२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पशुपति अन्नपुर्णा आश्रमबाट आयोजित रक्तदान कार्यक्रम सम्पन्न

पशुपति अन्नपुर्णा आश्रमबाट आयोजित रक्तदान कार्यक्रम सम्पन्न

वीरगन्ज/ पशुपति अन्नपुर्णा आश्रमका केन्द्रिय अध्यक्ष केबि सम्राटको सभापतित्व तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा विरगन्ज महानगरपालिका वडा २२ जगन्नाथपुरमा रक्तदान कार्यक्रम सम्मपन्न भएको छ ।
महानगरपालिकाको वडा नम्बर २२ मा सोमबार आश्रमका जिल्ला धार्मिक तथा युवा समितिको आयोजनामा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता कर्माचार्यद्वारा रक्तदानको आवश्यकता र यसको मर्मबारे प्रकाश पार्दै रक्त संकलन थैली हस्तान्तरण गरेका थिए । कार्यक्रममा एक महिला सहित २९ जना रक्तदाताले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रममा सहभागीहरुलाई शतक रक्तदाता कर्माचार्यले प्रमाण–पत्र बितरण गरि बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।
 उक्त रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई बीरगञ्ज महानगरपालिकाका महानगरनगर प्रमुख विजय कुमार सरावगिले फूलमाला पहराउनुका साथै बिशेष अतिथि माता भद्रकालीद्वारा रक्तदाता ब्याच र पशुपति अन्नपूर्णा आश्रमको लोगो अंकित ब्याच पहराई निरन्तर सफलताको कामना गरि बिशेष सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई पशुपति अन्नपूर्णा आश्रम केन्द्रीय कार्य समितिका अध्यक्ष के.बी. सम्राटले भादगाउँले टोपी पहराई सम्मान गरेका थिए । 
कार्यक्रममा अतिथिहरू पतञ्जली योग बिज्ञान आयुर्वेद औषधालय कम्पनीका प्रमुख युवराज सुबेदी, पर्सा रक्त सञ्चार सेवाका प्रमुख उदयराज शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य राज महम्मद अन्सारी, माता भद्रकाली, बीरगञ्ज महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष ग्यासुदिन मियाँइ मन्सुरी र बीरगञ्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी बिशेष अतिथिको रूपमा सहभागी थिए ।
कार्यक्रममा आश्रमका केन्द्रीय अध्यक्ष के बि सम्राट एवं प्रमुख अतिथि कर्माचार्यलाई धार्मिक तथा युवा समितिका पदाधिकारी लगायत सहभागिहरुले फुलको माला अटाई नअटाई लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij