२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

होटल क्षेत्रमार्फत महिला उद्यमीको पहिचान बनाएकी कल्पना

होटल क्षेत्रमार्फत महिला उद्यमीको पहिचान बनाएकी कल्पना

कल्पना आचार्य, प्रबन्ध निर्देशक, शिव तिरुपती होटल

ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ९ लेलिनथोकमा बुबा गोविन्द्र प्रसाद आचार्य र आमा शान्तादेवी आचार्यको गर्भबाट कल्पना आर्चायको जन्म भएको हो । सामान्य स्कुलबाट अध्ययन गर्नुभएकी आचार्यले एक सफल युवा महिला पर्यटन उद्यमीको पहिचान बनाएकी छिन् । सामान्य परिवारमा हुर्कि घरमा नै चुलोचौकामा सीमित हुनुपर्छ भन्ने मान्यतालाई बदल्दै उनी यस अवस्थामा आउन सकेकी हुन् । कर्म गर्दै जाँदा जुनसुकै काम पनि सानो वा ठूलो भन्ने हुँदैन भन्ने कुरालाई हृदयङ्गम गर्दै उनले आफ्नो जीवनयात्रालाई अगाडि बढाइरहिन् । आफ्नो यात्रालाई सम्झिँदै उनी भन्छिन्, यात्रामा कतिखेर कहाँ पुँगिन्छ भन्ने कुरा कसैलाई थाहा नहुँदो रहेछ ।

होटलको अवस्थिति
शिव तिरुपती होटल काठमाडौं स्थित कमलादीचोकमा सञ्चालित रहेको एक सुविधा सम्पन्न होटल हो । यस होटलमा विशेषगरी नेपाली ग्राहकभन्दा भारतीय ग्राहकहरु नै बढि आउने गर्दछन् । निकट भविष्यमा नै काठमाडौं उपत्यका भित्रै थप शाखा सञ्चालनमा ल्याउने तयारीमा रहेको छिन् कल्पना ।

होटलको नाम शिव तिरुपती नै किन ?

समाजमा विभिन्न खालका मानिसहरुको अलग–अलग आस्था र विश्वास रहेको हुन्छ । तिरुपती हिन्दू आस्थामा आधारित भगवानको नाम हो । भगवानको नाम सुन्न पाउँदा सबैलाई शान्ति महसुस हुने गर्दछ । यसैपनि नेपाली समुदायमा पशुपतिनाथ, शिव, पार्वती विष्णुलयायतका नामहरु धेरैको मुखमा झुण्डिने गरेको छ । त्यही भएर आफूले नेतृत्व गरेपश्चात उक्त होटलको नाम केही परिमार्जित गर्दै शिव तिरुपती होटल राखेकी हुन् । ग्राहकहरुलाई खुशी बनाउनु भएको छ । यो नाम इण्डियामा अत्यन्तै चर्चित भगवानको नाम हो ।

शिव तिरुपती होटलका विशेषताहरु

(१) काठमाडौंको सुन्दर नगरीका रुपमा सिर्जित रहेका यस होटलमा आफ्ना साधन नहुँदा पनि भाडाका सवारी साधनहरु चढेर सजिलैसँग आवतजावत गर्न सकिन्छ ।
(२) अन्य होटलहरु भन्दा शिव तिरुपतीमा सर्वसुलभ मूल्यमा नेपाली तथा इण्डियन खानाका हरेक आइटमहरु ग्राहक वर्गको रुची बमोजिम सहज र सर्वसुलभ मूल्यमा उपलब्ध छ ।
(३) अन्य होटलहरुमा पाइने खानाका विभिन्न परिकारहरुमा स्वास्थ्यलाई समेत मध्यनजर गर्दै यस होटलले धेरैभन्दा धेरै ध्यान दिएको हुन्छ । चिल्लो, पिरो लगायतलाई पूरै निषेध गरिएको छ ।
(४) होटलमा आउने ग्राहकहरुका निम्ति एसी रुमका अतिरिक्त एट्याच बाथरुम उपलब्ध रहेको छ ।
(५) होटल शिव तिरुपतीको काठमाडौंमा जुन रुपले प्रचार छ, त्यो भन्दा राम्रो प्रचार भारतमा रहेको छ ।
(६) खानाको गुणस्तरीय सँगसँगै यस होटलका मूल्यमा समेत अन्य होटल तथा रेष्टुरेण्टभन्दा ग्राहकहरुले तिर्न सक्ने खालको सहज मूल्यमा पाइन्छ, ।
(७) पर्यटन क्षेत्र आम रुपमा ग्राहकबर्गसँग सम्बन्धित रहेको क्षेत्र भएका हुनाले यस होटलमा आउने ग्राहकहरुका निम्ति उक्त होटल चौबिसै घण्टा खुल्ला रहेको हुन्छ ।
(८) नेपालको राष्ट्रिय राजनीतिमा लागेका धेरै राम्रा नेता मन्त्री र कुटनीति व्यक्ति, औद्यिोगिक क्षेत्रका व्यक्तिहरु समेत यस होटलमा आएर विभिन्न समयमा शोभा बढाउने काम गरिन्छ ।

कोभिड–१९ पछि आशावादी हुँदै अघी बढ्नुपर्छ
केपी ओली नेतृत्व सरकारप्रति आम रुपमा समग्र व्यवसायीहरुको ठूलो आशा र विश्वास थियो, तर त्यो खालको विश्वास अहिले कायम हुन सकेन । जसले गर्दा आज व्यवसायीहरुका बीचमा निराशा छाएको छ । कोडिडकै सन्दर्भमा पनि यसको न्यूनीकरण र कोभिड पछिको व्यवस्थापनमा राज्यबाट कमजोरी नै भएको व्यवसायीहरुको महसुस छ । सोहीकारण अहिले धेरै पर्यटन व्यवसायीहरु व्यवसायबाट हात निकालेर बस्नुपर्ने अवस्थामा छन् । कति त डिप्रेशनका शिकार नै भए, भएका पनि अत्यन्त चिन्ताजनक अवस्थामा बसिरहेका छन् ।

कोभिड–१९ का कारण आज धेरैका मनमा शान्त छैन, घरघरमा झगडा शुरु भएको छ ।
कोभिड–१९ कसैको रहरले निम्त्याइएको रोग होइन, यो विश्वमा आएकोे घातक महामारी हो । यसको व्यवस्थापनमा राज्यको जुन भूमिका हुनुपथ्र्यो, त्यो हुन नसक्नु दुखद छ । अझै पनि हामीहरु सर्तक भएर समग्र अघी बढ्नु जरुरी छ । साथै आशाका साथ सबै एकजुट भएर अघि बढ्न सक्नुपर्छ । यी लगायतका कामहरुका निम्ति निजी क्षेत्र, सरोकारवाला र सरकारसँग समन्वय गरेर अघि बढ्दा सबैको उच्चतम हित हुन सक्छ ।

यस होटलका सुविधाहरु
यस होटलमा राम्रो खालको पारिवारिक वातावरण छ । होटलमा आउनेले घरमा आएको अनुभव गर्नुहुन्छ । बर्षौदेखि निरन्तर आइराख्ने पाहुनाले अनुभव सुन्दा पनि यो होटलको सेवाबाट सन्तुष्ट ग्राहकको कारण आफूलाई आनन्द महसुस हुने आचार्य बताउँछिन् ।

यस होटलमा जानको लागि यसको लोकेशन सजिलो र सरल छ । त्यस्तै, नेपाली बजारमा यस होटलका कोठाहरु सामान्य पैसामा स्तरीय सेवा चाहनेको लागि उपयुक्त छन् । एट्याच बाथरुमसँगै फ््यान, एसीसहितका सुविधासम्पन्न ३८ वटा कोठाहरुमा हामीले राम्रो र व्यवस्थितसँगले सेवाहरु दिर्दै आइरहेका छौं, आचार्यले भनिन् ।

शिव तिरुपती होटलमा आउने ग्राहकहरु
बाहिर जिल्लाबाट अफिसियल्ली काम गर्ने मान्छेहरु पनि यस होटलमा आउने गर्छन् । अन्य परिवार सहित पनि केही घुम्न र मनोरञ्जनका निम्ति पनि आउने गर्दछन् । प्राय यस होटलमा भारतीय पाहुनाहरु धेरैभन्दा धेरै आउने गर्दछन् ।

पर्यटन र होटल क्षेत्रका चुनौती
होटल आफ्नो घरमा नभई भाडामा सञ्चालन गर्नुपर्छ । कर्मचारी खर्च, बिजुली, पानी सबै तिर्नु प¥यो, मुलुकमा आएको जस्तोसुकै परिस्थितिको समेत समाना गुर्नुपर्दछ । काठमाडौंको समस्या सबैलाई थाहा छदैँछ । होटल चलाउन पनि धेरै पुँजीको आवश्यकता पर्छ । अहिले विश्वमा आएको परिस्थितिले गर्दा होटल चलाउनलाई निकै चुनौतीपुर्ण छ ।

(तस्वीरः नरेश श्रेष्ठ)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij