२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मेलम्चीका पीडितहरुलाई बोतल वाटर उद्याेग संघको सहयोग

मेलम्चीका पीडितहरुलाई बोतल वाटर उद्याेग संघको सहयोग

काठमाडौं । नेपाल बोतल वाटर उद्योग संघले सिन्धुपाल्चोकको मेलम्चीका पीडितहरुलाई राहत सामाग्रीहरु उपलब्ध गराएको छ ।

विषम परिस्थितिलाई सहजीकरण गर्ने दायित्व सबैको रहने कुरालाई लक्षित गरी सामाजिक दायित्व अन्तरगत राहत वितरणमा आफूहरु संलग्न भएको संघका महासचिव ध्रुव गौतमले बताएका छन् ।

संघले हिजो घटनास्थल सिन्धुपाल्चोकको मेलम्चीमा संघको तर्फबाट पीडित स्थानीयहरुलाई वितरण गर्ने उद्देश्यले ९२ बोरा चामलको अलावा नुन, पानी लगायत विविध खाद्य सामाग्रीहरु मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याललाई हस्तान्तरण गरेको थियो ।

साथै विषम परिस्थितिमा सहयोग उपलब्ध गराउने संघको योजनामा साथ दिने सबै सदस्य व्यवसायीहरु प्रति महासचिव गौतम कृतज्ञता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij