२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

चार्टड एकाउन्टेन्टलाई स्नातकोत्तर शिक्षा सरहको मान्यता दिनुपर्छः महासचिव सुवेदी

चार्टड एकाउन्टेन्टलाई स्नातकोत्तर शिक्षा सरहको मान्यता दिनुपर्छः महासचिव सुवेदी

तेज प्रसाद सुवेदी, महासचिव, नेपाल चार्टड एकाउन्टेड संघ

काठमाडाैं । नेपाल चार्टड एकाउन्टेड संघले चार्टड एकाउन्टेन्सी शिक्षा पूरा गरेका व्यक्तिलाई सिधै स्नातकोत्तर शिक्षा सरहको मान्यता दिनुपर्ने व्यवस्थाको माग गर्दै आएको छ ।

विगतमा चार्टड एकाउन्टेन्सी पूरा गरेका विद्यार्थीहरुलाई स्नातकोत्तर तह शिक्षा सरहको समकक्षता दिँदै आएकोमा हाल त्रिभुवन विश्वविद्यालयबाट यस व्यवस्थालाई बन्द गराइएको छ ।

विश्वविद्यालयले समकक्षता पनि नदिने व्यवस्थाको कारण सिए अध्ययन पूरा गरेका व्यक्तिहरु ठूलो मर्कामा परेको संघको धारणा छ ।

स्नातकोत्तर तहमा अध्यनन गराइने पाठ्यक्रम भन्दा कुनै पनि विषयवस्तुहरु कमी नरहेको चार्टड एकाउन्टेन्सी शिक्षा कुन आधारमा स्नातकोत्तर सरहको शिक्षाको लागि अयोग्य छ भन्नेमा आफूहरु स्पष्ट हुन नसकेको नेपाल चार्टड एकाउनटेन्ट संघका महासचिव सिए तेज प्रसाद सुवेदी प्रश्न गर्छन् ।

बिना कुनै जानकारी मौखिक रुपमा त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रणाली हटाएको जानकारी गराएसँगै समस्यामा रहेका विद्यार्थीहरुको हकहितको लागि संघले आवाज उठाउनुपरेको सुवेदीको धारणा छ ।

चार्टड एकाउन्टेन्ट शिक्षा स्नातकोत्तर तहको वाणिज्य सङ्कायमा समेटिएका कुनै पनि विषयवस्तु भन्दा कम नभएको पुष्टि गर्न संघले यी दुई किसिमका शैक्षिक पाठ्यक्रमको गहन अध्ययन गरी पाठ्यक्रममा समेटिएका विषयवस्तु सहितको प्रतिवेदन समेत विभिन्न सरोकारवाला निकायमा पेश गरी संघले ध्यानाकर्षण गराएको छ ।

उक्त प्रतिवेदनमा २ किसिमका शैक्षिक कार्यक्रमको तुलनाको लागि पाठ्यक्रम, अध्ययन अवधि, कार्यदक्षता, तालिम, शिक्षाको गुणस्तरीयता, उत्तीर्ण हुने मापदण्ड, अन्तर्राष्ट्रिय मान्यता र सामाजिक तथा आर्थिक प्रभावलाई शैक्षिक गुणस्तरीयता मापनको मुख्य आधार बनाइएको छ ।

स्मरण रहोस्, चार्टड एकाउन्टेन्सी शिक्षा लेखा, कर्पोरेट, कानुन, लेखापरीक्षण, वित्त तथा कर विषयका विशेषज्ञ उत्पादन गर्ने पेशागत शिक्षा हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij