रुपन्देही । नेपाली कांग्रेस शुभेच्छुक संस्था सिडेनका निवर्तमान केन्द्रीय कोषाध्यक्ष ई. संजय पाण्डे यतिबेला बुटवल शहर र आसपास क्षेत्रका असाध्यै विपन्न परिवार (अंपाग, असहाय, जागिर गुमाएका, एकल महिला परिवार लगायत)लाई लक्षित गरी खाद्यान्न वितरणमा सक्रिय छन् ।

हाल पाण्डेले “मायाले भरिएको खाद्यान्न कोसेली” अन्तरगत २० किलो चामल, १ किलो अडरको दाल, १ लिटर तेल, १ किलो नुन र १ प्याकेट सोयाबिन प्याकिङ गरी उपलब्ध गराइरहेका छन् ।
यस अभियान अन्तर्गत हिजेा आइतबार मात्रै तिलोत्तमा र बुटवलका १२ विपन्न परिवारलाई उक्त कोसेली घरै लगेर उपलब्ध गराइएको जानकारी नेपाल विद्यार्थी संघका केन्द्रीय नेता सुदिप शर्माले सेताेघर डट कमलाइ बताएका छन्।
उक्त १२ परिवार मध्ये ९ विपन्न परिवार बुटवल-११ बुद्धनगरका रहेको नेपाली कांग्रेस बुटवल उप-महानगर समितिका सदस्य शुभाष रायमाझीले जानकारी दिएका छन्।
यो भन्दा अघि बुद्धनगरकै १० विपन्न परिवारलाई नेपाली कांग्रेस जिल्ला सदस्य जीत बहादुर मल्लको सहजीकरणमा ई. पाण्डेले यसै किसिमकाे सहयोग उपलब्ध गराएकाे कुरा जीत बहादुर मल्लका सुपुत्र ई. लक्ष्मण मल्ल ठकुरीले जानकारी गराए।
“मायाले भरिएको पोषणयुक्त टिफिन बक्स” अभियानका अभियान्ता सञ्जय पाण्डेकाे कार्य सराहनीय रहेकाे बुटवल-११ कि नेतृ तथा वडा अध्यक्ष कि उम्मेदवार साबित्री टन्डनले जानकारी गराइन् ।
उक्त अभियानले विगत केहि दिनदेखि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल कोरोना अस्पताल, वडा-११ मा रहेको स्वास्थ्यकर्मीको अस्थायी क्वार्टरहरूमा उक्त टिफिन बक्स वितरण भइरहेको र उक्त अभियानका अभियन्ताहरू वडा-११ का क्रियाशील युवाहरू सुनील शाही, राज पोख्रेल लगायत रहेका छन् ।
यसरी राहत स्वरुप खाद्य सामाग्री वितरण गर्ने कार्य पाण्डेले आफ्नो वैवाहिक वर्षगाँठकाे अवसरमा शुरुवात गरेका हुन् ।
आफूहरु श्रीमान् श्रीमतीकाे संयुक्त प्रयासमा महामारीकाे यस अवस्थामा आफूहरुले पनि समाज प्रति केही दायित्वबाेध गर्नुपर्छ भन्ने मान्यताले यस्ताे प्रयाश अघी बढाएकाे पाण्डेले बताए । 
शुरुमा आफूहरुले १० विपन्न परिवारलाई सहयोग गर्ने निर्णय गरेकाे र पहिले आफूहरुले उपलब्ध गराएकाे सहयोग सामाजिक संजालमा पोष्ट्याउन आवश्यवक नठानेकाे तर पछि आफूहरुकाे अभियानबाट अन्य सामाजिक भावनाका व्यक्तिहरुलाइ पनि उत्प्रेरणा प्राप्त हुने मनसायले राहत सामाग्री लिन आउने व्यक्तिहरुकाे अनुहार सार्वजनिक नहुने गरी सामाजिक सञ्जालबाट सार्वजनिक गरेकाे पाण्डेले बताए ।
अहिले आफूहरुकाे अभियानमा धेरै साथीहरूले आफ्नाे व्यक्तिगत तर्फबाट क्षमता अनुसार सक्दाे सहयाेग उपलब्ध गराइरहेकाे र उक्त अभियानमा देश-विदेशका सहयोगी मनहरूको आबद्धता बढ्दै गएकाे पाण्डेले बताए ।
हाल सम्ममा आफूहरुले २२ परिवारलाई राहत हस्तान्तरण गरेकाे र अझै थप १५ विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न बाँड्ने आफ्नाे कार्यक्रम रहेको पाण्डेले बताए । साथै अन्य सहयाेगी दाताहरुबाट साथसहयाेग उपलब्ध हुन सकेकाे खण्डमा उक्त अभियानबाट अझ बढी व्यक्तिहरु लाभान्वित हुनेगरी अभियानलाइ निरन्तरता दिइने समेत सञ्जय पाण्डे बताउँछन् । 
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij