काठमाडौं । नेपाल हस्तकला महासंघ (महिला उद्यम समिति) र ललितपुर महानगरपालिकाको संयुक्त आयोजनामा ३ दिने महिला हस्तकला मेला २०७७ आयोजना गर्न लागिएको छ । उक्त मेला फागुन २२ देखि २४ सम्म ललितपुर महानगरपालिकाको प्राङ्गणमा आयोजना हुनेछ । ‘महिला शशक्तिकरणको लागि पुरुष सहभागिता अपरिहार्य’ भन्ने नारा सहित आयोजना गर्न लागिएको उक्त मेलाको संयोजन ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्यालले गरेकी छिन् । उक्त प्रदर्शनी मेलाबारे धारणा राख्दै उपमेयर सत्यालले ललितपुरमा उत्पादन भएका सामानको बजारीकरण समेत यहीँ हुनुपर्छ भन्ने मान्यताले यो मेला आयोजना गर्न महानगरपालिकाले सहकार्य गरेको बताइन् ।
मेलामा महिला उद्यमीहरुबाट उत्पादित सामानहरु प्रदर्शनी एवं बिक्रीमा राखिनुको अलावा उपत्यकाका सबै जिल्लागत हस्तकला संघ र ३ ओटै जिल्लाका नगरपालिकाहरुको समेत प्रतिनिधिमूलक सहभागिता रहनेछ । यस मेलामा एकै छाना मुनि प्राकृतिक रेसा जस्तै केतुके, अलैंची, केरा, अल्लो र वाँसबाट बनेका सामानहरु, काष्ठकला,चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिस्टलका सामान, हाड र सिङ्गका वस्तु, बीड्सका सामानहरु, उनी तथा सूती एवं ढाकाका सामान,पश्मिना, हाते कागजका सामान, सेरामिक्स तथा माटोका सामाग्री, सीसाका वस्तुहरु आदि प्रर्दशनी तथा विक्रीका लागि राखिने छन् । मेलामाकरिब ५० वटा स्टलहरु रहनेछन ।

मेला आयोजनाबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमका बोल्दै ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले आफूहरु उद्यमशिलता जागरण र महिला शशक्तिकरणको पक्षमा लामो समय देखि कटिवद्ध रहँदै आएको बताउँदै आफूहरुले निश्चित उद्देश्य र योजना बमोजिमका कार्यक्रमहरु आयोजना गर्दै आएको साथै त्यस्ता उत्प्रेरणामूलक एवं प्रभावकारी कार्यक्रमहरुमा सहकार्य गर्न निरन्तर तयार रहने समेत बताए । साथै महिला उद्यमीहरुको प्रवद्र्धनको लागि सहकार्य गर्न पाउँदा खुसी महसुस भएको समेत बताए । संक्षिप्त कार्यक्रममा नगरप्रमुख महर्जनले पछिल्लो समय आयोजना गरिने विभिन्न तालिमहरु प्रभावकारी बन्न नसकेको बताउँदै यस्ता तालिमहरु व्यावहारिक जीवनमा उपयोगमा आउन सक्ने हुनुपर्नेमा जोड दिए ।
मेलामा नेपाल साइकल सोसाइटी र रोटरी क्लबको समेत सहकार्य रहेको छ । पर्यावरणमैत्री साइकल यात्रालाई प्रवद्र्धन गर्ने उद्देश्य समेत आफूहरुको रहेको नगरप्रमुख महर्जनले बताए । सोहीबमोजिम फागुन २४ गते साइकल र्याली समेत आयोजना गरिँदैछ ।
हस्तकला बारे संक्षिप्त जानकारी
नेपालको निर्यात ब्यापारमा हस्तकला क्षेत्रले महत्वपूर्ण स्थान रहँदै आएको छ । हस्तकलाको आन्तरिक बजार करिब १० अरब बराबरको छ भने सोही रकमको हाराहारीम ाभारत लगायत तेश्रो मुलुकहरुमा निर्यात रहेको छ । आयात र निर्यात वीचको दुरी दिनप्रतिदिन बढ्दै गई मुलुकको ब्यापार घाटा बढ्दै गएको वर्तमान अवस्थामा हस्तकला जस्ता स्वदेशी श्रम,सीप र कच्चा पदार्थमा आधारित रोजगारमूलक उद्योग व्यवसायको विकास एवं विस्तारको महत्व अझ दिनप्रतिदिन बढ्दै गएको छ । हस्तकला क्षेत्रमा झण्डै ११ लाख ब्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट रोजगारी प्राप्त गरी रहेका छन् । यो क्षेत्रले गरिवी निवारणमा पनि महत्वपूर्ण योगदान पुयाई रहेको छ । हस्तकलाका वस्तुहरुले देशको कला र संस्कृतिको मात्र प्रतिनिधित्व नगरी अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान र गरिमा पनि वढाएका छन् ।
महिला उद्यमीहरुबाट उत्पादित नेपाली उत्पादन नेपालको पहिचान अनुरुप स्थानीय हस्तकला वस्तुको बजार बिकास र प्रबद्र्धन कार्यको थालनी गर्नु र हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा सानाउद्यमी, व्यवसायीहरुलाई उत्पादक, खरीदकर्ता, बिक्रेता र निर्यातकर्ताहरुसँग एकै थलोमा भेला गराई स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धन गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा समेत हस्तकला बस्तुको निकासी प्रवद्र्धन गर्न सघाउ पु¥याउने उद्देश्यले महिलाउद्यमीहरुबाट उत्पादित हस्तकलाका वस्तुहरुको प्रदर्शनी तथा बिक्री प्रवद्र्धनको लागि “हस्तकलाको प्रर्वद्धन, महिला शसक्तिकरणको सम्बद्र्धन’’को नारा सहित ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघ महिला उद्यमी बिकास समितिको संयुक्त आयोजनामा १११ औं अन्र्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा महानगरपालिकाको प्राङ्गणमा २०७७फागुन २२ देखि २४ गते (तद्अनुसार मार्च ६ देखि ८ सम्म महिला हस्तकला मेला २०७७ आयोजना गर्न लागिएको हो ।
अन्य कार्यक्रमहरु
नेपाल हस्तकला महासंघले “हस्तकला समृद्धिका संभावना”भन्ने उद्घोष (नारा)का साथ वर्ष भरी विभिन्न प्रवद्र्धनमुखी कार्यक्रम गरी हस्तकला वर्ष मनाईरहेको छ । यहीक्रममाप्रदेश नं २ को जनकपुरधाममा नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा यस महासंघद्धारा २०७७ फाल्गुन २ देखि ४ गते सम्मप्रथम चरणमा महिला हस्तकला मेला आयोजना गरिएको थियो र दोस्रो चरणमा ललितपुरमा यो महिला मेला आयोजना गर्न लागिएको हो ।
महिलालाई लक्षित गरिनुको उद्देश्य
जनसंख्याको आधा भन्दा बढी हिस्सा ओगट्ने महिलाहरु व्यापार ब्यवसाय एवं उद्यमशिलताका क्षेत्रमा भने न्यून संख्यामा मात्र संलग्न रहेकाछन् । यस्तो परिस्थितिमा महिलालाई पनि आर्थिक उपार्जनमा अघि बढाउने उद्देश्य मेलाले लिएको छ । मेलाले साधारण महिलाहरुको आत्मविश्वास र मनोवल उच्च तुल्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
मेलाको समुद्घाट्न ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्यालबाट सम्पन्न गरिने कार्यक्रम रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij