२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नाडाद्वारा ताप्लेजुङ्गका आगलागी पीडितलाई मन्त्रालय मार्फत आर्थिक सहयोग

नाडाद्वारा ताप्लेजुङ्गका आगलागी पीडितलाई मन्त्रालय मार्फत आर्थिक सहयोग

काठमाडाैं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालज्यूको नेतृत्वमा गएको ६ सदस्सीय नाडा प्रतिनिधिले २०७७ साल चैत्र १ गते माननिय भौतिक, पूर्वाधार तथा यातातात मन्त्री श्री वसन्त कुमार नेम्बाङ्गज्यूसंग भेटी नाडाको सामाजिक उत्तरदायित्व अन्र्तगत ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको लागी जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गलाई सहयोग स्वरुप रु २०१,००० को चेक हस्तान्तरण गरिएको नाडाले जनाएको छ ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको राहतको लागी नाडाको पदाधिकारी लगायत कार्यसमिती सदस्यहरु संग रकम संकलन गरि रु २०१,००० जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गको नाममा चेक माननिय मन्त्रीज्यूलाई हस्तान्तरण गर्नुभएको थियो ।

उक्त छलफलको क्रममा माननीय भौतिक, पूर्वाधार तथा यातातात मन्त्री श्री वसन्त कुमार नेम्बाङ्गज्यूले देशमा परेको आपत् विपदको समयमा पनि नाडाले देखाउनु भएको चासो र सहयोग प्रती धन्यवाद दिनुभएको थियो । साथै माननिय मन्त्रीज्यूबाट पनि नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपथाप गरि प्रदेश सांसद मार्फत जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ्गलाई हस्तान्तरण गरि नाडालाई समेत जानकारी गराउने भन्नुभयो । सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्धय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij