
काठमाडाैं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा कम्पनीको वित्तीय अवस्थाको बारेमा शेयरधनीहरुलाई जानकारी गराइएको छ ।
कम्पनीले उपलब्ध गराएको जानकारी अनुसार हाल यस कम्पनीले ४ सय ७६ मेगावाट क्षमताका १३ ओटा जलविद्युत आयोजनाहरुमा १० अर्ब ८८ करोड रकम ऋण लगानी गरेको जनाएको छ ।
कम्पनीको स्वपुँजी तर्फ कुल १५ सय ४० मेगावाट क्षमताका ५ ओटा आयोजनाहरु र ४ ओटा सम्बन्धित क्षेत्रका कम्पनीहरुमा ९ अर्ब ४५ करोड लगानी भइसकेको कम्पनीले जनाएको छ ।
कम्पनीको अधिकृत पुँजी ५० अर्ब रहेको छ । त्यसैगरी जारी पुँजी २२ अर्ब र चुक्ता पुँजी १६ अर्ब ५० करोड नजिक रहेको कम्पनीले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
कम्पनीले हाल सम्म ८ अर्ब ३६ करोड रकम आम्दानी गरेको छ । जस मध्ये ५ अर्ब २२ करोड खुद मुनाफा हो ।
यस कम्पनीले हाल सम्म ६ अर्ब २८ करोड बराबरको लाभांश वितरण गरेको छ । यस मध्ये नेपाल सरकार तर्फ २ अर्ब १६ करोड र शेयरधनीहरु तर्फ ४ अर्ब १२ करोड रहेको छ । यस कम्पनीको सम्पत्ति हाल १९ अर्ब २९ करोड रहेको छ ।
कम्पनीले २०७८-७९ सम्म ३३३९ मेगावाट क्षमताका २३ ओटा आयोजनाहरुमा १० अर्ब ७६ करोड स्वपुँजी रकम लगानी गर्ने लक्ष्य राखेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पाेखरेलले जानकारी गराए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij