
अभय मोक्तान, प्रवन्ध निर्देशक गौरीशंकर थाङ्का पेन्टिङ्ग एण्ड स्कूल प्रा.लि भक्तपुर
बाल्यअवस्था
अभय मोक्तान सानैदेखि अत्यन्त तिक्ष्ण स्वभाव र नयाँ खालको ज्ञानमा सधै्रं रुची राख्ने एक प्रतिभाशाली व्यक्ति थिए । विकट जिल्ला रामेछापबाट काठमाडौं आई काम आफ्नो जिम्मेवारीको कामलाई सहजै पूरा गर्दै र नयाँ कुरा सिक्दै उनी आजको अवस्थामा आउन सफल भएका हुन् । अहिले उनी नेपाली थाङ्का क्षेत्रमा एक सफल व्यवसायीका रुपमा परिचित छन् ।
वि.सं.२०३७ सालमा रामेछाप जिल्लाको सुनपाती गाउँपालिकामा बुबा बकान्छिङ तामाङ र आमा मोती तामाङको गर्भवाट उनको जन्म भएको हो । परिवारमा मोक्तानका चार दाजुभाई र दुई दिदीबहिनी रहेका छन् । उनी काईंला छोरा हुन् । सामान्य परिवारमा जन्मेका कारण मोक्तानले राम्रो शिक्षा भने हासिल गर्न सकेनन् । उनले पाँच कक्षासम्मको अध्ययन गर्ने अवसर मात्र पाए । आफूले अध्ययन गर्न नपाएकामा उनी पछुतो मान्दैनन् ।

समाजमा रहेका केही मास्टर डिग्रि गरेका व्यक्तिहरुभन्दा आज मोक्तानले आफ्नो समाज र परिवारमा नाम र दामको अलावा विशेष प्रतिष्ठा समेत कमाउन सकेका छन् । आज उनले आफ्नो नामलाई स्वदेश तथा विदेशको कुना काप्चामा पुर्याएका छन् । उनका अनुसार हामीमा आत्मादेखि नै इच्छा शक्ति भएर काम गर्ने हो भने अवश्य पनि नुनदेखी सुनसम्म नेपालमा नै फलाउन सकिँदो रहेछ ।
विकट जिल्ला रामेछापबाट काठमाडौं आई जीवनमा धेरै उकाली ओराली गर्दै समयसँग लड्दै भिड्दै आज आफंैले गौरीशंकर थाङ्का पेन्टिङ्ग एण्ड स्कूल खोली लकडाउन हुनुभन्दा पहिले पचासौं जनालाई रोजीरोटि दिलाउन समेत आफू सफल भएको कुरा मोक्तानले बताए ।
उनी भन्छन्, अझै काम गर्न धेरै बाँकी छ, काम गर्दै सिक्दै जाँदा जीवनमा एक दिन अवश्य पनि माथि पुग्न सकिन्छ ।
व्यावसायिक यात्रा
वि.सं. २०७१ सालमा स्थापना भएको गौरीशंकर थाङ्का पेन्टिङ्ग एण्ड स्कूल प्रा.लि एक विशुद्ध धार्मिक व्यावसायिक काममा संलग्न संस्था हो । यस संस्थाले नाफामा भन्दा पनि सामाजिक उत्तरदायित्व अन्तरगत काम गछ्र्र । सानै उमेरदेखि व्यवसायमा लागेका मोक्तानले जीवनमा धेरै खालको उतारचढावहरु भोग्न परेको थियो । तैपनि आफूले कामलाई निरन्तरता दिँदै जाँदा उनले यो सफलता पाउन सकेका हुन् । पढेर मात्र आफू माथि जान सकिन्छ भन्ने भनाईलाई मोक्तानको सफलता यात्राले चिरिदिएको छ । 
थाङ्काको महत्वः
थाङ्का व्यवसाय अत्यन्त सौखिन र आन्नदपूर्वक काममा लाग्नुपर्ने क्षेत्र समेत हो । थाङ्काको विशेषगरी पौराणिक एक धार्मिक महत्व समेत छ । यसैकारण धेरैजसो मठ, मन्दिर, चैत्य, गुम्बा लगायत भगवानका पवित्र ठाउँहरुमा प्रायजसो थाङ्काको नै प्रयोग हुने गछ्र्र । नेपालमा विगत लामो समयदेखि नै विभिन्न धार्मिक कामहरुमा र विदेशमा समेत थाङ्काको उच्चतम प्रयोग हुने गरेको समेत मोक्तान बताउँछन् । विशेषगरी थाङ्कालाई धार्मिक क्षेत्रका विभिन्न धर्मगुरुहरुले भगवानको रख्खीको रुपमा समेत प्रयोग गर्दै आईरहेका हुनाले आज प्रत्येक हुने खाने नेपालीहरुले आफ्नो घरमा पुजाथानमा थाङ्काको प्रयोग गरेको पाइन्छ ।
गौरीशंकर थाङ्का पेन्टिङ्ग एण्ड स्कूल प्रा.लि
नेपाल सरकारको मातहतमा रहेको सिटिइभिटिबाट मान्यता पाएर मोक्तानले तीन महिने प्रशिक्षण कोर्ष सञ्चालन गर्दै आएका छन् । अहिले सम्म यस स्कुलबाट ६०० भन्दा पनि बढिले थाङ्का सम्बन्धी सीप हासिल गरेका छन् । आज व्यवसायीका अतिरिक्त मोक्तान सामाजिक कार्यमा समेत त्यतिकै रुची राख्दै खेल क्षेत्रमा पनि त्यहि गतिमा संलग्न छन् । सानो हुँदा देखि नै उनमा मेहनतका साथ काम गर्ने बानिले गर्दा आज उनी यस स्थानसम्म आइपुगेको हुनसक्ने र यस कार्यमा आफ्नो पनि साथ रहेको उनकी श्रीमति सम्झना रुम्बा (मोक्तान) बताउँछिन् ।
थाङ्का पेन्टिङको बजारिकरण
गौरीशंकर थाङ्का पेन्टिङ्ग एण्ड स्कूल प्रालिले उत्पादन गर्ने सामानहरुको बजारिकरण विशेषगरी पर्यटकीय नगरीको रुपमा चर्चित ठमेल, बौद्ध, स्वयम्भु, जोरपाटि, भक्तपुर र ललितपुर लगायतका विभिन्न धार्मिक क्षेत्रहरुमा हुने गरेको छ । विदेशमा युरोप, चीन, जर्मन, फ्रान्स, भारत लगायतका राष्ट्रहरुमा समेत यी सामानहरु जाने गर्दछन् । विशेषगरी ७० प्रतिशतभन्दा बढिको नेपाली थाङ्का चीनको साङ्घाई बजारमा पाउने समेत मोक्तानले बताए । यसरी नै अझै पनि नेपाली ब्राण्डको यस थाङ्कालाई विश्व बजारमा चिनाएर नेपालको शीर उच्चो बनाउनेतर्फ आफूहरुको ध्यान केन्द्रीत हुने समेत मोक्तान बताउँछन् ।
गौरीशंकर थाङ्कामा लगानी
गौरीशंकर थाङ्का पेन्टिङ्ग एण्ड स्कूल वि.सं. २०७१ सालमा स्थापना भएको राम्रो ब्राण्ड भएको थाङ्का हो । शुरुका दिनमा यस थाङ्कामा सात लाख पँुजीबाट मोक्तानले काम शुरु गरेका हुन् । यस व्यवसायमा हालसम्म आइपुग्दा चालिस लाख हाराहारीमा पुँजी बनाउन आफूहरु सफल भएको मोक्तान बताउँछन् । लकडाउन हुनु भन्दा पहिले यस थाङ्कामा ५० जनाजति कामदार काम गर्थे अहिले २५ जनालाई मात्र काममा राख्न सकिएको छ ।
थाङ्का व्यवसायमा ठूलो चुनौती छ

पाल्देन तामाङ्ग, व्यवस्थापक, गौरीशंकर थाङ्का पेन्टिङ्ग एण्ड स्कूल
म यस थाङ्का कम्पनीमा आएदेखि नै अत्यन्त इमान्दार भएर काम गर्दै आएको छु । बिहान ८ बजेदेखि नै उक्त व्यवसाय प्रवद्र्धनका निम्ति दत्तचित्त भएर मैले काम गरेको छु । मेराे कामको प्रतिफल समेत राम्रो छ, म अब यो काम भन्दा कहीँ कतै पनि जान्न । अबसरहरु मलाई धेरै आएका छन् तर अन्य कुनै पनि काममा नभई केवल थाङ्का क्षेत्रमा नै म निरन्तर लागिरहन चाहन्छु, तामाङ्ले भने । नेपालमा मात्र होइन, थाङ्काको सम्भावना विश्वभर नै फैलिएको छ ।
अब हामीहरुले भोलीका दिनमा यसको प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय जगतमा पुृर्याएर नेपालको थाङ्कालाई चिनाउनुपर्ने आवश्यकता छ । यसो गरियोे भने नेपालको पहिचान विश्वमा नै फैलिन सक्छ । साथै यसबाट हामी जस्ता पचासौं हजार कामदारहरुको भविष्य उज्ज्वल बन्न सक्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij