क्वालालम्पुर । मलेसियामा मोबाइलमा अश्लिल सामाग्री राखेको आरोपमा अदालतले एक नेपालीलाई एक वर्ष जेल सजाय सुनाइएको छ ।
मलेसियामा क्लिनरका रुपमा कार्यरत २९ वर्षिय भेटलबहादुर बमलाई अदालतले मोबाइलमा पाँच अश्लिल समाग्री राखेको अभियोगमा जेल सजाय सुनाएको हो । यद्धपी युवकले प्रहरीसामु आफ्नो मोबाइलमा अश्लिल समाग्री भएको भन्दैआफ्नो कमजोरी स्वीकार गरेका हुन्।
मलेसियाको कानुनले मोबाइलमा अश्लिल समाग्री राख्न प्रतिवन्धित छ ।मलेसियाको कानुनमा तीन वर्षसम्म कैद वा जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij