२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बालकृष्ण बुर्लाकोटीको लायन्स क्लब अन्तर्राष्ट्रिय निर्देशक पदमा बलियाे उम्मेदवारी

बालकृष्ण बुर्लाकोटीको लायन्स क्लब अन्तर्राष्ट्रिय निर्देशक पदमा बलियाे उम्मेदवारी

काठमाडौँ । लायन्स क्लब क्षेत्रमा एक परिचित नाम हो बालकृष्ण बुर्लाकोटी । लायन्स क्लब इन्टरनेशनल मल्टिपल ३२५ नेपालका पूर्वमल्टिपल चेयरपर्सनको रुपमा सशक्त भूमिका निर्वाह गर्नुभएका बुर्लाकोटीको योगदान सामाजिक क्षेत्रमा निकै महत्वपूर्ण रहँदै आएको छ ।

आफ्नो कार्यकालमा सफलतम उपलब्धि हासिल गर्नुभएका बुर्लाकोटीले लायन बर्ष २०१६÷१७ मा गभर्नर हुँदा लायन्स क्लब अन्तर्राष्ट्रियमा विश्वको नम्बर एक गभर्नरको उपाधि प्राप्त गर्नुभएको थियो । उनै बहुप्रतिभाशालि बुर्लाकोटीले यतिबेला अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको अन्तर्राष्ट्रिय निर्देशक पदमा उम्मेदवारी दिनुभएको छ ।

उक्त डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन यही जेठ २१ र २२ गते भर्चुअल माध्यमबाट आयोजना हुन लागेको छ । उक्त सम्मेलनमा बुर्लाकोटीले सम्पूर्ण नेपाली लायन्सहरुलाई आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्नुभएको छ । लायन्सको नेपालमा ए–१, ए–२, बी–१ र बी–२ गरी चारवटा डिस्ट्रिक्ट छन् । यतिबेला चारवटै डिस्ट्रिक्टमा चुनावी माहोल शुरु भएको छ । जसमध्ये अन्तराष्ट्रिय निर्देशक पदमा आफ्नो विजय सुनिश्चित रहेको बुर्लाकोटी बताउनुहुन्छ ।

लायन्स क्लब मल्टिपल डिस्ट्रिक्ट–३२५ नेपालका पूर्व मल्टिपल चियरपर्सन रहनुभएका ऊहाँले मल्टिपलमा लायन्स फन्ड सुरुवात गर्नुभएको थियो । उहाँलाई मल्टिपलको सचिवालयलाई चलायमान बनाउँदै संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको जस पनि मिलेको छ ।

सामाजिक सेवामा स्वस्थ प्रतिस्पर्धा गर्ने लायन्सभित्र चामत्कारिक नतिजाहरु निकाल्न सफल मानिने बुर्लाकोटी सामाजिक कामहरुमा सक्रिय रहँदै आएका व्यक्ति हुनुहुन्छ । मल्टिपल चियरपर्सन रहँदा उहाँले उत्कृष्ट दूरदृष्टिका साथ काम गर्दै अत्यधिक परियोजनाहरु नेपाल भित्र्याउन सफल हुनुभएको थियो । उहाँले मल्टिपल काउन्सिल चियरपर्सन हुँदा रिडिस्ट्रिकिङ कमिटीको गठन गर्दै ४ वटै डिस्ट्रिक्टलाई रिडिस्ट्रिक्ट गरी १५ वटा डिस्ट्रिक्ट बनाउन सफल हुनुभएको थियो ।

उहाँले सामाजिक सेवा गर्ने संस्था आर्थिक हिसाबले पनि बलियो हुनुपर्छ भन्दै मल्टिपलमा आफ्नै कोष खडा गर्दै नेपाल लायन्स फाउण्डेशनको शुभारम्भ पनि गर्नुभएको थियो ।
बुर्लाकोटीले अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दर्ता मल्टिपलमा नै गर्ने अवधारणालाई पनि व्यावहारिक रुपमा कार्यान्वयन गराउनुभएको थियो । जुन व्यवस्था बमोजिम लायन्सहरुले आफ्नो दर्ता रद्द गरेर रकम सजिलै फिर्ता पाउन सकिन्छ ।

बुर्लाकोटी गभर्नरको भूमिकामा रहँदा धेरै रेकर्डहरु रच्न सफल भएका व्यक्ति हुनुहुन्छ । लायन्स क्लबको सय वर्षको इतिहासमा नै पहिलोपटक आफ्नो कार्यकालमा १ सय वटा क्लब खोल्न सफल भएका हुनुभएका बुर्लाकोटी एक जुझारु व्यक्ति हुनुहुन्छ । आफ्नो कार्यकालमा २ हजार ८ सय ६३ सदस्यहरुलाई लायन्स क्लबमा आवद्ध गराउन सफल बुर्लाकोटीको योगदान लायन्स क्लबमा निकै महत्वपूर्ण रहँदै आएको छ ।

बुर्लाकोटीकै नेतृत्वमा नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप भएको थियो । पदमा रहँदा र नरहँदा पनि निरन्तर सामाजिक काममा सक्रिय रहँदै आउनुभएका बुर्लाकोटीले लायन्स अन्तर्राष्ट्रियको सिकागो कन्भेन्सन, लस भेगस कन्भेन्सन र इसामे एसिया फोरम कोलकातामा पनि आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसक्नुभएको छ ।

सकारात्मक सोचका साथ अगाडि बढिरहनुभएका बुर्लाकोटी सरल स्वभावका र सबैको भलो चिताउने व्यक्ति हुुनुहुन्छ । आफू लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि आफूले नेपाललाई कामले नै संसारभर चिनाउने प्रतिवद्धता उहाँको छ । साथै आफ्नो कार्यकालमा नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु ल्याउनको लागि प्रभावकारी भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय रहने समेत ऊहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij