काठमाडौं । विश्व शान्ति राष्ट्रले नेपालमा वैदिक शिक्षाको प्रचारप्रसारमा योगदान गरेको भन्दै पूर्वगृहराज्यमन्त्री एवं वैदिक अभियन्ता दीपकप्रकाश बाँस्कोटालाई सम्मान गरेको छ ।
लामाे समय देखि वैदिक ज्ञानकाे विस्तारमा लाग्दै आएका बास्काेटा आफूप्रति गरिएकाे सम्मानले वैदिक ज्ञानकाे विस्तारमा अझ बढी सक्रिय रहन उक्त सम्मानले हाैसला प्रदान गरेकाे र दायित्व अझ बढेकाे महसुस भएकाे बताउनुहुन्छ ।
आइतबार आयोजित एक विशेष कार्यक्रमबीच दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा रहेको महर्षि वैदिक इन्ष्टिच्युट परिसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले महर्षि नेतृत्वदायी पदकबाट सम्मानित बास्काेटालाइ सम्मान गर्नुभएकाे हाे ।
बाँस्कोटाले दुई दशकअघिदेखि नेपाल महर्षि वैदिक फाउन्डेसनका माध्यममार्फत योग, ध्यान र यज्ञका माध्यमबाट देश एवं विश्व शान्तिका लागि विभिन्न गतिविधिहरु गर्दै आउनुभएकाे थियाे ।
बास्काेटाले नेपालमा अर्गानिक चिया उत्पादन, सहकारी, स्वास्थ्य लगायत एवं आध्यात्मिक जागरणकाे क्षेत्रमा महत्वपूर्ण याेगदान पुर्याउँदै आउनुभएकाे छ ।
योग, ध्यान र यज्ञका माध्यमबाट व्यक्तिलाई शान्त बनाउँदै मुलुकको शान्तिका लागि योगदान गर्न सकिने वैज्ञानिक अनुसन्धानबाट समेत पुष्टि भइसकेकाे अवस्थामा ध्यान सबैकाे लागि अनिवार्य बनेकाे बास्काेटा बताउनुहुन्छ ।
आफूहरुले नेपालमा प्रवर्द्धन गरिरहेकाे भावातित ध्यान ऋग्वेदको १० औँ मण्डलबाट लिइएको समेत बास्काेटाले बताउनुभयाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij