२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेचर सुपर मार्केटको ‘न्यु इयर बिगेष्ट सेभिङ अफर’

नेचर सुपर मार्केटको ‘न्यु इयर बिगेष्ट सेभिङ अफर’

काठमाडौं । नेचर सुपर मार्केट प्रा.लि.ले नेपाली नयाँ वर्ष २०७८ को अवसरमा ‘बिगेष्ट सेभिङ अफर’ ल्याएको छ । नयाँ वर्ष अफर अन्तर्गत निलकमल ब्राण्डको सोयाबिन तेल र सनफ्लावर तेल तथा ग्यालेक्सी ११२१ जम्बो बासमती र ग्यालेक्सी प्रिमियम बास्मती चामलमा विशेष छुट प्रदान हुनेछ ।

निलकम सोयाविनमा प्रति एक लिटर ३३ रुपैयाँ र निलकमल सनफ्लावर तेल खरिदमा प्रति एक लिटर २३ रुपैयाँ ग्राहकले बचत गर्न सक्नेछन् । २३८ रुपैयाँ मूल्य पर्ने निलकम सोयाविनलाई २०५ रुपैयाँमा र २४८ मूल्य पर्ने निलकमल सनफ्लावर तेललाई २२५ रुपैयाँमा उपभोक्ताले खरिद गर्न सक्नेछन् ।

त्यसैगरी ग्यालेक्सी ११२१ जम्बो बासमती चामलको मूल्य एक केजीको २५६ रुपैयाँ पर्नेमा अफर मूल्य १७५ मात्रै कायम गरिएको छ । एक किलोमा ग्राहकले ८१ रुपैयाँ बचत गर्ने सक्नेछन् । ५ केजीको मूल्य एक हजार २ सय रुपैयाँ पर्नेमा अफर मूल्य ८७५ कायम गरिएको छ । ५ केजी चामल खरिद गर्दा ग्राहकले ३२५ रुपैयाँ बचत गर्न सक्नेछन् । २० केजीको मूल्य चार हजार ८ सय रुपैयाँ रहेकोमा अफर मूल्य तीन हजार २ सय रुपैयाँ कायम गरिएको छ । २० केजी चामल खरिद गर्दा ग्राहकले एक हजार ६ सय रुपैयाँ बचत गर्न सक्छन् ।

ग्यालेक्सी प्रिमियम बास्मती २० केजीको मूल्य तीन हजार ३६० रुपैयाँ रहेकोमा अफर मूल्य २ हजार ६५० रुपैयाँ कायम गरिएको छ । यो चामलमा ग्राहकले ७१० रुपैयाँ बचत गर्न सक्नेछन् । वैशाख १ गतेबाट लागु हुने उक्त अफर आगामी जेठ १ गतेसम्म जारी रहने सुपर मार्केटका अध्यक्ष जनकबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार सुपर मार्केटसँग जोडिएका उपभोक्ताको चुल्होलाई सस्तो बनाउने उद्देश्यले विशेष छुटसहितको अफर ल्याइएको हो । ‘बजारमा महंगी बढिरहेको छ,’ धामीले भने, ‘महंगीलाई कम गर्दै ग्राहक र नेचर सुपर मार्केटबीचको पारिवारिक सम्बन्ध अझ प्रगाढ बढाउन यो अफर फलदायी हुनेमा हामी विश्वस्त छौं ।’

नेचर सुपर मार्केटको मैतीदेवी र नरेफाँटमा रहेका दुवै शाखाबाट यो विशेष अफर प्रदान गरिएको छ । होम डेलिभरीका लागि अर्डर गर्ने ग्राहकले पनि यो छुटको सुविधा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij