२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आर्थिक उपार्जनका राम्रा अवसरहरु नेपालमै खोज्न सकिन्छः उद्यमी डिल्ली तुलाधर

आर्थिक उपार्जनका राम्रा अवसरहरु नेपालमै खोज्न सकिन्छः उद्यमी डिल्ली तुलाधर

एक सङ्घर्षशिल उद्यमीकाे प्रेरणादायी जीवनयात्रा

डिल्लीरत्न तुलाधर, प्रबन्ध निर्देशक, रिचुअल फ्रेट्स प्रा.लि

आफ्नो बाल्यकाल निकै कठिनतापूर्वक बिताएका डिल्लीरत्न तुलाधर हाल एक सफल उद्यमीको रुपमा परिचित छन् । रिचुअल फ्रेटका सञ्चालक रहेका उनी कुनै बेला विद्यालयको फि समेत तिर्न सक्ने अवस्थामा थिएनन् । अहिले डिल्लीले आफ्नो व्यवस्थापनमा ७ ओटा व्यवसायहरु सञ्चालन गरिरहेका छन् । उनले अहिले आफूमातहत करिब ७० जना व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराएका छन् । साथै नेपालमा थप एउटा सुपरमार्केट सञ्चालनको तयारीमा छन् डिल्ली । जहाँ काम गर्ने कर्मचारीले अमेरिका सरह सेवासुविधा पाउन सकुन् । तिनै दूरदृष्टि सोचका डिल्ली सानैदेखि आफू अरु भन्दा आफू केही पृथक हुन रुचाउँथे । हरेक कुरा फरक किसिमले सोच्ने गर्थे ।

विद्यालय तहमा अध्ययन गर्दा एकदिन शिक्षकले सबै विद्यार्थीलाई भविष्यको योजना बारे सोध्दा डिल्लीले आफू विश्व भ्रमणको निम्ति इच्छुक रहेको बताएका थिए । उनको त्यतिबेलाको कमजोर अवस्थालाई हेरेर सबै साथीहरु गलल्ल हाँसे । हुनतः तुलाधरले त्यतिबेला अन्य कुरा सोचेर त्यो उत्तर दिएका थिएनन् । अरु आफूलाई मनमा लागेका सबै उत्तर अन्य साथीहरुले भनिसकेका हुनाले त्यसो भनेका थिए ।

कक्षामा आफूले विश्व भ्रमणको जवाफ दिएपछिको साथीहरुको गिज्याउने किसिमको हाँसाले भने उनलाई छोयो । त्यसकारण आफू कसरी विश्व भ्रमण गर्न सक्छु भन्ने बारे उनले सोच्न थाले । पछि फेला परेको ‘Around the world 20 Doller’| भन्ने पुस्तकबाट आफू साँच्चै विश्व भ्रमणको लागि प्रेरित भएको उनी बताउँछन् । पछि सोच्दै गए कि २० डलरमा नै विश्व भ्रमणको यात्रा तय गर्न सकिन्छ भने म पनि किन विश्व भ्रमणमा ननिस्कने ? त्यो रकम जुटाउन त म पनि सक्छु । जतिबेला एक डलर बराबर नेपाली १३ रुपियाँ थियो ।

व्यावसायिक यात्राः
बुबा इलेक्ट्रिकल क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो । छोरा डिल्ली पनि यसबाट प्रभावित नहुने कुरै भएन । सानै उमेरमा नै छोरा डिल्लीले एन्टिना बनाएर बिक्री गर्ने काम गर्न थाले । पछि उनले इलेक्ट्रिसियनको रुपमा काम गरिरहँदा मासिक ८ हजार प्राप्त गर्ने गरी हिमालय होटलमा काम गर्ने अवसर सृजना भयो । आफैंले काम सिकेर त्यो काममा लागेका डिल्लीलाई अन्य साथीहरुलाई कहाँबाट ओभरसियर पढेको भन्ने प्रश्न गरिरहन्थे । हुनतः उनमा सम्बन्धित कामको सीपका सम्बन्धमा कुनै समस्या थिएन । तर औपचारिक अध्ययन नभएको हुनाले के उत्तर दिने भन्ने सम्बन्धमा दोधारमा परे । अन्ततः उनी त्यस कामबाटै बाहिरिने निर्णयमा पुगे ।

उच्च शिक्षाः
कमजोर अवस्थाले गर्दा कुनै काममा नै लाग्नुपर्ने बाध्यताले पहिलो पटकमा एसएलसी उत्तीर्ण हुन नसकेका डिल्लीको चाहना उच्च शिक्षामा राम्रो तवरले पढ्नुपर्छ भन्ने थियो । सोही चाहनाले कलेज भर्ना भएपनि त्यहाँको शैक्षिक वातावरण देखेर भने उनी सन्तुष्ट हुन सकेनन् । उच्च शिक्षामा उनले अनुशासनको ठूलो खडेरी देखे । सोहीकारण आफू कलेज अध्ययनबाट बाहिरिने निर्णयमा पुगे ।

अर्को जागिरः
डिल्लीले शुरुमा गरेको मासिक ८ हजारको इलेक्ट्रिसियन सम्बन्धी काम छोडिसकेका थिए । जहाँ ज्यालादारीमा काम गर्नुपथ्र्यो । अब उनी कुनै नयाँ काममा त जोडिनै पथ्र्यो । अर्को काम त पाए तर अत्यन्तै कम तलब सुविधामा । केवल ८ सय ५० मा । तर त्यस काममा उनले भविष्य देखेका थिए । सोहीकारण पछिलाई हेरेर सोही कामलाई निरन्तरता दिए । अहिलेका अधिकांश युवाहरु आफूले अध्ययन गरेको आधारमा आफ्नो तलब सुविधा आफैं निर्धारण गर्छन् । तर आफूमा त्यस कार्य सम्बन्धी कस्तो अनुभव हासिल गरेको छु भन्नेमा भने कुनै ध्यान दिँदैनन् । जसले गर्दा राम्रो सफलता हासिल गर्नबाट युवाहरु वञ्चित हुनुपरेको डिल्लीरत्न तुलाधरको बुझाई छ ।

नेपालको समृद्धिका आधारहरु

नेपाललाई माथि उठाउनको लागि स्वदेशमा उत्पादन भएका वस्तुहरुको निर्यात कार्यलाई प्रोत्साहित गर्नु नै सबैभन्दा उत्तम विकल्प हुनसक्छ भन्ने तुलाधरको बुझाई छ । उनी भन्छन्, ‘नेपालको दिगो विकास र समृद्धिको लागि निर्यात नै अत्यन्तै राम्रो माध्यम हुन सक्छ ।’ उनी थप्छन्, ‘जो कसैले पनि निर्यात व्यापार र पर्यटन क्षेत्रमा सामान्य बजार अध्ययन सहित संलग्न हुने हो भने यस क्षेत्रबाट कहिल्यै पनि हार हुँदैन ।’

तुलाधरका अनुसार नेपाल आफैंमा एक सुन्दर मन्दिर हो । विदेशीहरु सिङ्गो नेपाललाई नै मन्दिरको रुपमा मानेर विशेष आस्था सहित यहाँ प्रवेश गरेका हुन्छन् । यसरी विशेष आस्था सहित प्रवेश गरेका पर्यटकहरुको उक्त विश्वास बचाईराख्न हामीले विशेष पूर्वाधारहरु निर्माण गरी सोहीबमोजिमको अवस्था सृजना गर्नु जरुरी रहन्छ ।

नेपालमा अहिले सम्म व्यवसायमा लाग्न चाहने व्यक्तिहरुलाई लक्षित गरेर कुनै पनि व्यावसायिक शैक्षिक संस्थाहरु सञ्चालन हुन सकेका छैन । विजनेश स्टडी सम्बन्धी शैक्षिक कार्यक्रम चलाएका शिक्षणसंस्थाले समेत कुनै पनि विषयमा अहिले सम्म कसरी आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने सम्बन्धमा कुनै कार्यक्रम सञ्चालन गरेका छैनन् । अहिले जसले जसरी व्यवसाय गरिरहेका छन्, उनीहरु सबैले पारिवारिक वातावरण र आफ्नै अनुभवले मात्र काम गरिरहेका छन् ।

स्वदेशमा सम्भावना खोजौंः
अधिकांश मध्यमस्तरीय व्यक्तिहरुले वैदेशिक रोजगारीलाई नै राम्रो आर्थिक उपार्जनको माध्यमका रुपमा लिने गर्छन् । तर वैदेशिक रोजगारीमा रहने नेपालीहरुको अवस्था निकै नै कमजोर छ । उनीहरुले निकै दुखदायी रुपमा जीवनयापन गर्नुपर्छ । नेपालीहरुले वैदेशिक रोजगारीमा रहँदा सजिलो किसिमले पैसा कमाउन सकेका छैनन् । कतिपय अवस्थामा त उनीहरुको जनजीवन नरकतुल्य समेत हुने गरेको तुलाधरले प्रत्यक्ष देखेका छन् । यसकारण वैदेशिक रोजगारीमा तत्लो तहमा रहेर काम गर्ने नेपालीहरुको तुलनामा नेपालमा नै रहेर सडकमा साइकल डुलाएर स्याउ केरा बेच्ने व्यक्तिहरुको कमाई र प्रतिष्ठा राम्रो हुनेमा तुलाधर विश्वस्त छन् ।

नेपाला व्यावसायिक वातावरण र यसका चुनौतीहरुः
नेपालमा अहिले सम्म व्यवसायमा लाग्न चाहने व्यक्तिहरुलाई लक्षित गरेर कुनै पनि व्यावसायिक शैक्षिक संस्थाहरु सञ्चालन हुन सकेका छैन । विजनेश स्टडी सम्बन्धी शैक्षिक कार्यक्रम चलाएका शिक्षणसंस्थाले समेत कुनै पनि विषयमा अहिले सम्म कसरी आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने सम्बन्धमा कुनै कार्यक्रम सञ्चालन गरेका छैनन् । अहिले जसले जसरी व्यवसाय गरिरहेका छन्, उनीहरु सबैले पारिवारिक वातावरण र आफ्नै अनुभवले मात्र काम गरिरहेका छन् ।

अहिले हरेक राजनेताले नेपाललाई सिङ्गापुर बनाउँछु भन्ने कुरा गर्दै आएको पाइन्छ । तर उनीहरु मध्ये कसैले पनि अहिले सम्म आफ्ना नागरिकहरुलाई सिङ्गापुर, अष्ट्रेलिया, अमेरिका लगायतको देशका जस्ता स्मार्ट र व्यवस्थित नागरिक बनाउँछौं भनेको सुनिँदैन । जुन दुखद कुरा हो ।

साथै अहिले सम्म नेपाल सरकारले समेत व्यवसायीहरुलाई प्रोत्साहनमूलक वातावरण सृजना गरिदिन सकेको छैन । कर तिर्ने व्यवसायीहरुलाई प्रोत्साहन मिल्ने किसिमका कुनै सुविधाहरु उपलब्ध गराउन सकेको छैन । राज्यलाई कर तिर्दा सहज वातावरण समेत बन्न सकेको छैन । कर तिर्न केही दिन ढिलाई हुँदा ठूलो जरिवाना लाग्ने अवस्थाछ । तर त्यही निकायले प्रवाह गर्ने सेवासुविधा समेत निकै झण्झटिला छन् तैपनि सरकारी कार्यकर्ताहरुलाई सेवाग्राहीप्रति जिम्मेवार बनाउन सकिएको छैन ।

प्रविधिको प्रयोगमा जोड दिउँः
अहिलेको समय प्रविधिको समय हो । प्रविधिको प्रयोग गरेर सजिलै अधिकांश कामहरु क्षणभरमा सम्पन्न गर्न सकिन्छ । विश्व कहाँबाट कहाँ पुगिसक्यो । नेपालमा नै फोनपेबाट सिधै आफ्नो खातामा रकम पठाउन, पाउन वा युटिलिटी विलहरु तिर्न सकिने अवस्था सृजना भइसक्यो । तर के राज्य पक्षले पनि यस किसिमका प्रविधिमैत्री सेवा सञ्चालन गरी काममा सहजता ल्याउन आवश्यक पर्दैन ?

दृष्टिकोण र मानसिकतामा परिवर्तन ल्याउँ 
अहिले हरेक राजनेताले नेपाललाई सिङ्गापुर बनाउँछु भन्ने कुरा गर्दै आएको पाइन्छ । तर उनीहरु मध्ये कसैले पनि अहिले सम्म आफ्ना नागरिकहरुलाई सिङ्गापुर, अष्ट्रेलिया, अमेरिका लगायतको देशका जस्ता स्मार्ट र व्यवस्थित नागरिक बनाउँछौं भनेको सुनिँदैन । जुन दुखद कुरा हो ।

शुरुको व्यवसायः
तुलाधर वि.सं २०५१ मा व्यवसाय शुरु गरी व्यावसायिक क्षेत्रमा प्रवेश गरेका हुन् । उनको अनुभवमा त्यतिबेला निर्यातकर्तालाई कर शून्य थियो । जब मानिसहरु निर्यात गर्न थालियो, त्यसपछि भने वस्तु निर्यातमा कर लगाउन थालिएको र हामीले यहीँनेर ठूलो गल्ति गरेको तुलाधरले महसुस गरेका छन् । राज्यले मान्छे निर्यात गर्नु राम्रो हो कि वस्तु निर्यात भन्ने कुरा विचार गर्न नसक्दा नेपाल कमजोर बन्दै गएको उनको तर्क छ । साथै विदेश गएका नेपालीहरुले कति कर तिरेका छन् भन्ने कुरामा सरकारले कहिल्यै गहन रुपमा नसोचेको साथै सरकारले रेमिट्यान्सलाई आर्थिक स्रोतको राम्रो माध्यम मानेपनि आधिकारिक रुपबाट निकै कम मात्र आइरहेको हुनसक्ने तुलाधरको बुझाई छ ।

अहिले नेपालको लागि व्यापार घाटा ठूलो चिन्ताको विषय बनेको बताउँदै तुलाधर भन्छन्, ‘वि.सं २०५१ मा वस्तु निर्यात गर्दा र अहिले २०७७ मा मान्छे निर्यातलाई प्रोत्साहन गरिँदाको हाम्रो व्यापार घाटा अनुपातलाई विचार गरी हामीले लिएको नीति परिमार्जन गरेमात्र हामी सम्पन्न बन्न सक्नेछौं ।’ अहिले अधिकांश उद्योगहरुको लागि जनशक्ति नेपालको लागि ठूलो चिन्ताको विषय बनेको छ ।

शिक्षा क्षेत्रको कमजोरीः
नेपालको लागि शिक्षा पद्धति आफूले काम गरिरहेकै काममा विशेषज्ञता हासिल गर्न सहयोग पुर्याउने (प्रोफेसनल) किसिमको छैन । पियनमा काम गर्ने व्यक्तिले मास्टर डिग्री गरेपनि त्यही पदमा नै विशेष सुविधा सहित काम गर्न सक्ने अवस्था बाह्य मुलुकहरुमा छ । नेपालमा जस्तो तह वृद्धिले मात्र हाम्रो अवस्था सुधार हुन सक्दैन ।

हरेक देशको विकासमा त्यहाँको शिक्षा नीतिको भूमिका महत्वपूर्ण रहन्छ । नेपालको अर्को समस्या भनेको राम्रो तवरले काम गरिरहेका क्षमतावान् व्यक्तिहरुलाई सही स्थान दिने प्रचलन नहुनु पनि हो । गाडी राम्रो तवरले सुरक्षित गञ्तव्यमा पुर्याउन राम्रो अनुभवी ड्राइभरको भूमिका भएजसरी हरेक संस्थामा योग्य र सक्षम व्यक्तिहरुलाई नियुक्त गर्नुपर्नेमा अहिले त्यसो हुन सकेको छैन । कुलमान घिसिङलाई आफू सक्षम ठहरिएको काममा पुनः दोहोर्याउन नचाहने प्रवृत्तिले पनि यही बताउँछ ।

नेपालको सम्भावनाः
नेपालको वसन्तपुर दरबार र स्वयम्भू बीच केवल २.२ किलोमिटरको मात्र दूरी छ । त्यस बीचमा हाम्रा परम्परागत महत्वका थुप्रै मन्दिरहरु छन् । पैदल हिँडेर २० मिनेटमा पुग्न सकिने त्यही बाटोमा पर्यटकहरुलाई २ घण्टा घुमाउन सकिन्छ । त्यही बाटोमा पर्ने महिला तथा वृद्धाहरुलाई उनीहरुसँग भएको सीपको आधारमा काम गर्न प्रोत्साहित गर्ने हो भने साधारण थैली बनाएर पनि आफ्नै घर प्राङ्गणमा बसेर पर्यटकबाट दैनिक कम्तीमा १-२ डलर कमाउन सक्ने अवस्था रहन्छ । यस किसिमका थुप्रै कामहरु हुन सक्छन्, जुन काम गरे ८० बर्षीय वृद्धा आफ्ना छोराबुहारीमा निर्भर हुनुपर्दैन ।

नेपालमा व्यवसायमा कसरी संलग्न हुने भनेर सिकाउने कुनै व्यावसायिक स्कुल छैन । शुरुमा व्यवसायमा जोडिने क्रममा सरकारका कर नीतिहरु व्यवसायीलाई थाहा हुँदैनन् । जसले गर्दा पारदर्शी तवरले काम गर्न चाहँदाचाहँदै पनि आफू ठूलो जरिवानामा फस्ने सम्भावना उच्च रहन्छ । नेपालको कर नीति बारे थाहा नपाउँदा मैले पनि यस्तो समस्या भोगेको छु । मलाई थाहा थियो कि सरकारलाई कर तिर्नुपर्छ । आफू इमान्दार बन्नुपर्छ । त्यतिबेला हाम्रो व्यवसाय पार्टनरसिपमा थियो । हामी हरेक कारोबार बिलमा नै गर्न चाहन्थ्यौं । हामीले जनवरीमा काम शुरु गरेका थियौं । जुनमा आर्थिक बर्ष अन्त्य हुन्छ । हामीले आफैं पारदर्शी रुपमा काम गरिरहँदा कर कार्यालयले ४ लाख रकम कर तिर्नुपर्ने बतायो । हामीले अनुरोध गर्यौं तैपनि हामी उक्त रकम तिर्न बाध्य भयौं ।

कोभिड पछिको सम्भावनाः
कोभिड–१९ ले नेपाललाई तत्कालको लागि केही क्षति त अवश्य पुर्याएको छ । तर यसले दीर्घकालिन रुपमा राम्रो सम्भावना पनि निम्तिने तुलाधरको विष्लेषण छ । कोभिडकै कारण अहिले विश्व अर्थतन्त्र डामाडोल भएको छ । जसले गर्दा विश्व अर्थतन्त्र निकै नै खुम्चिएको छ । उनीहरुको ध्यान अब कम लागतका उत्पादन प्रयोग तर्फ केन्द्रित हुँदैछ । नेपालमा उत्पादन हुने सामानको लागत समेत निकै कम छ । हवाई टिकट बाहेक हरेक रात १० डलरमा काठमाडौंमा बिताउन सक्ने अवस्था छ । यस्तो अवस्थामा विदेशीहरु नेपाल भ्रमणमा पुनः आउन शुरु गर्नेछन् । साथै अहिले नेपाली सामानहरु विश्वका हरेक ठाउँमा प्रदर्शनीमा राखिएका छन् । जहाँबाट नेपाली सामानहरु सस्तो दरमा किनेर उपयोग गर्न सक्नेछन् । त्यसको लाभ नेपालले उठाउन सक्नेछ ।

उद्यमीलाई प्रोत्साहन गर्न कर समस्या व्यवस्थित गरिनुपर्छः
नेपालमा व्यवसायमा कसरी संलग्न हुने भनेर सिकाउने कुनै व्यावसायिक स्कुल छैन । शुरुमा व्यवसायमा जोडिने क्रममा सरकारका कर नीतिहरु व्यवसायीलाई थाहा हुँदैनन् । जसले गर्दा पारदर्शी तवरले काम गर्न चाहँदाचाहँदै पनि आफू ठूलो जरिवानामा फस्ने सम्भावना उच्च रहन्छ । नेपालको कर नीति बारे थाहा नपाउँदा मैले पनि यस्तो समस्या भोगेको छु । मलाई थाहा थियो कि सरकारलाई कर तिर्नुपर्छ । आफू इमान्दार बन्नुपर्छ । त्यतिबेला हाम्रो व्यवसाय पार्टनरसिपमा थियो । हामी हरेक कारोबार बिलमा नै गर्न चाहन्थ्यौं । हामीले जनवरीमा काम शुरु गरेका थियौं । जुनमा आर्थिक बर्ष अन्त्य हुन्छ । हामीले आफैं पारदर्शी रुपमा काम गरिरहँदा कर कार्यालयले ४ लाख रकम कर तिर्नुपर्ने बतायो । हामीले अनुरोध गर्यौं तैपनि हामी उक्त रकम तिर्न बाध्य भयौं । जसले झण्डै हामी आत्महत्या नै गर्नुपर्ने अवस्थामा पुगेका थियौं ।

नेपालमा सरकारी निकायहरु बीच आपसमा समन्वय नहुँदा त्यसको समस्या व्यापारीहरुले पनि सामना गर्नुपरेको छ । हरेक ठाउँमा नवप्रवेशी उद्यमीलाई हतोत्साही होइन, प्रोत्साहित गर्ने वातावरण बनाउनु जरुरी छ । मुलुकको समृद्धि यात्रा तय गरिरहँदा निर्यातलाई प्रोत्साहित गर्नुको विकल्प छैन । विभिन्न निकायमा दर्ता भएका फर्महरुले सामान निकासी गर्ने व्यवस्था भएको हुनाले यी सबैलाई एकीकृत गर्दै कारोवारलाई पादर्शी र निर्यातलाई प्रोत्साहनको उद्धेश्यले नेपालमा अब निकाशी मन्त्रालय समेत आवश्यक देखिएको छ । अन्य सबै देशहरुमा यस किसिमको व्यवस्था छ । व्यवसायमा आउन चाहनेलाई प्रोत्साहन र लगानी प्रवद्र्धनको लागि सहयोग पुग्ने किसिमले शैक्षिक कार्यक्रममा नै आर्थिक उपार्जन र नीतिगत कुराहरु समेटिने व्यवस्था हुनुपर्ने आवश्यकता समेत हामीले महसुस गरेका छौं । जसले हामीलाई हाम्रा सम्भावना बारे मार्गदर्शन गराई सही तवरले ती सम्भावनालाई अवसरमा बदल्ने क्षमता प्रदान गरोस् । हामीले बुझ्नुपर्छ कि हामी हरेक नेपाली सुनखानीमा जन्मिएका छौं । तर हामीलाई नै सुन कहाँ छ भन्ने कुराको जानकारी छैन । अब सबैलाई यस कुराको महसुस गराउन सकेमात्र हामीले चाहेको समृद्धि हासिल हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij