२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

निःसहाय सेवा केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान

निःसहाय सेवा केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एंव प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठले Sports and Environment Commissionले आयोजना गरेको “निसहाय सेवा सदन” मा सदनमा रहनुभएका जेष्ठ नागरिकहरुलाई १ महिनालाई आवश्यक पर्ने औषधी, हिवल चेयर र मास्क निसहाय सेवा सदनका कोषाध्यक्ष श्री शंकर प्रसाद गजुरेललाई एक समारोहका विच हस्तान्तरण गर्नुका साथै आगामी दिनहरुमा यस्ता सेवाहरु ओलम्पिक कमिटी बाट निरन्तरता हुने समेत जानकारी गराउनु भयो ।
सोही अवसरमा Commissionका Chairperson श्री गोवर्धन श्रेष्ठज्युले नव वर्ष २०७८ सालको शुभकामना सहित आउने दिनहरुमा अन्य उपलब्धीमूलक कार्य ल्याउने जानकारी दिनुभयो । सेवा सदनका कोषाध्यक्षले सो कार्यक्रमबाट सदनवासीमा खुशी छाएको र धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
औषधी र ह्विल चेयर Commssion का सदस्य श्री प्रदीप कुमार राजभण्डारी र माक्स डा.श्री सञ्जय विक्रम श्रेष्ठले सहयोग गर्नु भएको थियो ।                                           
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एंव कार्यकारी निर्देशक श्री चतुरानन्द राजबैद्य तथा Sports and Environment commission  का पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij