२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

इलेक्ट्राेमेकानिकल क्षेत्रमा संलग्न प्रिसाइज इन्जिनियरिङकाे सफलता यात्रा

इलेक्ट्राेमेकानिकल क्षेत्रमा संलग्न प्रिसाइज इन्जिनियरिङकाे सफलता यात्रा

उच्च गुणस

ई. अनिल कुमार श्रेष्ठ, प्रबन्ध निर्देशक, प्रिसाइज हाइड्रो इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि.

सिन्धुलीको कमलामाईमा जन्मिएका अनिल कुमार श्रेष्ठ पेशाले इन्जिनियर हुन् । काठमाडौं इन्जिनियरिङ कलेजबाट मेकानिकल इन्जिनियरिङ अध्ययन पूरा गरेपछि उनी व्यावसायिक क्षेत्रमा संलग्न भएका हुन् । व्यावसायिक शुरुवात उनले अटोमोबाइल क्षेत्रबाट गरेका हुन् । पछिल्लो समय भने उनी निर्माण तथा परामर्श क्षेत्रमा संलग्न रहँदै आएका छन् । मूलतः उनी हाइड्रोपावर सम्बन्धी कामहरुमा संलग्न रहँदै आएका छन् । श्रेष्ठले सन् २०१७ प्रिसाइज हाइड्रो इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रा.लि. नामक निर्माण कम्पनी सञ्चालन गर्दै आएका छन् । यस कम्पनीले मूलतः हाइड्रो मेकानिकल र सिभिल सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ । हाल यस कम्पनीले दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, ओखलढुङ्गा लगायतका जिल्लाहरुमा सञ्चालित आयोजनाहरुमा काम गर्दै आइरहेको छ । आफ्नो कम्पनी मार्फत श्रेष्ठले च्युरीखोला, हेवाखोला, सुरीखोला, लगायतका जलविद्युत आयोजनाहरुमा काम गरेका छन् ।

श्रेष्ठले आफ्नो प्रिसाइज हाइड्रो कम्स्ट्रक्सनको भातृ संस्थाको रुपमा सिन्धुलीमा एउटा नामक वर्कशप समेत सञ्चालन गर्दै आएका छन् । टीमवर्कमा विश्वास गर्ने श्रेष्ठले हाल काठमाडौंको मुख्य कार्यालयमा २० जना र वर्कशपमा करिब १५ जना मानिसहरुलाई काममा लगाएर सेवा प्रवाह गरिरहेका छन् । विभिन्न साइटहरुमा समेत काम गरिरहेका व्यक्तिहरु गरी करिब डेढ सय मानिसहरुलाई नियमित रुपमा आफ्नो मातहतमा रोजगारी उपलब्ध गराउन उनी सफल छन् । आफ्ना सबै गरी कम्पनीहरुमा गरी करिब १० करोड रकम लगानी भएको श्रेष्ठ बताउँछन् ।

काम सञ्चालनका शुरुका चुनौतीहरु
पहिले अनुभव नभएको नयाँ क्षेत्रमा काम शुरु गर्दा केही चुनौती त अवश्य पनि सामना गर्नुपर्ने अवस्था रहन सक्छ । श्रेष्ठले आफ्नो व्यावसायिक यात्रामा अघी बढिरहँदा यस्ता थुप्रै चुनौतीहरु महसुस गरेका छन् । शुरुका दिनमा न्यून लगानी र साधारण कामबाट अघी बढाएको यात्राबाट श्रेष्ठ छोटो अवधिमा नै राम्रो पहिचान स्थापित गर्न र आर्थिक हैसियतलाई मजबुत बनाउन सक्षम छन् ।

सफलताको लागि आवश्यक योग्यता
व्यावसायिक सफलताको लागि एकैपटकमा ठूलो लगानी आवश्यक नभएपनि सम्बन्धित क्षेत्रका कामहरु बुझेर सोहीबमोजिम विभिन्न परिस्थिति वावजुद पनि अघी बढ्न सक्ने शाहस र योग्यता आवश्यक पर्दो रहेछ । यसको लागि आफू संलग्न रहेको वा रहन चाहेको क्षेत्रका सम्पूर्ण कामहरुलाई सूक्ष्म तवरले अध्ययन र विष्लेषण गर्नुपर्ने हुन्छ । कठिन परिस्थिति वावजुद दृढ संकल्पवान् रहन सक्ने व्यक्तिले नै राम्रो प्रगति गर्न सक्छ । हरेक व्यक्तिले ठूलो सफलता प्राप्त गर्नुपूर्व थुप्रै असफलताहरु पनि सामना गर्नुपर्ने हुन सक्छ । यद्यपि निरन्तरको प्रयाश पछि असम्भव लाग्ने कामहरु पनि बानीको रुपमा विकास हुँदै जाँदा रहेछन् । जसले गर्दा सफलता प्राप्त हुने सम्भावना पनि बढ्दै जान्छ । श्रेष्ठको व्यावसायिक सफलताले यही बताउँछ । साधारण लगानीबाट काम शुरु गरेका श्रेष्ठले कामलाई निरन्तर गतिशिल बनाउँदै अघी बढिरहँदा अहिलेको अवस्थामा आइपुग्न सफल भएका हुन् । दीर्घकालिन रुपमा एउटै क्षेत्रमा संलग्न रहिरहन चाहने व्यक्तिले विश्वास र इमान्दारितालाई पनि विशेष ख्याल गर्नुपर्छ । आफूहरुले पनि सरोकारवाला पक्षसँग भएको सम्झौता बमोजिम गुणस्तरमा कुनै सम्झौता नगरी समयमा नै काम पूरा गर्ने भएको कारणले गर्दा व्यावसायिक यात्राको छोटो अवधिमा पनि बजारमा राम्रो पहिचान स्थापना हुन सकेकोमा खुसी व्यक्त गर्छन् ।

आफूहरुको सफलतासँगै समाजलाई पनि केही योगदान पुग्न सकोस् भन्ने श्रेष्ठको मान्यता छ । सोहीकारण आफूहरुले व्यावसायिक यात्राको अलावा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न गतिविधिहरु समेत सञ्चालन गर्दै आइरहेका छन् । आगामी दिनमा यसरी सामाजिक गतिविधिहरु सञ्चालनको लागि एउटा ट्रष्ट नै सञ्चालन गर्ने योजनामा आफूहरु विचाराधीन रहेको श्रेष्ठ बताउँछन् ।

व्यवसाय विस्तारमा आर्थिक पक्षको महत्व
श्रेष्ठको अनुसार आफू संलग्न काममा जति गहन अध्ययन, योजना र प्रतिवद्ध तवरले अघी बढ्न सकिन्छ, त्यति नै सफल हुने दर पनि उच्च रहन्छ । काममा क्रियाशिल रहने र व्यावसायिक सफलताको उचाईमा अघी बढ्ने क्रममा आफ्नो कार्य क्षमता समेत बढ्दै जान्छ । आफ्नो मनमा उत्पन्न भएका नयाँ योजनाहरुलाई साकार पार्नको लागि आर्थिक पक्षले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । निर्माण तथा परामर्श क्षेत्रमा संलग्न हुन चाहने व्यक्तिले आफूसँग उपलब्ध रकमलाई सही तवरले व्यवस्थापन गरी कसरी उच्च लाभ हासिल गर्न सकिन्छ भन्नेमा सचेत रही व्यवहार गर्नुपर्छ । काम अघी बढाउने क्रममा बैंक, सहकारी वा व्यक्तिबाट समेत ऋण लिएर काम गर्न सकिने अवस्था त रहन्छ नै । यद्यपि कस्तो अवस्थामा ऋण लिने, आफ्नो जिम्मेवारीमा रहेको कुन काम पहिले गर्ने, कुन काम सम्पन्न गर्दा छिटो र राम्रो प्रतिफल आउन सक्छ ? लगायतमा विशेष सचेत रहनुपर्छ । आफूसँग भएको सबै पैसा एकैपटक उपयोगमा ल्याउँदा त्यसले भविष्यको लागि समस्या सृजना हुन सक्छ । सोहीकारण राम्रोसँग यी कुराहरुलाई विचार गर्दै आफ्नो योग्यता भएको क्षेत्रमा अघी बढ्दा सफल हुने सम्भावना उच्च रहन्छ । व्यवसाय केही हद सम्म जोखिमपूर्ण समेत हुने गर्छ । यद्यपि कति सम्मको जोखिम वहन गर्न आफू सक्षम हुन सक्छु भन्ने सम्बन्धमा सचेत रहँदै अघी बढ्ने हो भने ठूलो नोक्सानी व्यहोर्नुपर्दैन । व्यावसायिक क्षेत्रमा संलग्न रहँदा आर्थिक पक्षले पनि ठूलै महत्व राख्ने भएकोले त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा विशेष सचेत रहनुपर्छ ।

सम्भावित प्रतिकुल परिस्थिति बारे पूर्वानुमान
निर्माण क्षेत्रमा रहेर काम गर्नुपर्दा कहिलेकाहीँ अनपेक्षित घटनाहरुको कारण सोचेअनुसार काम नहुन सक्छ । त्यस्तो अवस्थाको बारेमा पनि पहिले नै सोचविचार गरी वैकल्पिक तरिकाहरु अपनाउनुपर्छ । जस्तो कि मेसिनमा आउने कुनै प्राविधिक समस्या, मौसमको कारण हुन सक्ने सडक अवरोध, बजारमा कुनै सामाग्रीको अभाव, राजनीतिक कारणबाट सृजना हुने अवरोध, क्षमतावान् जनशक्तिको अभाव लगायत । यस्ता थुप्रै समस्याहरुका वावजुद पनि कामलाई निरन्तर अघी बढाउने व्यक्तिले बजारमा सदैव विश्वास प्राप्त गर्न सक्छ । आफ्नो सफलतामा आफूले प्रवाह गर्ने सेवाको गुणस्तरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको हुनाले यसतर्फ विशेष ख्याल गर्नुपर्छ । प्रतिष्पर्धी बजारमा आफूले उपलब्ध गराउने अतिरिक्त सेवाकै कारण पृथक पहिचान कायम गर्न सकिन्छ भन्ने कुरालाई विचार गर्दै निश्चित आचारसंहिता भित्र रही आफ्ना कामहरुलाई अघी बढाउनुपर्ने जरुरी रहन्छ । निर्माण क्षेत्र जोखिम मोलेर काम गर्नुपर्ने क्षेत्र भएकोले यस क्षेत्रमा काम गर्न चाहने व्यक्तिले जोखिम व्यवस्थापनको लागि आफूलाई तयार पार्नुपर्छ । सोहीबमोजिम श्रेष्ठले आफ्नोे व्यवसायलाई एउटै क्षेत्रमा सीमित नराखी विभिन्न क्षेत्रहरुमा लगानी विविधिकरण गरेका छन् । जसअन्तरगत मूलतः उत्पादन, ट्रेडिङ र सेवा क्षेत्र संलग्न छन् । सधैं अवस्था एकै किसिमको नहुन सक्ने र एउटा क्षेत्र सुस्त रहँदा पनि अर्को क्षेत्रबाट प्राप्त लाभले कठिन परिस्थितिमा पनि असहज नहोस् भनेर लगानी विविधिकरण गर्नुपर्ने आवश्यकता रहेको श्रेष्ठको बुझाई छ ।

आगामी योजना
अहिले नेपालमा निर्माण हुन सक्ने कतिपय मेकानिकल सामानहरु समेत बाह्य बजारबाट नेपालमा भित्रिइरहेका छन् । सहुलियत दरमा कच्चा पदार्थ आयात गरी ती सामानहरु नेपालमा नै उत्पादन गर्दा त्यसबाट हाम्रो उत्पादकत्व वृद्धि र रोजगारी सृजना एवं उद्यमशिलता जागरणमा ठूलो सहयोग पुग्ने भएको यस्तो पहल गर्न लागेको श्रेष्ठले बताए ।

निर्माण क्षेत्रको आगामी सम्भावना
नेपाल विकासोन्मुख देश हो । अझै पनि ठूला संरचनाहरु नेपालमा विकास भइनसेको आगामी दिनमा यस क्षेत्रको सम्भावना राम्रो छ । कुनै आयोजना अघी बढाउनुपूर्व त्यसको राम्रो तवरले अध्ययन आवश्यक पर्ने भएपनि नेपालमा अहिले सम्म अघी बढाइने आयोजनाको राम्रो तवरले अध्ययन हुन सकेको छैन । जसले गर्दा कतिपय अवस्थामा आयोजना अघी बढ्ने क्रममा विभिन्न समस्याहरु सृजना हुने गरेको पाइन्छ । यसरी पछि आउन सक्ने समस्या र भोग्नुपर्ने ठूलो नोक्सानीबाट बच्न शुरुमा नै सचेत रही आवश्यक अध्ययन गरेर मात्र आयोजनाहरु अघी बढाउनुपर्ने जरुरी छ ।

परामर्श क्षेत्रको महत्व
कुनै पनि देश वा भूगोलको सही विकासको लागि योजनावद्ध विकासको आवश्यकता पर्छ । यस्तो विकासबाट नै समृद्धि प्राप्त गर्न सकिन्छ । सोहीकारण व्यवस्थित विकासको लागि इन्जिनियरिङ क्षेत्रको विशेष महत्व रहने गर्छ । नेपालका प्राविधिक इन्जिनियरिङ जनशक्तिले सम्बन्धित सेवाग्राहीको आवश्यकता बमोजिम काम गर्नुपर्ने भएकोले आफ्नो पूर्ण क्षमता उपयोग हुने गरी काम गर्न सक्ने अवस्था समेत सृजना हुन सकेको छैन । सेवाग्राहीले पनि बुझ्नुपर्छ कि प्राविधिक जनशक्तिले जति स्वतन्त्र रुपमा काम गर्न पाउँछन्, त्यत्ति नै कामको गुणस्तर उच्चस्तरीय हुन सक्छ ।

अन्त्यमा
नेपाल सरकारले राज्य भित्रका युवाहरुलाई आफ्नो सम्पत्तिको रुपमा लिइ उनीहरुलाई यहीँ नै कसरी काममा लगाई विशेष लाभ लिन सकिन्छ भन्नेमा योजनावद्ध तवरले अघी बढ्नु जरुरी छ । राज्यले यसको लागि युवा नीति परिमार्जन गर्नु जरुरी छ । मुलुकमा नै प्रयाप्त सम्भावनाहरु रहेको कुरामा गाउँगाउँका युवाहरुलाई जागरुक बनाई यहीँ नै सम्भावना खोज्ने तर्फ आकर्षित गराउन सकिएमा दीर्घकालिन रुपमा राम्रो लाभ हासिल गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij