
रुपन्देही । रुपन्देही जिल्लामा १ जना कर्मचारीले सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ । कार्यालय समय सकिएपछि साँझ ७ बजेको समयमा गहुँबाली अनुसन्धान कार्यक्रमका रोशन बस्नेतले सरकारी गाडी दुरुपयोग गरी रेष्टुरेन्ट जाने गरेका छन् ।
निमित्त कार्यालय प्रमुख हुँ भन्दै बस्नेतले अनुगमनमा गएको र साँझ नास्ता खान गएको बताएपनि उनले ट्याग लगाएर रेष्टुरेन्टमा रक्सी र चुरोट खाएको फोटोमा प्रष्ट देखिन्छ ।
बा १ झ ९०४५ नं को सरकारी नम्बर प्लेटको गाडी अफिसियलको काममा भन्दा बढी घरायसी र साँझको समयमा प्रयोग हुने गरेको स्थानीयहरु बताउँछन् । गहुँबालीका एक जना कर्मचारीका अनुसार पुराना कर्मचारी भएको कारणले बस्नेतले मेरो पहुँच छ भन्दै कर्मचारीहरुलाई थर्काएर काम गराएको पाइएको छ ।
कार्यालयमा सम्पर्क गर्दा रिसेप्सनिष्टले समेत बारम्बार फोन काटेकी थिइन् । म पत्रकार हो केही बुझ्नु छ भन्दा उनले हजुर ए ए भन्दै वास्ता नगरी फोन काटेकी थिइन । रोशनले कर्मचारीलाई यसरी कुरा गर्नु भनेर समेत निर्देशन दिएको एक कर्मचारीले नाम नभन्ने सर्तमा बताए ।
म मन्त्रीको मान्छे हुँ मलाई कसैसँग डर छैन मेरो जताततै पावर छ भन्दै कर्मचारीलाई समेत त्रसित गराएको कर्मचारीहरुको गुनासो छ । रोशनले जनताले तिरेको करको रकमबाट प्रयोग भएको सरकारी गाडी कार्यालय समय भन्दा पछि प्रयोग गरेर भट्टीहरुमा छिर्दा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ अञ्चलपुरका स्थानीयहरुले बारम्बार चेतावनी सम्म दिएको बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij