२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेप्से ४० अंकले बढ्दा ५ अर्ब ६९ करोडको कारोबार

नेप्से ४० अंकले बढ्दा ५ अर्ब ६९ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन राताम्मै रहेको शेयर बजारमा दोस्रो दिन भने उछाल देखिएको छ। आज नेप्से परिसूचक ४०.४६ अंकले बढेर २५१५.०३ अंकमा पुगेको छ । यो संख्या आइतबारको तुलनामा १.६४ प्रतिशत बढी हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । इन्डेक्स ६.४६ अंकले बढेर ४५३.७५ अंकमा पुगेको हो ।

सोमबार कारोबारमा आएका सबै समुहको सूचक बढ्यो । आज सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ३.३२ प्रतिशत बढ्यो ।

आइतबारको तुलनामा आज कारोबारमा भने कमी आएको छ । सोमबार २०९ कम्पनीको १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६९ करोड २३ लाखको कारोबार भयो ।

सोमबार सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका शेयर धनीले कमाए । कम्पनीको शेयर मूल्य ९.९० प्रतिशत बढ्यो । सबैभन्दा धेरै गुमाउनेमा सिटिजन म्यूचल फन्डका शेयरधनी छन् । यस कम्पनीको शेयर मूल्य १.८४ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फा स्टेक्चर बैंकले गर्यो । बैंकले ४४ करोड ४८ लाखको कारोबार गर्यो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij