
युवा उद्यमी विक्रम तामाङ एक सफल उद्यमी हुन् । हाल उनी सिसाजन्य सामानहरु उत्पादन तथा निर्यात कार्यमा संलग्न रहँदै आएका छन् । यसको अलावा उनले सायरा फर्निचर होम पनि सञ्चालन गरेका छन् । हाल उनी आफ्नो गृह जिल्ला लमजुङको राइनस सहकारीका अध्यक्ष समेत हुन् । कडा मेहनतको अलावा स्मार्ट तरिका समेत अपनाउन सकेको कारण आफू सफल बन्न सकेको उनको बुझाई छ । बदलिएको अहिलेको परिवेशमा सफल हुनको लागि कडा मेहनतमा मात्र निर्भर नभई व्यवस्थापन कलामा पोख्त र रचनात्मक बन्नुपर्नेमा उनी जोड दिन्छन् । हाल उनले उत्पादन गरेका कलात्मक सिसाजन्य उत्पादनहरु अमेरिका, क्यानडा लगायतका विकसित देशहरुमा निर्यात हुँदै आएका छन् । आफ्नो उद्योगबाट आवश्यक परे नेपाली बजारकै लागि समेत सिसाका गिलासहरु उत्पादन गर्न सक्छन् तामाङ । तर ठूलो क्षमतामा अर्डर नआउने र थोरै उत्पादन गर्दा लागत महँगो पर्ने भएकोले व्यावसायिक रुपमा नेपाली बजारलाई लक्षित गरेर उनले सामानहरु उत्पादन गरेका छैनन् । आफ्नो उद्योगको क्षमता बढाउने योजनामा रहेका उनी प्रयाप्त कामदार उपलब्ध हुन नसकेको कारण त्यस कार्यमा सफल हुन सकेका छैनन् ।
उनै उद्यमी विक्रम तामाङसँग रहेर उनको व्यावसायिक अनुभव, अहिलेको सफलता र सफलता यात्राका क्रममा व्यहोर्नुपरेका सङ्घर्ष लगायत सम्बन्धमा कुराकानी गरी यो सामाग्री तयार पारेका छौं ।
बाल्यकाल र व्यावसायिक पृष्ठभूमिः
लमजुङको राइनस नगरपालिका–७ मा जन्मिएका तामाङले आफ्नो कर्मक्षेत्र काठमाडौंलाई बनाएका छन् । उनको बाल्यकाल भने भारतमा बितेको थियो । भारतमा रहँदा नै उनले सीसा सम्बन्धी काम सिकेका हुन् । सानै देखि कर्ममा विश्वास गर्ने तामाङ नेपालमा आएपछि आफूले हासिल गरेको सीपलाई नै व्यावसायिक आधार बनाउने दृढ निश्चय गरे । कमजोर आर्थिक अवस्था भएको कृषक परिवारमा वि.सं २०४२ मा जन्मिएका तामाङ आफैंले नै परिवारमा व्यावसायिक जग बसालेका हुन् । आफूले अपनाएको बाटोमा सफल रहेका तामाङको व्यावसायिक शुरुवात भने निकै कठिनाइपूर्ण स्थितिबाट भएको हो । परिवारको कमजोर आर्थिक अवस्था भएकै कारण आफैंले थुप्रै सङ्घर्ष गर्नुप-यो । पारिवारिक आर्थिक पृष्ठभूमि कमजोर भएर के भो र ? आफ्नो मनस्थितिलाई कहिल्यै कमजोर बन्न नदिएकै कारण उनी आफ्नै योजनामा नयाँ व्यावसायिक साम्राज्य बनाउन सफल भएका छन् । जसले गर्दा अहिले तामाङ ग्रामीण परिवेशको लागि मात्र नभइ ठूलो जनसमुदायका लागि प्रेरणाका पात्र र अभिभावक समेत बन्न सकेका छन् ।
वैदेशिक रोजगारको सोच नआएको होइनः
कुनै दिन तामाङ आफूमा पनि रोजगारीको लागि विदेशिने सोच नआएको होइन । कमजोर पारिवारिक स्थितिकै कारण नेपालमा रहेर आफू सफल बन्न सकिएला भन्नेमा उनी पनि विश्वस्त थिएनन् । यस किसिमको भाव मनमा पलाउनु अस्वभाविक पनि थिएन । तर वैदेशिक रोजगारीको उनको सोचमा विविध अवरोधहरु सृजना भए । जसले गर्दा उनको रोजगारीको लागि विदेशिने सपना बीचैमा तुहियो । त्यसबेला आफ्नो सपना पूरा नहुँदा दुखी हुनु पनि स्वभाविकै थियो । तर उनलाई के थाहा, आफ्ना भावी दिन नेपालमा नै सफल उद्यमीको रुपमा परिणत हुनेछन् भन्ने कुरा । तामाङले अहिले बुझेका छन्, नेपालमा नै रहेर आफ्ना सबै चाहना पूरा गर्न सकिँदो रहेछ । अहिले भने उनी नेपालमा हरेक कार्यमा सम्भावना नै सम्भावना मात्र देख्छन् । समस्या र चुनौतीहरु सम्भावना र सफलता भन्दा पछाडिका अस्थायी जालो (पत्र) जस्तै हुन् । तिनलाई पार गर्न सके राम्रो लाभ हासिल गर्न सकिन्छ ।

व्यवसाय प्रवर्द्धनको लागि तामाङको वैदेशिक यात्राः
अहिले तामाङ हरेक बर्ष विभिन्न विदेशी मुलुकहरुको भ्रमणमा गइ नै रहन्छन् । मुख्यतः उनको वैदेशिक यात्रा व्यवसाय प्रवद्र्धनमा नै केन्द्रित रहन्छ । युरोप, अमेरिका, चीन, क्यानडा लगायत थुप्रै देशको भ्रमण गरेका तामाङले ती देशमा जाँदा त्यहाँको विकास मोडललाई समेत नजिकबाट अध्ययन गरेका छन् । नेपालको विकास र उद्यमशिलता प्रवद्र्धन सम्बन्धमा त्यहाँबाट के सिक्न सकिन्छ भन्ने बारेमा तामाङ हरेक देशमा पुग्दा गम्भीर रुपमा सोच्छन् । तर आफू भ्रमणको निम्ति पुगेको देशको विकसित अवस्थाबाट प्रभावित भएर त्यतै जीवन बिताउने सोचाई भने उनको मनमा कहिल्यै आउँदैन । बरु त्यहाँ सिकेको कुरा स्वदेश फर्किइ आफ्नो व्यावसायिक परिमार्जन र अन्य युवाहरुको लागि कसरी प्रेरणादायी बनाउन सकिन्छ भन्ने सोच्छन् । साथै सम्भव रहेसम्म सिकेको कुरा व्यवहारमा उतार्न पनि उनी प्रयाश गरिरहन्छन् ।
शिक्षाबारे तामाङको धारणाः
व्यावहारिक शिक्षा लिन कहिल्यै पनि ढिला नहुने तामाङको बुझाई छ । विद्यालय तहको अध्ययन पश्चात् कमजोर आर्थिक अवस्थाकै कारण उच्च शिक्षा हासिल गर्ने अवसर नपाएका तामाङले आफ्नो ज्ञानको दायरालाई विश्वविद्यालयीय शिक्षाको तुलनामा निकै नै फराकिलो बनाएका छन् । जुन ज्ञान उनको अनुभवमा आधारित छ । बहुआयामिक बन्नको लागि हरेक व्यक्तिमा यस्तै नयाँ–नयाँ ज्ञान आवश्यक पर्ने तामाङको अनुभवले बताउँछ । उनी भन्छन्, ‘नयाँ कामको शुरुवातसँगै नयाँ सिकाइ आवश्यक पर्छ । सिकेर कहिल्यै सकिँदैन । बरु हरेक सिकाइसँगै मानिस थप व्यावहारिक समेत बन्न सकिन्छ । जीवन र जगत प्रतिको दृष्टिकोणको सीमित घेरालाई फराकिलो बनाउन सिकाउने सिकाइ नै हाम्रो जीवनको वास्तविक सिकाइ बन्न सक्छ ।’
औपचारिक शिक्षाको तुलनामा व्यावहारिक शिक्षा बढी महत्वपूर्ण हुन्छ । औपचारिक शिक्षाले पहिले सिकाउँछ, पछि मात्र त्यसलाई आंशिक रुपमा व्यवहारमा उतार्न सकिन्छ । तर व्यावहारिक शिक्षा अलि फरक हुन्छ, यसले पहिले चोट पनि पुर्याउन सक्छ, ठूलो सङ्घर्ष गर्न बाध्य बनाउँछ । साथै यसको दीर्घकालिन लाभ भने निकै महत्वपूर्ण हुने गर्छ । यस्तै अनुभव र वृहत्तर सोचाइले नै तामाङलाई एउटा कमजोर आर्थिक अवस्थाको ग्रामीण परिवेशको एक प्रतिनिधिमूलक पात्रबाट एक सफल र आशालाग्दो युवा उद्यमी बनाएको छ ।
मानिसले कुनै पनि उपलब्धि वा सफलता हासिल गर्नको लागि योजनावद्ध र कर्मशिल भई त्यो प्राप्ति नभएसम्म निरन्तर लागि रहनुपर्छ । एउटा उद्देश्य प्राप्त गरिसकेपछि उ पुनः अर्को पहिलेको भन्दा केही महत्वाकांक्षी उपलब्धि हासिल गर्न लागिपर्छ । यसरी नै हरेकले शुरुमा कठिन मात्र नभई असम्भव नै लाग्ने कामलाई पनि सम्भव बनाउन सक्छ । हरेक नयाँ काममा नयाँ ज्ञानको खोज गर्नुपर्छ ।
अध्ययन क्षेत्र र कार्य अनुभव एउटै क्षेत्रमा हुनुपर्छः तामाङ
हरेक व्यक्तिको सफलताको लागि उसको अध्ययन क्षेत्र र कार्य क्षेत्र एउटै हुनु जरुरी रहन्छ । महानायकको रुपमा चर्चित पात्र राजेश हमालको उदाहरण दिँदै तामाङ भन्छन्, ‘महानायक राजेश हमाल अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर हुनुहुन्छ । उहाँको पहिचानको क्षेत्र भनेको रङ्गमञ्च हो । हुनतः उहाँ एक सफल पात्र नै हुनुहुन्छ । तर उहाँको अध्ययन र कार्य क्षेत्र भने फरक छ । जसरी उहाँले अध्ययनको लागि २० बर्ष खर्चिनुभयो । त्यसरी नै उहाँको रुचिको क्षेत्र रङ्गमञ्चमा अर्को २० बर्ष खर्चिएर मात्र मात्र अहिलेको पहिचान बनाउन सफल हुनुभएको हो ।’
युवाहरुलाई सम्बोधन गर्दै तामाङ थप्छन्, ‘तपाईंहरु यस्तो शिक्षा लिनुस्, जसलाई तपाईंले तत्काल नै उपयोगमा ल्याउन सक्नुहोस् । तबमात्र उक्त शिक्षा तपाईंको लागि सार्थक बन्न सक्छ ।’
सिसा सम्बन्धी काम शुरु गर्ने समयमा बजार अवस्था निकै कमजोर थियो । नेपालमा आवश्यक कच्चा पदार्थ उपलब्ध थिएन । जसले गर्दा कच्चा पदार्थ भारतबाट भित्र्याउनुपथ्र्यो । उत्पादित सामानहरुको बजारीकरण सहज थिएन । नेपालमा स्मार्टफोन र इन्टरनेटको सहज पहुँच नभएको कारण साइबरमा बसेर काम गर्नुपर्ने अवस्था हुन्थ्यो । त्यो शुरुवाती समय साँच्चै नै सङघर्षपूर्ण थियो । अहिले भने धेरै सहज छ । आवश्यक कच्चा पदार्थहरु नेपालमा नै उपलब्ध हुने अवस्था छन् । अहिले सम्झिँदा नै तामाङ लाग्छ कि त्यस समयमा कसरी मैले ती सबै कार्यहरु व्यवस्थित गर्न सकेको रहेछु ।
यसरी हासिल गर्न सकिन्छ सफलताः
मानिसले कुनै पनि उपलब्धि वा सफलता हासिल गर्नको लागि योजनावद्ध र कर्मशिल भई त्यो प्राप्ति नभएसम्म निरन्तर लागि रहनुपर्छ । एउटा उद्देश्य प्राप्त गरिसकेपछि उ पुनः अर्को पहिलेको भन्दा केही महत्वाकांक्षी उपलब्धि हासिल गर्न लागिपर्छ । यसरी नै हरेकले शुरुमा कठिन मात्र नभई असम्भव नै लाग्ने कामलाई पनि सम्भव बनाउन सक्छ । हरेक नयाँ काममा नयाँ ज्ञानको खोज गर्नुपर्छ । यद्यपि एउटा क्षेत्रमा सफल भइसकेपछि पृथक क्षेत्रमा बटुलेका अनुभव र आत्मविश्वासले पनि नयाँ कामलाई तुलनात्मक रुपमा कम समयमा नै लाभ हासिल गर्नमा सफल बनाउन सक्छ । हरेक सफलताको पछाडि यही रहस्य लुकेको हुन्छ । धेरै टाढा सम्म योजनावद्ध रुपमा सोच्न नसक्ने मानवीय मष्तिष्कलाई पनि यही तवरले नै सूदूर यात्राको सफलता दिलाउँछ । जसरी यात्राको क्रममा एउटा क्षितिज पार गरिनसक्दै अर्काे क्षितिज देखिन्छ । त्यसरी नै हाम्रो अन्तिम गञ्तव्य पनि यसरी नै क्रमशः प्राप्त हुन्छ । अन्तिम सफलता कहिल्यै पनि एकैपटकमा प्राप्त गर्न सकिँदैन ।
तामाङका व्यावसायिक शुरुवातका चुनौतीहरुः
नेपालमा आफूले सिसा सम्बन्धी काम शुरु गर्ने समयमा बजार अवस्था निकै कमजोर थियो । नेपालमा आवश्यक कच्चा पदार्थ उपलब्ध थिएन । जसले गर्दा कच्चा पदार्थ भारतबाट भित्र्याउनुपथ्र्यो । उत्पादित सामानहरुको बजारीकरण सहज थिएन । नेपालमा स्मार्टफोन र इन्टरनेटको सहज पहुँच नभएको कारण साइबरमा बसेर काम गर्नुपर्ने अवस्था हुन्थ्यो । त्यो शुरुवाती समय साँच्चै नै सङघर्षपूर्ण थियो । अहिले भने धेरै सहज छ । आवश्यक कच्चा पदार्थहरु नेपालमा नै उपलब्ध हुने अवस्था छन् । अहिले सम्झिँदा नै तामाङ लाग्छ कि त्यस समयमा कसरी मैले ती सबै कार्यहरु व्यवस्थित गर्न सकेको रहेछु ।
जनशक्तिः ठूलो समस्या
सिसाजन्य सामाग्रीहरु उत्पादन गर्ने क्षेत्रमा रहँदै आएको ठूलो समस्या भनेको जनशक्ति नै हो । यस क्षेत्रमा काम गर्ने जनशक्ति पाउनु निकै चुनौतीपूर्ण छ । आफ्नो चाहना हुँदाहुँदै पनि प्रयाप्त कर्मचारीहरु उपलब्ध हुन नसकेको कारण आफ्नो व्यवसाय विस्तार गर्ने कार्यमा आफू सक्षम हुन नसकेकोमा दुखी छन् तामाङ । थप कामदार उपलब्ध भएको भए आफूले थप १८-२० जना व्यक्तिहरुलाई आफ्नो उद्योगमा काममा लगाउन सक्ने गरी उद्योगको क्षमता विस्तार गर्ने योजना आफूमा पनि रहेको तामाङ बताउँछन् ।

सिसा उद्याेगकाे लागि कच्चा पदार्थ
सिसाजन्य कामको लागि प्रमुख कच्चा पदार्थ सिसा नै हो । जुन कच्चा पदार्थको रुपमा आउँदा रडको आकारमा हुन्छ । उक्त सिसालाई आफ्नो आवश्यकता बमोजिम विभिन्न बुट्टा सहितका आकारमा बदल्न सकिन्छ । यी उत्पादनहरुको विश्व बजारमा राम्रो माग छ ।
अक्सिजनको समस्याः
सिसा उद्योगको लागि अर्को महत्वपूर्ण वस्तु अक्सिजन हो । बजारमा अक्सिजन सहज रुपमा उपलब्ध हुन नसकेकै कारण करिब ६ महिना उद्योग नै बन्द गर्नुपर्ने अवस्था पनि सृजना भयो । वि.सं २०६७ भन्दा पछाडि भने अवस्था सुधार हुँदै आयो । अहिले भने सीसा व्यवसायीहरु नै मिलेर हाम्रो अक्सिजन उद्योग समेत सञ्चालन गरेका छन् ।
लामो सङ्घर्षबाट तामाङले के सिके ?
जहाँ समस्या छ, त्यहीँ नै आनन्द लिन सिक्नुपर्दो रहेछ । लामो समयको सङ्घर्षपूर्ण यात्रामा रहिरहँदा तामाङले यही सिकेका छन् । उनी भन्छन्, आफू जुन कुरा प्राप्तिको लागि दृढ निश्चयपूर्वक लागिन्छ, आफ्नो मष्तिष्कले सही ठहर्याएको काममा जस्तोसुकै त्याग गर्न पनि तयार हुनुपर्छ । नेपालीहरु मेहनत र इमान्दार छन् । सफलताका आधारभूत सुत्रहरु यिनै हुन् । यद्यपि माथिल्लो तहको सफलता हासिल गर्ने हो भने आफ्नो कामलाई व्यवस्थित समेत बनाउँदै लैजानुपर्छ ।

तामाङकाे शुरुको लगानीः
विसं २०६३ मा साधारण लगानी (करिब १ लाख ७० हजार)बाट तामाङले सिसा उत्पादन कार्य शुरु गरेका हुन् । त्यसबेला उनले ४ जना कर्मचारी राखेर यो काम अघी बढाएका थिए । शुरुवाती चरणमा विभिन्न किसिमका दुखद परिस्थिति व्यहोर्दै उनले आफ्ना गतिविधिहरु अघी बढाइरहे । उनले तत्कालको लागि मात्र हेरेनन् । दीर्घकालिन योजना सहित निरन्तर लागिरहँदाका डेढ दशक भित्र नै उनले यो सफलता हासिल गर्न सकेका छन् ।
शुरुवाती दिनमै १३ लाख गुमाउनुपर्दाः
२०६३ मा व्यवसाय शुरु गरेका तामाङले सङ्घर्षपूर्ण यात्रा तय गरिरहकै समयमा नेपालबाट अमेरिका सामान निर्यात गर्ने क्रममा आफ्ना व्यावसायिक साझेदारबाट धोखा हुँदा तामाङले करिब १३ लाख गुमाउनुपर्यो । भर्खर व्यवसायमा अघी बढ्दै गर्दा यस घटनाले तामाङलाई पनि दुखी त बनायो तर यसबाट पनि उनी विचलित भएनन् । बरु कसरी उक्त रकम पुनः रिकभर गर्न सकिन्छ भन्ने बारे उनले सोच्न थाले । त्यसरी सोच्दै जाने क्रममा उनी केही बर्षमा नै सफलताको नयाँ उचाई हासिल गर्न सफल भए । तामाङलाई अहिले लाग्छ, मानिसको सफलता पैसामा मात्र पूर्ण निर्भर हुँदैन । यो एउटा पक्ष मात्र हुन सक्ने भएकोले पैसा भन्दा पनि आफ्नो अलग पहिचान स्थापना गर्ने किसिमले काममा लाग्नुपर्नेमा तामाङको जोड छ । |

व्यवसायमा लाग्दाका अन्य उतारचढावहरु
पहिले प्रति सिलिण्डर १ सय ६० रुपियाँ रहेको अक्सिजन ग्यास व्यवसायीहरुले सिण्डिकेट गरेर एकैपटकमा ५ सय पुर्याए । यसरी अति महँगोमा अक्सिजन किनेर व्यवसाय सञ्चालन गर्न सकिने अवस्था थिएन । त्यसकारण सिसा उत्पादकहरु एकजुट भई केही समय व्यवसाय नै बन्द गर्न तयार भए । साथै त्यस घटनाले सिसा व्यवसायीहरु आफैंले अक्सिजन उत्पादन गर्नुपर्छ भन्ने निर्णयमा समेत पुगे । अहिले सिसा व्यवसायीहरुबाट सञ्चालित हाम्रो अक्सिजन उद्योग ककनी क्षेत्रमा सञ्चालित छ । हाल यस उद्योगमा ३० जना सिसा व्यवसायीहरुको संलग्नता छ ।
अन्त्यमाः
सिसा व्यवसायीहरुले चीनबाट कच्चा पदार्थ ल्याएर यहाँ सामान तयार गरी पुनः चीनसँग नै प्रतिष्पर्धा हुने गरी अमेरिका, क्यानडा लगायतका मुलुकहरुमा निर्यात गर्नुपर्छ । सिसा उद्योगको लागि आवश्यक पर्ने अक्सिजन नेपालमा नै उत्पादन हुन्छ । त्यस बाहेक आवश्यक पर्ने रसायन, एलपि ग्यास, कच्चा सिसा लगायत सबै बाह्य मुलुकबाट नै आयात गर्नुपर्छ । यसरी सबै कच्चा पदार्थ बाहिरबाट ल्याउँदा राज्यले आवश्यक सहयोग गर्नुपर्छ । जसबाट उद्योगको लागत घटाउनमा सहयोग पुगोस् ।
साथै उच्च मूल्य वृद्धिलाई रोक्न भारतमा रासन कार्ड व्यवस्था गरिए जसरी नेपालमा पनि कुनै विशेष व्यवस्था गरेर न्यूनतम आर्थिक घेरा भन्दा मुनिका व्यक्तिहरुलाई सहयोग पुर्याउने किसिमका कल्याणकारी सोच राज्यले विकास गर्नुपर्छ । यसबाट मात्र नेपालका उद्योगहरुमा प्रयाप्त कामदार उपलब्ध हुने स्थिति सिर्जना हुन सक्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij