२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

महासंघको बाग्मती प्रदेश समिति उपाध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी

महासंघको बाग्मती प्रदेश समिति उपाध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत बाग्मती प्रदेश समितिको आसन्न निर्वाचनमा वस्तुगत तर्फबाट व्यवसायी दुर्गाराज श्रेष्ठले उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

दिलसुन्दर श्रेष्ठ नेतृत्वको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका उनी रुपमा निजी क्षेत्रका सबै किसिमका समस्या, वस्तुस्थिति र नीतिगत समस्याहरुलाई सल्ट्याउन सफल मानिँदै आएकाछन् । सबैलाई उचित सम्मान दिन सक्ने र कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनी व्यावसायिक समूह बीच लोकप्रिय पात्र हुन् ।

निजी क्षेत्रको पक्षमा विभिन्न भूमिकामा रही आवाज उठाउँदै आएका उनी एक हाल नेपाल उद्योग वाणिज्य संघ काठमाडौंमा सहकोषाध्यक्षको भूमिकामा समेत छन् ।

दोलखा स्थायी घर भएका उनले हाल कोटेश्वर स्थित गोधुली इन्टरप्राइजेज नामक फर्म सञ्चालन गर्दै आएका छन् ।

व्यावसायिक यात्राको क्रममा पछिल्ला दिनहरुमा उनी उत्पादनमूलक उद्योगमा समेत आफ्नो पाइला अघी बढाएका छन् । सहकारी, कृषि लगायत विभिन्न क्षेत्रमा समेत आवद्ध रहेका उनी महासंघलाई सही दिशामा अघी बढाउन सक्षम र क्रियाशिल नेतृत्व चयनमा जागरुक रहन मतदाताहरुलाई आग्रह गर्छन् ।

नेपाल वितरक संघका निवर्तमान अध्यक्ष रहेका दुर्गाराज श्रेष्ठ एक जागरुक युवा उद्यमी हुन् ।

व्यावसायिक नेतृत्वमा सफल बन्दै गरेका श्रेष्ठले पोखरा विश्वविद्यालयबाट एमबिए अध्ययन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij