२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एकता अभियानबारे यस्तो रहेको छ गोकर्ण बिष्टको धारणा

एकता अभियानबारे यस्तो रहेको छ गोकर्ण बिष्टको धारणा

एमाले नेता गोकर्ण बिष्टले पार्टीलाई एक बनाउने आफूहरुको अभियानमा बिचलित नहुने प्रष्ट पार्नुभएको छ । एकता अभियानलाई लिएर बिभिन्न आरोप लगाउन थालेपछि मुख खोल्दै बिष्टले कम्युनिस्ट आन्दोलनको हितमा सधैभरी आफू लागेर समग्र नेता तथा कार्यकर्ताहरूका निम्ति आफू सधैभरी लाग्ने कुरा उहाँले प्रष्ट पार्दै आइरहँनु भएको छ ।

अब हामी कुनै पनि व्यक्तिको अघिपछि लाग्नु भन्दा राम्रो विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने आफूहरुको चाहना रहेको र यसमा निरन्तर प्रयत्नशील हुने प्रष्ट पार्नुभएको छ । यसैका निम्ति देशभरमा रहँनु भएको तपाई सम्पूर्ण नेता कार्यकर्ताहरूलाई नेता विष्टले आह्वान गर्नुभएको हो । यसो ग¥यो भने मात्र मुलुकमा हुँदै आएको लामो समयको द्धन्द्ध पछि प्राप्त गरेको लोकतन्त्र, प्रजातन्त्र र समग्र कम्युनिष्ट पार्टीको यो लामो इतिहासको जगेर्ना हुने कुरा समेत विष्टले प्रष्ट पार्दै आइरहनुभएको छ ।

विष्टले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । मूख्यतया हाम्रो बटमलाइन पनि यहीँ भएको कुरा विष्टले प्रष्ट पार्नुभएको छ ।

नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् ।

एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? यसका निम्ति देशभर रहेका इमान्दार नेता तथा कार्यकर्ताहरू एक जुट भएर अघि बढ्नुपर्ने समेत विष्टको व्यक्तिगत धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij