२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाली उत्पादनको विश्वबजारमा माग राम्रो छः युवा व्यवसायी शेर्पा

नेपाली उत्पादनको विश्वबजारमा माग राम्रो छः युवा व्यवसायी शेर्पा

डेण्डी शेर्पा, प्रबन्ध निर्देशक, सिटी एक्सपोर्ट एण्ड इम्पोर्ट प्रा.लि

डेण्डी शेर्पा नेपालमा उत्पादन हुने हस्तकलाजन्य सामानहरु बाह्य बजारमा निर्यात गर्ने कार्यमा संलग्न रहँदै युवा उद्यमी हुन् । हाल उनले मुर्ति, कार्पेट, गलैंचा, हाते कागज लगायतका सामानहरु बाह्य बजारमा निर्यात गर्छन् । नेपाल हस्तकला महासंघ, नेपाल निर्यात परिषद लगायतका व्यावसायिक संस्थाहरुमा आवद्ध रहेका डेण्डी अन्य सामाजिक गतिविधिहरुमा समेत सक्रिय रहँदै आएका छन् । उनी शेर्पा विद्यार्थी मञ्चका पूर्वअध्यक्ष पनि हुन् । हाल उनले हिलारी एण्ड ट्रष्ट, शेर्पा एसोसिएसन लगायतका संघसंस्थासँगको सहकार्यमा कमजोर आर्थिक अवस्थामा विद्यार्थीहरुलाई छात्रवृत्ति एवं अन्य सहयोगहरु उपलब्ध गराउँदै आएका छन् ।
सोलुखुम्बु जिल्लामा जन्मिएका डेण्डी शेर्पा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि थप अध्ययनको लागि काठमाडौं प्रवेश गरेका हुन् । औपचारिक रुपमा स्नातकोत्तर तह सम्मको शिक्षा पूरा गरेका उनले स्नातक तह अध्ययन गर्ने समय देखि नै आफ्नो व्यवसाय शुरु गरेका हुन् ।

व्यावसायिक गतिविधिमा शेर्पाको संलग्नता
निर्यात व्यवसायमा विगत ७-८ बर्ष देखि संलग्न रहँदै आएका डेण्डी नेपालमा उत्पादन हुने हस्तकलाजन्य सामानहरुको निर्यात राम्रो रहेको बताउँछन् । साथै मुलुकको आर्थिक अवस्था माथि उठाउन नेपालको निर्यात व्यापार बढाउनु जरुरी रहेको उनको धारणा छ । नेपालबाट अहिले निर्यात हुने सामान मध्ये करिब ५३ प्रतिशत निर्यातजन्य सामानहरु कृषिजन्य नै रहने गरेका छन् । ४७ प्रतिशत अन्य सामानहरु छन् । विश्वबजारमा पाम वइल, अलैंची, कफी, अदुवा लगायतका सामानहरुको माग पनि उच्च छ । हस्तकलाजन्य सामानहरुको माग पनि बर्षेनी बढ्दो छ ।

नेपालमा १ हजार लागतमा उत्पादन गरिएको ज्याकेट अमेरिका निर्यात गर्न सकेको खण्डमा करिब १० हजारमा बिक्री गर्न सकिन्छ । अमेरिका सरकारको नियम अनुसार कामदारलाई काममा खटाए बापत प्रतिघण्टा १९ डलर पारिश्रमिक दिनुपर्ने हुन्छ । जसले गर्दा अमेरिका लगायत विकसित देशमा उत्पादन लागत उच्च छ ।

नेपाली सामान बिक्री गर्ने माध्यमः
डेण्डीले नेपालका अन्य सामान उत्पादक कम्पनीहरुसँगको सहकार्यमा यी सामानहरु संकलन गर्छन् । आफूसँग उपलब्ध सामानहरु बिक्री गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्ने हुन्छ । सोहीबमोजिम डेण्डीले आफूसँग भएका सामानहरु अनलाइन प्लेटफर्मको माध्यमको अलावा अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने प्रदर्शनी मेलाहरु नै मुख्य बजार प्रवर्द्धनको माध्यम बन्ने गरेका छन् ।

निर्यातमा सम्भावनाः
डेण्डी पछिल्ला दिनहरुमा नेपालमा उत्पादन भएका कपडा समेत निर्यात गर्ने कार्यमा संलग्न रहँदै आएका छन् । नेपालमा उत्पादन हुने सामानहरु थोरै लागतमा उत्पादन गरी उच्च मूल्यमा बिक्री गर्न सकिन्छ भन्ने डेण्डीको अनुभव छ । नेपालमा १ हजार लागतमा उत्पादन गरिएको ज्याकेट अमेरिका निर्यात गर्न सकेको खण्डमा करिब १० हजारमा बिक्री गर्न सकिन्छ । अमेरिका सरकारको नियम अनुसार कामदारलाई काममा खटाए बापत प्रतिघण्टा १९ डलर पारिश्रमिक दिनुपर्ने हुन्छ । जसले गर्दा अमेरिका लगायत विकसित देशमा उत्पादन लागत उच्च छ । नेपालमा भने ठूलो सङ्ख्याका युवाहरुले तुलनात्मक रुपमा थोरै पारिश्रमिकमा काम गर्न तयार छन् । वैदेशिक रोजगारीमा जाने युवाहरुलाई नेपालमा नै काममा लगाउन सकेको खण्डमा नेपालमा नै उत्पादन बढाउन सकिने र यसबाट आयात प्रतिस्थापन एवं निर्यात प्रवर्द्धन गरी मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन सकिने अवस्था रहन्छ ।

राज्यले व्यवसाय प्रवर्द्धनमा निर्वाह गर्नुपर्ने भूमिका
नेपाल सरकारले मुलुकको अवस्था माथि उठाउनको लागि उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनलाई नै विशेष जोड दिनु जरुरी रहन्छ । यसको लागि नेपाल सरकारले सहुलियत दरमा कर्जा, भन्सार छुट, अतिरिक्त करमा छुट, कच्चा पदार्थ संकलन एवं प्रशोधन लगायतमा सहयोग पुर्याउनुपर्छ । यस किसिमका सुविधाहरु उपलब्ध गराएर व्यवसायीहरुलाई प्रोत्साहन गर्ने हो भने अन्य मुलुकबाट उत्पादन हुने सामानहरुसँग प्रतिष्पर्धा गर्न सकिने अवस्था रहन्छ । जसरी भारत र चीन सरकारले व्यवसायीहरुलाई उत्पादन, प्रदर्शनी, बाह्य बजार प्रवर्द्धन लगायतमा सहयोग पुर्याएको छ, त्यसरी नै नेपाल सरकारले पनि सहयोग पुर्याउन सकेको खण्डमा नेपालले उत्पादन गर्ने सामानहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बन्न सक्छन् ।

नेपालबाट निर्यात गरिने सामानहरु अधिकांश सजावट र विलासिताकै सामानहरु हुन् । नेपालबाट दैनिक आवश्यकताका वस्तुहरु बाह्य बजारमा निर्यात कम रहेको कारण अहिले बाह्य बजारमा हुने नेपाली सामानको माग घटेको छ । यस बर्ष कोरोनाले ल्याएको आर्थिक मन्दीले यस्तो अवस्था सृजना भएको हो । यसले गर्दा नेपाली सामानको उत्पादन एवं बजारीकरणमा अहिले प्रत्यक्ष असर परेको छ ।

कोरोनाको व्यवसायमा प्रभाव
नेपालबाट निर्यात गरिने सामानहरु अधिकांश सजावट र विलासिताकै सामानहरु हुन् । नेपालबाट दैनिक आवश्यकताका वस्तुहरु बाह्य बजारमा निर्यात कम रहेको कारण अहिले बाह्य बजारमा हुने नेपाली सामानको माग घटेको छ । यस बर्ष कोरोनाले ल्याएको आर्थिक मन्दीले यस्तो अवस्था सृजना भएको हो । यसले गर्दा नेपाली सामानको उत्पादन एवं बजारीकरणमा अहिले प्रत्यक्ष असर परेको छ । जिडिपी दरमा आएको कमीले पनि यसलाई पुष्टि गर्छ । यसको अलावा कोरोनाको कारण आपुर्ति प्रणालीमा सृजना भएको अवरोध र असरले समयमा सामान उपलब्ध हुन नसक्दा कृषिजन्य लगायतका सामानहरु बाटोमा नै कुहेर नष्ट हुने अवस्था पनि सृजना भयो । अझै पनि उच्च ढुवानी लागतको मारमा निर्यातकर्ता व्यवसायीहरु पर्दै आएका छन् । नेपाल सरकारको वाणिज्य नीतिले पनि व्यवसायीहरुका समस्याहरु सम्बोधन हुन सकेको छैन । राज्यले समग्र मुलुकको अवस्था माथि उठाइ स्वदेशमा नै केही गर्न चाहने व्यक्तिहरुलाई संरक्षण गर्ने जिम्मेवारी समेत नेपाल सरकारले नै लिनुपर्ने हुन्छ ।

अन्त्यमा
नेपालका उद्यमीहरुसँग सहकार्य गर्दै नेपाली उत्पादनलाई बाह्य बजारमा प्रवर्द्धन गर्नको लागि नेपाल सरकारले सम्बन्धित देशका राजदूतावाससँग सहकार्य गी नेपाली उत्पादन बाह्य बजारमा प्रवर्द्धन गर्न सकिने वातावरण मिलाउनु जरुरी छ । यसो हुन सकेको खण्डमा राज्य तथा व्यवसायी दुवैलाई फाइदा पुग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij