काठमाडौं ।अहिलेका चर्चित गायक प्रबिण बेडवाल तथा गायिका समिक्षा अधिकारीको सुमधुर आवाजमा सजिएको गीत “लाइदेउ माया “करुणा कंडेल को निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यू-टुब च्यानल मार्फत सार्वजनिक गरिएको छ !
यस गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत सम्योजन पुरुशोत्तम न्यौपानेले गर्नुभएको छ !
गीतमा प्रखर अभिनयले खारिएका कलाकार दोय सागर लम्साल ’बले ’ र गरिमा शर्माका साथै गीतकार गणेश उप्रेतीको पनि जोडदार अभिनय रहेको छ ।
यस म्युजिक भिडिओको निर्देसन र सम्पादन शक्ति प्रजोल घिमिरेले गर्नुभएको छ भने कथा तथा कोरियोग्राफरमा प्रबिन थापा हुनुहुन्छ ।
यस म्युजिक भिडियोलाई छायान्कन नमराज घिमिरेले गर्नुभएको छ !
पहिलो पटक सागर लम्साल “बले” र गरिमा शर्मा यस गीत मार्फत प्रेम जोडीको रुपमा देखा पर्नु भएको छ ! निर्माण पक्षले यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास लिएकाे छ ।
यस भन्दा अगाडि पनि गीतकार उप्रेतीको “लगन जुरेर ”गीत सार्वजनिक भाईसकेकाे छ ।