चन्द्र थापा, वरिष्ठ उपाध्यक्ष, ग्यास विक्रेता महासंघ नेपाल
काठमाडाैं । कोरोनाको महामारीका कारण मुलुक यतिबेला समस्यामा छ । यसैबीच हामी नेपालीका चाडपर्वहरु नजिकिएका छन् । चाडपर्वको आगमनसँगै कोरोनाको उच्च जोखिमका कारण चाडपर्व मनाउनु भन्दा पनि कोरोनाबाट कसरी जोगिने भन्नेमा नै हामी धेरैकाे चासाे छ । यस्तो अवस्थामा सुरक्षित तवरले जाे जहाँ छाैं त्यहीँ रहेर, सुरक्षित भएर आपसमा जुटेर नभई अलग्गिएर अर्थात् सामाजिक दुरीलाई स्वास्थ्य सुरक्षामा ध्यान दिएर यस वर्षका चाडपर्वहरु मनाउनुपर्ने आवश्यकता देखिन्छ । महामारीको जोखिमबाट सुरक्षित रहनसके आगामी बर्षहरुमा विगत जस्तै रमाइलोसँग चाडपर्वहरु मनाउन सकिन्छ, ग्यास बिक्रेता महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाको भनाइ छ ।
यस बर्ष कोरोना सङ्कटको कारण नेपालका सबैजसो औद्योगिक व्यावसायिक क्षेत्रहरु प्रभावित भएका छन् । संक्रमण दर बढ्दै जाँदा अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने हामी ग्यास विक्रेताहरु उच्च जोखिम छाैं । सुरक्षित तवरले काम गर्ने प्रयास गर्दागर्दै पनि केही ग्यास विक्रेता साथीहरुको PCR रिपोर्ट पोजेटिभ आईसकेको अवस्था छ । उहाँहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । देशैभरिका ग्यास विक्रेता साथीहरूलाई सुरक्षित रहेर ग्यास विक्रिवितरण गरिदिनुहुन महासंघको अनुरोध छ ।
कुनै पनि व्यापार व्यावसायमा ग्राहक भनेका भगवान सरह हुनुहुन्छ । यदि ग्राहक अर्थात् उपभोक्ताले सामान खरिद नगरिदिँदा कुनै पनि व्यवसाय चल्दैन ।
साथै ग्यास डिलरमा आउँदा सामाजिक दूरीलाई ध्यान दिन र माक्स लगाएर आईदिनुहुन तपाईंहरु सबै उपभाेक्ताहरुमा हाम्रो अनुरोध छ ।
ग्यास तथा पेट्रोलियम पदार्थमा परिस्थिति जस्ताेसुकै भएपनि सरकारको आपूर्ति व्यवस्था राम्रो छ । साथै संक्रमणको उच्च जोखिमबीच पनि ग्यास उद्याेगी एवं हामी विक्रेताहरु र यस काराेबारमा संलग्न मजदुरहरु निरन्तर खटिरहेको अवस्था छ । जसका कारण यसपालि पनि चाडपर्वहरुमा ग्यास अभाव हुँदैन । अहिले उपभोक्ताको मागअनुरुप हाम्रा डिलरहरुमा ग्यास आईरहेको छ । साथै अत्यन्तै प्रज्वलनशिल एलपि ग्यासको प्रयोग गर्दा हरेक उपभाेक्ताले सावधानी साथ गर्नकाे लागि हाम्राे अनुराेध छ ।
ग्यास दुर्घटनामा कमी ल्याउन विभिन्न प्रयासहरु भईरहेका छन् । तैपनि बेलावेलामा दुर्घटना भई धनजनको ठूलाे क्षति हुने गरेको छ । ग्यासकाे प्रयाेगमा मिति गुज्रिएका सिलिण्डरहरू प्रयाेग नगर्ने, ग्यास सिलिण्डरमा कहीँकतै लिकेज देखिएमा त्यस्ता सिलिण्डर प्रयाेग नगर्ने र प्रयोगमा सचेतना अपनाउँदै गुणस्तरीय रेगुलेटर, तारैतारले बेरिएको गुणस्तरीय रवर पाईप र गुणस्तरीय चुल्होहरुको प्रयोग गरेर ग्यास दुर्घटनालाइ न्युनीकरण गर्न सकिन्छ ।
साथै कोरोना महामारीबाट उत्पन्न हरेक खाले संकटहरुको न्युनीकरणको लागि यतिबेला नेपाल सरकार, राजनीतिक दल र हामी जनता एक भएर काम गर्नुपर्ने जरूरी छ ।
नजिकिँदै गएका चाडपर्वहरु क्रमशः विजयादशमी, शुभदिपावली, नेपाल संवत एवं छठ पर्व लगायत मनाउँदा काेभिड-१९ बाट सुरक्षित रही खुसीयालीसहित मनाउनुहाेला भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछाैं ।