेडका महाप्रबन्धक ज्यूले उद्घाटनमा भन्नुभयो ,“हामी आज पोखरामा BSVI-FI कम्प्लायन्सको टिभीएस एनटर्क १२५ स्कुटरलाई प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौं,“ आरटी–फाईको अतिरिक्तसंग, स्मार्ट स्कुटर एक सबै भन्दा राम्रो वर्गमा स्वामित्व अनुभव प्रदान गर्नको लागी डिजाइन गरीएको हो । उहाँले अझै थप्नुभयो –“हामी पोखरा र वरपरका क्षेत्रहरुमा हाम्रा युवा ग्राहकहरुको लागी यो सुरुवातसंगै एक सुरुवात देखि अन्त सम्मको अनुभव प्रदान गर्नको लागी प्रतिबद्ध छौं, जुन टिभीएस एनटर्क १२५ को अनुभवमा विस्तार हुनेछ । ”
टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो र यो उद्योगको पहिलो प्रविधि, अतुलनीय शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ। स्कूटरले टिभिएस रेसिंग पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शनको गर्व गर्दछ र स्मार्ट कनेक्टलाई प्रस्तुत गर्दछ, जुन एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी र अनन्य टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गर्दछ । स्मार्ट कनेक्टलेफुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्टे्रन्थडिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट र स्पोर्ट लगायतका मल्टि राइड स्टाटिस्टिक मोड जस्ता सुविधाहरूलाई समेटेको छ ।
यस लन्चको साथ, टिभिएस एनटर्क १२५पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन (BSVI-FI) र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ। यो म्याट रेड, मेटािलक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा आउँदछ। रेस एडिसन (BSVI-FI सहित) रेड–ब्ल्याक र यल्लो–ब्ल्याक रंगमाउपलब्ध छ, जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु,इन्भिन्सिबल रेडे र स्तिल्थ ब्ल्याक रंगमा –उपलब्ध छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij