२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

गैरकानुनी तवरले अकुत सम्पती जोड्ने दिपक मल्होत्रालाई कहिलेसम्म छुट ?

गैरकानुनी तवरले अकुत सम्पती जोड्ने दिपक मल्होत्रालाई कहिलेसम्म छुट ?

३६ वर्षअघि न्यूरोडमा सानो पसलबाट यात्रा सुरु गरेका मल्होत्रा राज्यको उच्च तह सम्म सेटिङ् मिलाई मिलाउन माहिर मानिन्छन् । तस्करी मार्फत अहिले उनले अर्बाैंकाे सम्पत्ति जाेडिसकेका छन् ।  पछिल्लो समय उनले आइएमएस कम्पनी सञ्चालन गर्दै अाएका छन् । आइएमएस (इन्टिग्रेटेड मोबिलिटी सोलुसन प्रालि) का कार्यकारी अध्यक्ष रहेका उनले २००१ देखि दक्षिण कोरियाबाट उत्पादित सामसुङ मोबाईल फोन नेपालमा भित्राइरहेका छन् ।सामसुङ मोबाईल हाल नेपाली बजारमा मोबाईल कम्पनी मध्ये सरकारलाई सबैभन्दा बढी कर बुझाउने कम्पनीको रुपमा सुपरिचित भएतापनी उनले नेपाल भित्राउने अधिकांश सामान गैरकानुनी तवरले भित्रिने गरेको छ ।

अख्तियारका निलम्बीत प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई प्रयोग गरेर आफ्नो तस्करीलाई बढावा दिदैं आएका मल्होत्रा, पछिल्लो समय लोकमानतन्त्रको अवसानसँगै छट्पटिमा परेका थिए ।

आज भन्दा दुईदशक अघि खाली खुट्टा राजधानीमा भैतारिदैं गरेका मल्होत्रा शक्ति केन्द्रलाई हातमा लिँदैं गैरकानुनी कामबाट अहिले एकाएक करोडपती बनेतापनि उनको सम्पत्ती माथी न त अख्तियार बोलेको छ, न त सम्पत्ति शुद्धिकरण विभाग नै ।

उनको सम्पत्ति छानविनका बारेमा अधिकारीहरु चुप रहनुलाई कतिपयले मल्होत्राको शक्तिकेन्द्र सम्मको प्रभाव रहेको बताउँछन् । हाल उनले सेयर बजार, हाउजिङ, जग्गा पलटिङ, अस्पताल लगायका क्षेत्रमा लगानी गरेका छन् ।  मल्होत्राको सम्पती छानविनको विषयमा काम कहाँ पुग्यो भनि सोध्दाँ सम्पति शुद्धिकरण विभागका एक अधिकारीले भने,‘भित्रभित्रै भैइरहेको छ, छानविनलाई प्रभाव पार्ने गरी मल्होत्राले काम गरीरहेका छन्, हामी निडर भएर लागेका छौं ।’

शद्धिकरण विभागका उच्च अधिकारीका अनुसार अनुसन्धान रोक्न मल्होत्राले बार्गिनिङ गरिरहेको बताइएको छ । बार्गिनिङबाट शुद्धिकरण विभागका अधिकारीहरु प्रलोभनमा फसलान् कि नफसलान् ? त्याे भने हेर्न  बाँकी नै छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij