२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३५ औं वार्षिकोत्सव

नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३५ औं वार्षिकोत्सव

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले फागुन १४ गते आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सम्मान आयोजना गरेको हो । नेपाली बैंकिङ इतिहासमा भोलीका दिनमा अझै नेपाल इन्भेष्मेन्ट बैंकले आफूलाई अझै पनि केन्द्र भागमा लादैँ समग्र ग्राहकबर्गहरुको मन छुने खालको नयाँनयाँ कार्यक्रमहरुको पनि व्यापक रुपमा शुरुवात गर्नेनै छ ।

यो अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहक गरी १२ लाखभन्दा अधिक ग्राहकलाई सेवा पुर्याईसकेका छन् । त्यस्तै, १६९ अर्ब रुपैयाँको निक्षेप संकलन तथा १५५ अर्ब रुपैयाँको कर्जाको पोर्टफोलियो कायम गर्दै विपन्न वर्ग तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा बैंकिङ सुविधा उपलब्ध गराइ राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्याउँदै आएको छ ।

बैंकले ५ अर्ब रुपैयाँभन्दा बढीको देशभरी वित्तीय आवश्यता बढी रहेका ३० हजार भन्दा बढी व्यक्तिलाई सिधै लघु कर्जा उपलब्ध गराएको छ । बैंकले डेबिट कार्ड, ईएमआइसहित क्रेडिट कार्ड, लकर, ई कमर्श (ई–कम)-अनलाइन भुक्तानी र एसएमई-खुद्रा कर्जा आदि बैंकिङ सेवाहरूमा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्नेछ । यी खालका सेवाहरुका निम्ति यस बैंकले तल्लीन भएर समेत विभिन्न खालका बैंकिङ कामहरु गर्दै आइरहेको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति एक्येबद्धता प्रकट गर्नका लागि उक्त र्यालीको आयोजना गरेको हो । यसबाहेक, बैंकले स्वास्थ्यकर्मीको लागि उचित ब्याजदर प्रबर्धनात्मक कर्जा योजना पनि सुरुवात गरेको छ । नेपालको बैंकिङ इतिहासमा नेपाल इन्भेष्टमेन्ट बैंकले दिएको योगदान र समग्र मुलुकको विकासमा अतुलनीय छाप राख्न यस बैंक सफल भएको कुरा प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सेतोघर डटकमलाई जानकारी दिएको छ । भोलीका दिनमा अझै ग्राहकबर्गहरुका निम्ति हरेक खालको सेवा सुविधालाई सुस्त र छाडो गर्नका निम्ति समेत यस बैंकले विभिन्न खालको कार्यहरुलाई अघि बढाउँदै आइरहेको छ ।

यस अवसरमा बैंकले आफ्नो तेस्रो चित्रकथा (कमिक) पुस्तक “हाम्रोे सुख–दुःखका साथी, बैंक कति जाती” नामक पुस्तक पनि सार्वजनिक गरेको छ । यो पहल अन्तर्गत चिडियाखानाको भ्रमण र बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता,” शीर्षकका चित्रकथा पुस्तक सार्वजनिक गरिसकिएका छन्, यी चित्रकथा पुस्तकहरु विगतका वार्षिकोत्सवमा वित्तीय साक्षरता अभिवृद्धिका लागि प्रकाशन गरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij