२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कृषि सचिवबाट उद्यमी राजन गैह्रे सम्मानित

कृषि सचिवबाट उद्यमी राजन गैह्रे सम्मानित

काठमाडौं । लामो समय देखि कृषि प्रविधि क्षेत्रमा योगदान पुर्याउँदै आएका कृषि प्रविधि विज्ञ राजन गैरे नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा भएको एक विशेष कार्यक्रम बीच सम्मानित भएका छन् ।

गैरेलाई समग्र कृषि क्षेत्र विकासको लागि कृषि यान्त्रिकरण र प्रविधि विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए बापत कार्यक्रमका प्रमुख अतिथि कृषि सचिव याेगेन्द्र कुमार कार्कीबाट सम्मान गरिएको हो ।

आयोजक संस्थाले आगामी दिनमा सम्मानित व्यक्तिहरुलाई आफ्नो क्षमताको उपयोग मार्फत समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न

थप उत्साह मिल्न सक्ने अपेक्षा सहित अभिनन्दन कार्यक्रम आयोजना गरेको जनाएको छ ।

सम्मान प्राप्त गरेसँगै सेतोघर डट कमसँगको संक्षिप्त कुराकानीको क्रममा उद्यमी गैरेले आफूलाई उक्त सम्मानले थप जिम्मेवारी बोध गराएको बताए ।

युवा कृषि प्रविधि उद्यमी राजन गैरे नेपाल एग्रो लाइभका प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij