२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

हराएर बेपत्ता भएका ३ बर्षका बालक अभिभावकलाई बुझाउन सर्लाही प्रहरी सफल

हराएर बेपत्ता भएका ३ बर्षका बालक अभिभावकलाई बुझाउन सर्लाही प्रहरी सफल

सर्लाही। जिल्ला प्रहरी कार्यालय सर्लाहीले मिति २०७७।१२।२३ गते विहान ११:०० बजेको समयमा  मलंगवा नगरपालिका वडा नं. ५ भाडसर बस्ने रमेश सहनीको छोरा वर्ष ३ को बेपत्ता बालकलाइ फेला पारी अभिभावकलाइ बुझाउन प्रहरी टीम सफल भएकाे छ ।
३ बर्षीय आदर्श सहनी आफ्नै घर वरिपरी खेली रहेको अवस्थामा अचानक हराई बेपत्ता भएको भनी जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक कृष्ण गिरीकाे नेतृत्वमा खटिएकाे टाेलीले  खोजतलास एवं अनुसन्धान टोली परिचालन गरेकाे थियाे ।
उक्त टाेलीले भारतीय काउन्टर पाटर्स्सँग समन्वय गरी निज आदर्श सहनीलाई तदारुकताका साथ खोजतलास गर्ने क्रममा मिति २०७७।१२।२४ गते दिनको अपरान्ह १:०० बजेको समयमा यस कार्यालयवाट अं. १५ कि.मि. दक्षिण देश भारत, जिल्ला सितामढी, राज्य बिहार, थाना सोनवर्षा, मुसरनीया स्थितमा ती बालकलाइ फेला पारी उद्दार गर्न सफल भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij