२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

इम्पेरियल कलेजमा सम्पन्न भयाे अन्तरक्रिया कार्यक्रम

इम्पेरियल कलेजमा सम्पन्न भयाे अन्तरक्रिया कार्यक्रम

काठमाडौं । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज इम्पेरियल विजनेश कलेजको प्राङ्गगणमा Imperial Talks: Gender Equality विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । इम्पेरियल विजनेश कलेज Friends Club द्वारा आयोजित सो कार्यक्रम एपीवान टेलिभिजनकी समाचार वाचन संयोजक रुपा खड्काले सञ्चालन गारेकी थिइन् ।

कार्यक्रमका प्रमुख वक्ताहरुमा माइती नेपालकी संस्थापक, सन् २०१० सीएनएन हिरो अवार्ड विजेता तथा प्रदेश नं. ३ की पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला, चर्चित अभिनेत्री तथा चलचित्र निर्मात्री रेखा थापा र युवा अभियन्ता÷अधिकारवादी तथा विवेकशील नेपालकी नेतृ रजिया बानु रहेका थिए ।

अतिथिहरुमा कलेजका प्रमुख शैक्षिक सल्लाहकार प्रा.डा. कमलदीप ढकाल, प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोले, प्रिन्सिपल प्रजित कुमार तिमल्सिना रहेका थिए । उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij