२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

महेश बस्नेत भन्छन्, विपक्षीहरुकाे गठबन्धन अप्राकृतिक

महेश बस्नेत भन्छन्, विपक्षीहरुकाे गठबन्धन अप्राकृतिक

भक्तपुर – नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विपक्षी गठबन्धनले सिङ्गल सिङ्गल भिड्ने हिम्मत नभएपछि गठबन्धन बनाएर अगाडी बढेको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको ‘वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८’ को अभियान अन्तरगत शनिवार संघको भक्तपुर जिल्ला कमिटीले मध्यपुर थिमी नगरपालिका वडा नं. ९ निलवाराही मन्दिर परिसरमा गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै नेता बस्नेतले  विपक्षीहरुकाे गठबन्धन अप्राकृतिक रहेकाे सङ्केत गरेका हुन् । साथै आफूहरु जस्तोसुकै गठबन्धन बनेपनि भिड्न तयार रहेकाे समेत बताए ।

उनले विपक्षी गठबन्धनलाइ चुनाैती दिँदै भन्नुभयाे, तपाईहरुको कही कतै सटिङ छन् भने त्यो सेटिङको धोतीलाई हामी चकनाचुर पार्नेछौं । सरकारलाई सफल बनाउनेछौं ।

संघका इन्चार्ज समेत रहेका नेता बस्नेतले एमाले, सरकार तथा राष्ट्रको विरुद्धमा भएको विपक्षी गठबन्धनले स्वतन्त्र न्यायापालिका, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सरकार, पार्टी तथा मुलुकविरुद्धका कुनै पनि गतिविधिहरुलाई निस्तेज पार्न युवा संघ जस्तोसुकै कदम चाल्न पछि नपर्ने चेतावनी समेत दिनुभयो ।

एमालेको जनमुखी कदमले आफ्नो राजनीतिक भविष्य जनताले अन्धकार बनाउने बुझेपछि अनेक षड्यन्त्रका तुनावुना बुन्न कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष, जनमोर्चालगायतका दलहरु लागिपरेको भन्दै उहाँले आक्रोस जनाउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले तथा केपी ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलार्य गाउँ गाउँमा पुर्याएको छ । जसले गर्दा विपक्षी गठबन्धन आत्तिएको छ, तर्सिएको छ । केपी ओली तथा एमाले यही गतिमा अगाडी बढे ४० औं वर्ष एमालेले मुलुकको नेतृत्व गर्ने विश्लेषण सहित एमाले र केपी ओली नेतृत्वको सरकारको विरुद्धमा विपक्षी गठबन्धनले षड्यन्त्र, जालसाँजी, झुटा प्रचार, स्वतन्त्र न्यायालयमा समेत सेटिङलगायत गर्ने गरेका छन् । एमालेलाई लडाउन संयुक्त गठबन्धन बनाउनुभएको छ, हिम्मत भए एक्ला एक्लै भिड्न आउनुस्, हामी तयार छौं ।

सरकारको कामबाट जनता खुसी रहेको उल्लेख गर्दै उहाँले नेपाली जनताको साथ साथै इतिहासदेखी नै पछाडी परेको भक्तपुरमा एमालेको नेतृत्वसँगै विकासले नयाँ लहर ल्याएको बताउनुभयो । एमालेका जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षमा नै निर्वाचनको समयमा घोषणापत्रमा उल्लेख गरेको प्रतिवद्धताहरु सम्पूर्ण पुरा भइसकेको उल्लेख गर्दै अबका दिनमा जनताको आवश्यकता र चाहनालाई पुरा गर्ने दृढता व्यक्त गर्नुभयो ।

वृक्षाराेपण कार्यक्रम र वातावरणीय सन्तुलन सम्बन्धमा समेत धारणा राख्दै नेता बस्नेतले प्रकृतिकाे संरक्षण गरे हामी सबै जीवित प्राणीकाे सुरक्षा हुन सक्ने समेत बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij