२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

शिक्षा पत्रकार सञ्जाल नेपालको अध्यक्षमा अधिकारी

शिक्षा पत्रकार सञ्जाल नेपालको अध्यक्षमा अधिकारी

काठमाडौँ- शिक्षा पत्रकार सञ्जाल नेपाल(इजोन)मा प्रकृति अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको छ।

शनिबार राजधानीमा सम्पन्न संस्थाको सातौँ अधिवेशनले अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः अन्नपुर्ण पोष्टका सूर्यप्रसाद पाण्डे, द काठमाडौ पोष्टका विनोद घिमिरे, नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र रेडियो कान्तिपुरकी पार्वता चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा घामछाँया डटकमका रुपेश आचार्य, द राइजिङ नेपालकी मञ्जिमा ढकाल, राष्ट्रिय समाचार समितिका विष्णु नेपाल, अभियान दैनिककी दुर्गा लामिछाने, राजधानी दैनिकका प्रशान्त ओली, प्राइम टेलिभिजनका दीपक अर्याल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij