२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

साधारण सीपमूलक कामबाट पनि राम्रो प्रतिफल हासिल गर्न सकिँदोरहेछः पन्त

साधारण सीपमूलक कामबाट पनि राम्रो प्रतिफल हासिल गर्न सकिँदोरहेछः पन्त

वेद पन्त, प्रबन्ध निर्देशक, इलाइट वार टेन्डिङ एकेडेमी

वेद पन्त साधारण मानिने व्यवसायबाट आफूलाई सफल प्रमाणित गराउने एक युवा उद्यमी हुन् । सामान्य कामबाट पनि राम्रो सफलता हासिल गर्न सकिन्छ भन्ने कुरा उनको व्यावसायिक यात्राबाट प्रष्ट हुन्छ ।

पन्त हाल उनी वार टेन्डिङ क्षेत्रमा संलग्न रहँदै आएका छन् । अध्ययन सँगसँगै पन्त पनि शुरुका दिनमा अष्ट्रेलिया, अमेरिका, पोल्याण्ड, फ्रान्स लगायतका मुलुकहरुमा जाने कोशिस गरेका थिए । ती कुनै पनि देशमा जानको लागि उनलाई परिस्थितिले साथ दिएन । त्यसपछि नेपालमा नै रहेर केही गर्नुपर्छ भन्ने इच्छा जागृत भयो ।

नेपालमा नै रहेर काम गर्ने इच्छा पलाएसँगै उनी वार टेन्डिङ क्षेत्रमा जोडिएका हुन् । जतिबेला पन्त वार टेन्डिङ क्षेत्रमा प्रवेश गरे, त्यति बेला सम्म वार टेन्डिङ बारे थोरै मानिसहरुलाई मात्र थाहा थियो ।

गाम्रीण क्षेत्रबाट भर्खर काठमाडौं प्रवेश गरेका पन्त शुरुका दिनमा रहरैरहरमा वारमा प्रवेश गरेका हुन् । वारमा जाँदा झिलिमिलि देख्न पाइने, रक्सी र खाना पेटभरी खान पाइने, रमाइलो पनि हुने । साथै पैसा पनि कमाइने ।

त्यसरी शुरु भएको उनको अतीत अतित सोही क्षेत्रमा राम्रो व्यवसायमा परिणत हुन सकेको छ । हाल उनले काठमाडौंको बानेश्वरबाट बार टेन्डिङ एकेडेमी सञ्चालन गर्दै आइरहेका छन् । अहिले त्यही साधारण कामबाट शुरु भएको व्यवसाय राम्रो आर्थिक उपार्जनको माध्यम समेत बन्न सकेको छ ।

धेरै युवाहरु आकर्षक तलब सुविधा र प्रतिष्ठामूलक व्यवसायमा संलग्न हुने चाहनामा रुमल्इिरहँदा पनि राम्रो क्षेत्र भेट्टाउन सकेका हुँदैनन् । यद्यपि काम गर्न र नाम कमाउनको लागि आफूलाई सीप भएको जुनसुकै काम पनि राम्रो माध्यम बन्न सक्दोरहेछ भन्ने पन्तले अहिले महसुस गरेका छन् ।

आफ्नो त्यो विगत, जतिबेला विदेश जाने अवसर नजुटेर नेपालमा नै काम गर्नुपर्ने अवस्था थियो, त्यसलाई पन्त यसरी सम्झन्छन्, –मैले नेपालमा नै रहेर वार टेण्डिङ सम्बन्धी काममा रहँदा सामान्य सीप त हासिल गरिसकेको थिएँ । जसले गर्दा यही कामबाट जीविकोपार्जन गर्छु भन्ने आत्मविश्वास पलाउँदै गयो । जसले गर्दा बाहिर जान पाइन भन्ने चिन्ता पनि हराउँदै गयो । साथै विदेश जानु र काम गरेर पैसा पठाउनु भनेको सजिलो हुँदो रहेनछ भन्ने पनि बुझ्दै गएँ ।

अहिले सम्म आइपुग्दा पन्तमा कामको लागि विदेशिने सोच पूरै हराइसकेको छ । घुमघाम, अध्ययन, तालिम लगायतको लागि ती देशहरुमा जानु र सिकेका कुरा नेपालमा लागु गर्नु राम्रो भएपनि कामको लागि नै विदेश जानु राम्रो हुँदो रहेनछ भन्ने मनस्थितिमा पुगेका छन् पन्त ।

अहिलेको परिस्थिति
पन्तको अनुभवमा नेपालको अर्थतन्त्रमा कोभिड–१९ ले गर्दा ठूलो मन्दी छाएको छ, विश्वमा नै कोभिड–१९ प्रवेश गरेसँगै मन्दीले चौतर्फी गाँजेको छ । यसकोे दूरगामी असर नेपालको अर्थतन्त्रमा पनि पर्ने अवस्था छ । वार टेन्डिङमा पनि यसको असर पर्ने अवस्था छ । यो व्यवसाय पर्यटन तथा होटल एवं रेष्टुरेन्टसँग सम्बन्धित व्यवसाय हो । होटल र पर्यटनमा परेको असर वार टेन्डिङमा पनि परेको छ ।

वार टेण्डिङ सिकेर बाहिर जाने प्रचलन बढ्दो
अहिले नेपालबाट बार टेण्डिङ सिकेर बाहिर जानेहरुको सङ्ख्या ठूलो छ । पन्तले आफ्नो इन्ष्टिच्युटबाट हाल सम्म वार टेन्डिङ सम्बन्धी ४०–५० हजारलाई तालिम दिइसकेको दावी गर्छन् । उनको इन्ष्टिच्युटमा तालिम लिएर बाहिर जानेको सङ्ख्या ठूलो रहेको बताउँदै उनी भन्छन् । ‘मेरोमा तालिम गरेर धेरै युवाहरु विदेश गएका छन् । कोही स्टुडेण्ट भिषामा जान्छन्, कोही वर्किङ भिषामा जान्छन् । यो काम सिकेको मानिसले विदेशमा तुरुन्तै काम पाउन सक्ने अवस्था छ । विदेशमा सीप भएकोले सजिलै काम पाउन सक्छन् ।

पन्तले केही चिनजानको मान्छे विदेश जान इच्छुक देखिएको खण्डमा एजुकेसन कन्सल्टेन्सिमा सम्पर्क समेत गराउँछन् । आफैं एजेन्ट भएर विदेश पठाउने काम भने अहिलेसम्म गरेका छैनन् । पहिला त वार ट्रेडिङमा हामी नेपालकै पहिलो हो ।

पन्तले कसरी सिके वार वेन्डिङ
आजभन्दा पाँच वर्ष अगाडि एकजना इण्डियन सरबाट पन्तले यो कोर्ष सिकेका हुन् । नेपाली बजारमा आफूहरु नै पहिलो भएर आएको पन्त बताउँछन् । आफूले सिप सिक्दाका मध्येको हामी दुई जना मात्र यस क्षेत्रमा लागेका छौं । त्यतिबेला हामीलाई बच्चा घुमाउने, पार्कमा चटक देखाउने भन्थे मान्छेहरुले । त्यति हुँदा पनि हामीलाई भ्याइनभ्याइ हुन्थ्यो । हामी दुई जना मात्रै थियौं । अहिले त प्रतिष्पर्धा बढेको छ । मार्केटमा इन्स्टिच्युट नै १०÷१५ वटा छन् । कलेजहरु नै ५०÷६० वटा भइसके । यसमा ठूला भनेर नाम लिँदा हामी १० वटा जति छौं । व्यवसायिक रुपमा वार ट्रेडिङ सिकाउने यिनै १० वटा छौं ।

मुनाफा
मुनाफाको हिसाबले हेर्दा यो क्षेत्रमा नाफा राम्रो छ । लगानीको झन्डै पचास प्रतिशत जति मुनाफा हुन्छ । सधैं यति नै नाफा हुन्छ भन्ने त हुँदैन कुनै पनि व्यवसायमा । अहिले पन्तले कफि बनाउने सीपलाई पनि दु्रत गतिमा सिकाउँदै आएका छन् । उनले कफि (वरिस्ता) सिकाउन थालेको चाहीँ एक वर्ष जति भयो । कफि सिक्नेहरु धेरै छन् बजारमा । पन्त बाहेक अन्य कफि सिकाउने ठाउँहरु पनि थुप्र्रै रहेका छन् । वार टेन्डिङ सहित सिक्नेलाई चाहीँ पन्तले पनि सिकाउँदै आएका छन् ।

वार टेन्डिङको लागि शैक्षिक योग्यता
सबै किसिमको शैक्षिक योग्यता भएका व्यक्तिले यो सीप हासिल गर्न सक्छन् । यसमा यति नै पढेको हुनुपर्ने भन्ने छैन । एसईई पास भएपछि योग्यता पुग्छ । साथै राम्रो सीप सिकेपछि त जुनसुकै क्षेत्रमा पनि जब पाइहाल्छ । त्यसका लागि त विद्यार्थी आफैले नै शुरुदेखि नै मेहनत गर्नुपर्ने हुन्छ ।

(प्रस्तुती एशोदा बस्नेत)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij