काठमाडौं । नेपालमा हस्तकला प्रशिक्षण सम्बन्धी लामो समय देखि काम गर्दै आएको नेपाल परम्परागत हस्तकला प्र्रशिक्षण केन्द्रले एकै पटकमा विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गर्ने भएको छ ।
रुला अवार्ड इन्टरनेशनल नामक संस्थाले एसिया अवार्ड अफ स्पेसलाइज कोर्ष अन्तरगत यो अवार्ड प्रदान गर्न लागेको हो ।
यसैगरी वल्र्ड एजुकेशनल लिडर्सको तर्फबाट ‘एक्ट्रिम्ली लिडरसिप इन एजुकेसन आउटस्ट्याण्डिङ टे«निङ अवार्ड–२०२१’ समेत यस संस्थाले प्राप्त गर्न लागेको छ । उक्त अवार्ड नयाँ इन्नोभेटिभ आइडियामा काम गरेर विशेष योगदान पु¥याएका संस्थाहरुलाई छनोट गरेर प्रदान गरिन्छ । नेपालमा लामो समय देखि हस्तकला तालिम प्रदायक संस्थाको रुपमा नेपाल परम्परागत हस्तकला प्र्रशिक्षण केन्द्रले काम गर्दै आएको छ ।
अक्षेश्वर महाविहारबाट चित्रकला एवं मुर्तिकला सम्बन्धी सीप हासिल गरेर प्रचण्ड शाक्यले वि.सं २०६३ देखि नेपाल परम्परागत हस्तकला प्र्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएका हुन् । हाल उनी नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।
हाल सम्म यस संस्थाबाट १२ सय व्यक्तिले तालिम हासिल गरिसकेका छन् । जसमध्ये अधिकांश युवाहरु आफैं उद्यमशिल समेत बनेका छन् । यस संस्थाले आशा सुशिल अन्टरप्रेनर अवार्ड समेत प्राप्त गरिसकेको थियो ।

आगामी दिनमा लुम्बिनी विश्वविद्यालयको सम्बन्धमा औपचारिक स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना बमोजिम अक्षेश्वर महाविहारले काम गरिरहेको छ ।
कलेज सञ्चालन हुन सकेको खण्डमा परम्परागत हस्तकलालाई प्रवर्द्धन गरी सीपको प्रवर्द्धनमा ठूलो सहयोग पुग्नेमा आफूहरु विश्वस्त रहेको प्रचण्ड शाक्य बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij