
काठमाडाैं । राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान नेपाल केन्द्रीय सञ्जालले आफ्ना गतिविधिहरूलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ ।
केही समय अगाडि प्रदेश १, २ र ३ मा गरेको प्रदेश संयोजकहरूको चयन तथा प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का विभिन्न जिल्लाको भ्रमण र किसान, अभियन्ता र सरोकारवालाहरूलाई जोड्ने क्रममा २०७७ साल फागुन १ गते शनिवारका दिन सङ्खुवासभाको जिल्ला कमिटी निर्माण भएको छ ।
संखुवासभामा जिल्लामा संयोजक कृष्णबहादुर राई (किरण), उप-संयोजकमा:- सल बहादुर गुरुङ्ग, सचिवमा डम्बरबहादुर राई, आर्थिक बिभाग प्रमुखमा गिता गुरुङ्ग रहने गरी जिल्ला कमिटी गठन भएको छ ।
संखुवासभामा भएको यो जिल्ला कमिटी गठन पछि सो जिल्लाका मकालु गाउँपालिका, सिलिचाङ गाउँपालिका र खाँदबारी नगरपालिकाको पनि कमिटी निर्माण भएको छ । मकालु गाउँपालिका कमिटीमा मकालु गाउँपालिका संयोजकमा नगेन्द्र राई सहित ४ सदस्यीय कमिटी गठन गरिएको छ ।
सिलिचोङ्ग गाउँपालिकाको कमिटीमा गाउँपालिका संयाेजकमा मनराम राई, सचिवमा कर्ण राई, आर्थिक विभाग प्रमुखमा रामचन्द्र राई चयन भएका छन् । त्यसैगरी खाँदबारी नगरपालिकाको नगर कमिटीमा नगर संयोजक गोपाल चापागाईं, उप-संयाेजकमा राजकुमार राई, सचिवराजन शेर्पा र आर्थिक विभाग प्रमुखमा मनकुमार बान्तावा रहेका छन् । खाँदबारी नगरपालिकाको वडा नम्बर १ मा वडास्तरीय कमिटी समेत गठन भएको छ । खाँदबारी नगरपालिका वार्ड नं १ मा छत्र बहादुर पाँचकोटीको नेतृत्वमा ६ जनाको ग्रिनयुनिटी समूह समेत गठन गरिएको छ ।

सो कार्यक्रम प्रदेश नम्बर १ का संयोजक जेनिस ढकाल र सचिव विनोद कोइरालाको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन केन्द्र र प्रदेशको समन्वयमा संखुवासभा जिल्ला संयोजक कृष्ण बहादुर राई (किरण)ले गर्नुभएको थियो ।
कार्यक्रमलाइ सफल बनाउन राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र अभियान नेपालका केन्द्रीय संयोजक सुदर्शन बिक्रम कार्कीले शुभकामना सन्देश पठाउनु भई कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रममा संखुवासभा जिल्लाका विभिन्न गाउँपालिकाहरूका किसान, अभियन्ताहरू, समाजका अग्रज, शिक्षाविद्, डाक्टर एवं व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो । सो कार्यक्रम सम्पन्न भएपछि राष्ट्रिय अर्थतन्त्र आत्मनिर्भर अभियान नेपालका केन्द्रीय संयोजक श्री सुदर्शन बिक्रम कार्कीले भिडियो सन्देशमार्फत सफलताको शुभकामना सहित बधाई ज्ञापन व्यक्त गर्नुभएको थियो । स्थानीय जन प्रतिनिधिहरूको पनि उपस्थिति रहेको सो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकको तर्फबाट जानकारी गराइएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij