
भावातीत ध्यान के हो ?
भावातीत ध्यान एक सरल, सहज, स्वाभाविक, प्रयासहीन एवं वैज्ञानिक पद्धति हो । यो कुनै पनि अवस्थामा आरामसँग बसेर गर्न सकिन्छ । ध्यानको यो विधि वेद र विज्ञान दुवैबाट प्रमाणित छ । विश्वभरका १३३ देशका २५० भन्दा बढी विश्वविद्यालयहरुमा ६०० भन्दा बढी वैज्ञानिक अध्ययन तथा अनुसन्धानहरुबाट प्रमाणित यो पद्धति विश्वभरमा ६० लाख भन्दा धेरै व्यक्तिहरुले नियमित रुपमा अभ्यास गरिरहेका छन् । यो ध्यान एकाग्रता (Concentration)या चिन्तन मनन तथा जप (Contemplation) को विधि होइन ।
भावातीत ध्यान – Transcendental Meditation का विशेषताहरु
१. भावातीत ध्यान सरल, सहज, स्वाभाविक तथा प्रयासहीन छ ।
२. यो क्रमबद्ध एवं वैज्ञानिक छ ।
३. यो शक्तिशाली एवं शीघ्र प्रभावकारी छ ।
४. भावातीत ध्यान सिक्न तथा अभ्यास गर्न खानपिन, रहनसहन तथा जीवनयापनमा कुनै परिवर्तनको आवश्यकता पर्दैन ।
५. भावातीत ध्यान जुनसुकै जाति, धर्म तथा विचारधारा भएका सबै देशका नागरिकले सजिलै सिकेर र यसको नियमित अभ्यासद्वारा लाभ उठाउन सक्दछन् ।
भावातीत ध्यानमा के हुन्छ ?
भावातीत ध्यानमा चञ्चल मन शान्त हुृृदै अत्यन्त सुक्ष्म स्तरबाट कार्य गर्न थाल्दछ । मन तथा विचारको अवस्था अनुसार हाम्रो शारीरिक अवस्था हुने भएकोले हाम्रो शरीरले पनि गहन विश्राम प्राप्त गर्दछ । शरीरले प्राप्त गर्ने गहन विश्रामले गर्दा मानव जीवनका विभिन्न क्षेत्रमा फाईदाहरु प्राप्त हुन सुरु गर्दछ ।
भावातीत ध्यानबाट हुने लाभहरु
नियमित रुपमा भावातीत ध्यान गर्नाले जीवनको प्रत्येक क्षेत्रमा पूर्णता प्राप्त हुन्छ । भावातीत ध्यानका लाभहरुलाई वैज्ञानिकहरुले आफ्ना परीक्षण तथा प्रयोगको माध्यमबाट निम्नानुसार प्रमाणित गरेका छन् ।
क) मानसिक क्षमताको विकास
१. तीक्ष्ण बुद्धि एवं गहन समझदारीको विकास हुन्छ ।
२. धेरै विषयवस्तुप्रति चिन्तन गर्ने शक्तिको विकास हुन्छ ।
३. स्मरणशक्तिको वृद्धिको साथै दुर्बलता, उत्तेजना एवं चिडचिडापन हटेर भावनात्मक सन्तुलन बढ्छ ।
४. सृजनशीलता, व्यावहारिक बुद्धिमत्ता तथा गणितीय क्षमतामा वृद्धि हुन्छ ।
ख) स्वास्थ्यमा सुधार
१. स्नायुप्रणालीमा गहन विश्राम उपलब्ध हुनाले तनाव विलीन हुन्छ । स्नायुप्रणाली शुद्ध हुन्छ । व्यक्ति आफ्नो ‘स्व’मा स्थित हुन्छ र पूर्ण स्वस्थ हुन्छ ।
२. रोग प्रतिरोध क्षमता बढ्छ । तम्बाकु, बिँडी, सिगरेट, रक्सी र लागु औषधको आदत बिस्तारै छुट्छ ।
३. मुटु तथा स्वासको गति एवं चयापचयको दर (Metabolic Rate) मा कमी आई उच्च तथा न्यून रक्तचाप एवं मुटुरोगलाई बढी फाइदा पुगेको पाइएको छ ।
४. चिन्ता र नकारात्मक समस्याहरु समाधान (इन्जाइटी र डिप्रेसन) हुन्छ ।
ग) सात्विक आचरणको विकास
१. सहनशीलता बढ्छ ।
२. नैतिक परिपक्वताको विकास हुन्छ ।
३. अरुलाई सहयोग गर्ने भावना जागृत हुन्छ ।
४.व्यक्तिको आध्यात्मिक विकास हुन्छ ।
घ) पर्यावरणमा सकारात्मक प्रभाव पर्नुका साथै विश्वमा शान्तिको योगदान
१. कुनै पनि समाज तथा जनसङ्ख्याको १ प्रतिशत मानिसले मात्र भावातीत ध्यान गरेमा त्यस समाज तथा देशमा दुर्घटना कम हुन्छ, अस्पताल भर्ना हुने सङ्ख्यामा कमी आउँछ, आपराधिक घटनाहरु कम हुन्छन् र समाजमा भाइचाराको सम्बन्ध सुदृढ हुँदै सामन्जस्यतामा वृद्धि हुन्छ ।
२. समाज तथा देशको सामुहिक चेतनामा सहसम्बद्धता बढ्दै सात्विकतामा वृद्धि हुन्छ ।
३. जसरी हामीले कुनै हरियो वनको कल्पना गर्दा त्यहाँ वनका प्रत्येक रुख हरियो हुनु पर्दछ, त्यसैगरी विश्व शान्ति स्थापनाको लागि प्रत्येक व्यक्ति शान्त हुनु जरुरी हुन्छ । भावातीत ध्यानले प्रत्येक व्यक्तिलाई प्रकृतिको असीमित शान्तिको क्षेत्रमा स्थापना गर्ने हुँदा विश्व शान्तिको लागि प्रत्येक व्यक्तिले योगदान गर्न सक्छन् ।
भावातीत ध्यान कसका लागि
भावातीत ध्यान ती सम्पूर्ण व्यक्तिहरुको लागि हो , जो पूर्ण शारीरिक एवं मानसिक स्वास्थ्यको लागि इच्छुक छन्, जो तनाव एवं चिन्ताबाट मुक्त भएर जीवनमा प्रगति, विकास, सुख, शान्ति सन्तुलनका अभिलाषी छन् । भावातीत ध्यान पूर्ण रुपमा शारीरिक एवं मानसिक स्वास्थ्य विकास चाहनेहरुको लागि हो ।
याद राख्नुहोस् भावातीत ध्यान कुनै धर्म नभएर मानवीय चेतनाको आधारमा प्रवद्धित एक विज्ञान हो । यसबाट जीवनमा सुख, शान्ति, समृद्धि र सन्तुलनको विकास हुन्छ ।
सम्पर्क कहाँ गर्न सकिन्छ त ?
महर्षि वास्तु भवन, थसिखेल, ललितपुर
फोनः ०१–५५३४६९०
इमेलः info@maharishi.org.np
वेभसाइटः www.maharishi.org.np
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij