२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

उद्याेगी सौर्य शम्शेर राणाको निधन

उद्याेगी सौर्य शम्शेर राणाको निधन

काठमाडौं। नेपाल-भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सौर्य शम्शेर राणाको आइतबार बिहान निधन भएको छ। उनी मुटु राेगी थिए । चार दिनअघि काठमाडौंको मेडिसिटी हस्पिटलबाट उनकाे मुटुको अप्रेसन गरिएकाे थि राणाको बिहान निधन भएको हो। उनको अन्तिम संस्कार आजै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा गरिँदैछ।

उनी २०५३ सालदेखि सिप्रदी ट्रेडिङमा आबद्ध थिए। उनी उनी नाडा अटोमोबाइल्समा पनि लामो समय संलग्न रहेका थिए।

हाल राणा परिवारमा उनकी  श्रीमती, एक छोरा र एक छोरी छन्।

राणा तारा म्यानेज्मेन्टको प्रेसिडेन्ट समेत थिए। राणाले आदित्य बिर्ला ग्रुपअन्तर्गतको ग्रासिम लिमिटेडमा रही भारत र फिलिपिन्समा काम गरेका थिए। सौर्यले आफ्नो करियर बेलायतको होयर गोभेट् नामक कर्पोरेट कम्पनी र हल्याण्ड, ह्यानेन एण्ड कुबिट्स नामको निर्माण कम्पनीबाट सुरु गरेका थिए।

सौर्यले बेलायतबाटै बिजनेस एड्मिनिस्ट्रेसनमा ग्य्राजुएसन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij