२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कृषकहरुलाइ काेराेना भ्याक्सिन लगाउन डेरी एसाेसिएसनकाे माग

कृषकहरुलाइ काेराेना भ्याक्सिन लगाउन डेरी एसाेसिएसनकाे माग

नेपाल डेरी एसाेसिएसनले देशभरका किसानहरुलाइ केाराेना भ्याक्सिन उपलब्ध गराउनुपर्ने माग गरेकाे छ ।

पछिल्ला दिनहरुमा कोभिड – १९ को प्रकोप दैनिक बढिरहेको अवस्थामा दुग्ध व्यवसाय अति संबेदनसिल र आवश्यक बस्तु भएकाेले यस क्षेत्रमा संलग्न व्यक्तिहरुलाइ काेराेना भ्याक्सिन आवश्यक रहेकाे एसाेसिएसनले जनाएकाे छ ।

हालसम्म पनि देशैभर आफ्नो दैनिक काम जोखिम मल्दै गरेको दुग्ध क्षेत्रमा भ्याक्सिन उपलब्ध नभएकोले तल्काल देशभित्र रहेका करिब ६ हजार डेरि काउण्टर र उद्योगमा दैनिक काम गर्ने तीस हजार एवं उद्योगमा र करिब पाँच लाख व्यक्तिहरुलाइ काेराेना खाेप उपलब्ध गराउनुपर्ने संघकाे माग छ ।

यसकाे लागि संघले हाल  कृषि तथा पशुपन्छी मन्त्रालय, स्वास्थ मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, सबै प्रदेश कृषि तथा सहकारी मन्त्रालय , सबै प्रदेश दुग्ध विकास बोर्ड ७५३ वटै स्थानीय निकायलाई पत्राचार समेत गरेकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij