
– पुस्कर बस्नेत
तामाकाेशी आयाेजनाकाे पृष्ठभूमी
दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ६५ किलोमिटरको उत्तरपूर्वम यो आयोजना आवस्थित रहेको छ । आधा करोड नेपाली परिवारलाई लगानीकर्ता बन्ने अवसर राज्यले प्रदान गर्ने हो भने जलविद्युत जस्ता पुँजीसघन आयोजनाहरु पनि समयवद्ध रुपमा पूरा गर्नका निम्ति राज्यले विदेशी लगानीकर्तालाई गहार्न खाँचो पदैन भन्ने कुरा आज तामाकोशीले शिद्ध गरिदिएको छ । ४५६ मेगावाटको यस तामाकोशी जलविद्युत आयोजना प्रदेश नं. ३ अन्तर्गत उत्तरी भेग दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं. १ लामाबगर भन्ने ठाउँमा अवस्थित रहेको छ । नेपाल सरकारको मातहतमा रहेका यस आयोजना जलविद्युत आयोजनामध्ये यो एकमात्र निर्माणाधीन आयोजना हो । जसले फि राष्ट्रिय गौरवको रुपमा घोषणा गरेका अन्य आयोजनाहरु मध्ये यस आयोजना सबैका सामू अग्र पंंक्तिमा रहेको छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युतगृहभित्र टर्वाइनसहित उपकरण जडानको काम सकिएको छ । राजधानीबाट केही टाढा रहेको भएपनि यस आयोजनाले छुट्टै पहिचान बनाएको छ । दोलखाली जनताहरुको जीवनस्तरलाई समेत यस आयोजनाले केही थोरै भएपनि इट्टा थप्ने काम गरेको कुरा स्थानीयबासी तथा अपार तामाकोशी जलविद्युत आयोजना सरोकार समितिका संयोजक दिव्यध्वज कार्की बताउनुहुन्छ । शुरुको फेजमा हामी दोलखालीहरुको इच्छा शक्ति र सम्पूर्ण रााजनीतिक दल, बुद्धिजीवि, पत्रकारहरुको ठूलो पंक्तिको बीचमा आफूले उक्त आयोजनालाई उच्च भागमा ल्याउनका निम्ति ठूलो प्रयास र अथाह माया गरेको बिगत सम्झनुहुन्छ । अझै पनि हामीहरु यस आयोजनालाई कसरी केन्द्रीकृत गर्ने, कसरी दोलखाली जनताहरुको जीवनस्तरलाई उक्त आयोजनाले समेट्न सकिन्छ भन्नेमा आफूहरु लागि परेको कुरा संयोजक कार्की बताउनुहुन्छ । दैनिक पिकिङ प्रकारको यस आयोजनाले सबैभन्दा सुक्खा मौसमभन्दा पनि दैनिक ४ घण्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिन्छ । कुनै पनि देशको आर्थिक विकास गर्नका लागि औद्योगिक विकास गर्न जरुरी हुन्छ र औद्योगिक विकासको लागि सरल र सहज रुपमा विद्युत शक्तिको अति नै आवश्यक रहेको हुन्छ । नेपाल जस्तो भूपरिवेष्टित तथा भौगोलिक विकटता भएको देशमा सरल र सहज रुपमा विद्युत शक्तिको विकास गर्न जलस्रोतको विकल्प देखिँदैन ।
तामाकोशीको उपलब्धि
विद्युत उत्पादन गर्न नदी फर्काएर बालुवा थिग्रयाउने पोखरी हुँदै ८ किलोमिटर सुरुङबाट विद्युतगृहमा पानी खसालिन्छ । यहाँसम्म पुग्न ३७३ मिटरको तल्लो र ३१० मिटरको माथिल्लो २ वटा ठाडा सुरुङ पनि छन् । ६ वटा युनिटसम्म पानी पु¥याउन ठाडो सुरुङसहित छेउको कमजोर टाउँ गरी जम्मा ९ सय मिटर पेनस्टक पाइप जडान गर्नुपर्छ । यो गर्दाखेरी समग्र आयोजनालाई नै राम्रो र बलियो हुन्छ । 

अहिले तामाकोशीको अवस्था
सिभिल कार्य यस लटअन्तरगत बाँध, इन्टेक, डिस्याण्डर, मुख्य सुरुङ, सर्ज ट्याङ्क, पेनस्टक, भूमीगत विद्युतगृह, टेलरेस सुरुङ्गजस्ता सबै प्रमुख सिभिल संरचनाहरुको निर्माणको लागि चिनिया ठेकेदार सिनोहाइड्रो कर्पोरेशनसँग ठेक्का सम्झौता गरिएको छ । यस लटअन्तर्गत बाँध र इन्टेकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यस लटअन्तर्गत बाँध, इन्टेक, डिस्याण्डर आदीमा पाईप आदिको डिजाइन, जडान, परीक्षण र कमिसनिङ गर्न भारतीय कम्पनी टेक्स्म्याक्यो रेल एण्ड इन्जिनियरिङ लिमिटेडसँग खरिद सम्झौता गरिएको छ । यस लटअन्तर्गत बाँधमा गेटहरु जडान गर्ने अन्तिम चरणमा पुगेको छ । तल्लो पेनस्टक स्याफ्टका सबै स्टील पाइपहरु सुनकोशी विद्युतगृह परिसरस्थित अस्थायी भण्डारसम्म ढुवानी भइसकेको छ ।
समृद्धिका आधार बन्यो तामाकोशी
जलविद्युतमा लगानी गर्नु भनेको आर्थिक समृद्धिको पहिलो खुड्किलो हो भन्ने प्रमाण दोलखाली जनताहरुले भोगिनै सके । यदि, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्गम नभएको भए सिंगटी देखिको उत्तरतर्फ अहिलेसम्म मोटरबाटो हुन्थ्यो कि हुन्नथ्यो, त्यो सजिलैसँग भन्न सकिँदैन । बिशाल डरलाग्दा भीरहरु फोरेर लामाबगरसम्म तामाकोशीले नै त्यहाँका जनताहरुका आर्थिक अवस्थालाई समेत केही न केही टेवा पु¥याउने कामको शुरुवात यहीँ आयोजनाले नै गर्यो । दोलखादेखीको कच्चि सड्कलाई आज पक्कि बनाएर दिनभर लाग्ने ती डरलाग्दा बाटाघाटाहरुलाई समेत यस आयोजनाले आज चरिकोटबाट २ घण्टामा सिँगटी सहजैसँग पु¥याउने कामको लागि विशेष प्राथमिकता दिएर आज दोलखाको उत्तरीभेगको विकास निर्माणको एउटा कोशेढुङ्गामा परिणत गर्ने काम यहीँ आयोजनाको अग्रसरतामा अन्य आयोजनाहरुको समेत शुरुवात भएको हो भनेर आज समग्र दोलखालीबासीहरुले सजिलैसँगले बुझ्न सकिन्छ । अहिले व्यापक रुपमा यस क्षेत्रका सडकहरु राजधानीका सड्कहरु भन्दा पनि अत्यन्तै राम्रा र व्यवस्थित रुपले कालोपत्रे र ग्राभेल भइसकेका छन् ।
दोलखाहुँदै सुनखानी र सिँगटी भोर्ले हुँदै कोप्लाङ्गसम्मको सडक पनि तामाकोशी आयोजनाको माध्यमबाट नै अन्य स साना आयोजनाहरुको सहयोगमार्फत पूरै बाटाघाटाहरु व्यवस्थित भएकाछन् । बिडम्बना भनौं वा संयोग । सरकारले एउटा पुल बनाउनका निम्ति समेत लामो समय खर्चिदा समेत पूरा गर्न सकरहेको छैन । तर जलविद्युत आयोजना निर्माण भएपश्चात धेरै ठाउँहरुमा अस्थायी भए पनि पुल हालेर सडक निर्माण गराएका छन् । त्यसका निम्ति अत्यन्त लाभदायक भनेका त्यस क्षेत्रका स्थानीहरु नै हुन् ।
यसतर्फ पनि विद्युत निर्माणकै विविध खालको सहयोग भएर नै आज दोलखामा अन्य धेरै जलविद्युतका क्षेत्रमा लगानीका बाटोहरु व्यापक रुपमा बृद्धि हुँदै गएका कुरा तामाकोशी जलविद्युत आयोजनका स्थानीय बुद्धिजीवि तथा गौरीशंकर गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष रमेश खड्का बताउनुहुन्छ । यसक्षेत्रका सड्क व्यवस्थित भएसँगै सरकारी कर्मचारीसमेत नबस्ने लामाबगर, गौरीशंकर, मार्बूजस्ता अति विकट ठाउँहरुमा विद्यालय, शौचालय र खानेपानीका धारााहरु अत्यन्त व्यवस्थित भएका छन् । स्वास्थ्यकर्मीहरु निरन्तर यस क्षेत्रमा त्रियाशिल रहेकाछन् । टिचर र प्रहरी सेनाको पनि बाक्लो उपस्थिति रहेको छ । किसानहरुका निम्ति समेत यस आयोजनामा भिजिट गर्न आउनेहरुको बाक्लो लर्कोले गर्दा उत्पादन भएका आलु, छुरर्पि, तामाकोशीका माछा, लोकल कुखुराको मासु, चौरीको घ्यू, भटमास, मह, गुन्दु्रक, चिज, राडि, लुकुन् िबनपैदावारका मूल्यावान चीजहरुबाट समेत यसक्षेत्रका दाजुभाई दिदीबहिनीहरुले राम्रो नै आर्थिक आय आम्दानी गरेका छन् । यसबाट समेत सजिलै बुझ्न सकिन्छ, आज तामाकोशी आयोजना निर्माण भएकै कारण धेरै यो क्षेत्रका जनशक्तिहरुले रोजगारको अलावा आफूहरुले उत्पादन गरेका विभिन्न खालका बस्तुहरुलाई समेत सजिलैसँगले भने जतिको मूल्य लिन सफल भएका छन् । यी चिजहरुबाट समेत यस क्षेत्रका जनताहरुको आम्दानीको आधारमा परिवर्तन आएको छ । स्थानीयले ग्रामीण विद्युतीकरण, कृषिमा नयाँ प्रविधि, खानेपानी सीपमूलक तालीम पाएका छन् ।
नेपालमा जलविद्युत विकास करिब साढे दस दशक पहिले ५०० किलोवाटको फर्पिङ्ग जलविद्युत आयोजनाको निर्माणबाट सन् १९११ मा शुरु भएको भएपनि यसको करिबक अढाई दसकपछि सन् १९३६ मा मात्र अर्को ६५० किलोवाट क्षमताको सुन्दरिजल जलविद्युत आयोजना सञ्चालनमा आउन सकेको पाइन्छ । त्यसको दुई दसकपछि २४०० किलोवाट क्षमताको पनौती सन् १९६५ मा सञ्चालनमा ल्याउन सकियो । यसरी साढे पाँच दसकको अवधिमा करिब साढे तीन मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु सञ्चालनमा आउन सकेको देखिन्छ ।
रोजगारी गर्न जिल्ला बाहिर र देशका विभिन्न ठाउँहरुबाट सयौं युवाहरु दोलखामा आएर आफ्नो क्षमतअनुसारको कामहरु गरिरहेका छन् । स साना बजारहरु खुलेका छन् । व्यापार व्यवसाय दिनप्रतिदिन फस्टाउँदो अवस्थामा रहेको छ । स्थानीयबासीहरु जलविद्युतको मालिक बन्ने अवसर सिर्जना भएको छ । विदेशी विशेषज्ञहरुलाई रोजगार दिएर भित्र्याइएको छ । यी खालको आयोजनााहरु नेपालमा अझै धेरै निर्माण हुने हो भने अवश्य पनि विदेशी खाडी मूलुकमा जाने लाखौ लाख नेपाली कामदार युवा जनशक्तिहरुलाई यहाँ नै रोजगार दिन सकिन्छ । तामाकोशी जलविद्युत आयोजनाकै कारण सिमेन्ट, डण्डीका उद्योगले धेरै आम्दानी गर्न सफल भएको छ । यस भेगमा धेरै मात्रमा यी खालका उद्योगहरु निर्माण भएका छन् । पूरै देश सिमन्ट र डन्डीमा आत्मनिर्भर भएका छन् । रोजगारीसँगै देशको राजश्वमा समेत बृद्धि भएको छ । अत्यधिक मात्रामा आयोजनाहरु भएपश्चात केहीले स्थायी रुपमा रोजगार समेत पाएका छन् । एउटा खिम्तिबाट वार्षिक रुपमा करोडौ करोड रुपैयाँ रोयल्टी पाएको जिल्लामा अब अबौं रुपैयाँ रोयल्टी थपिने अवस्थामा रहेको छ उक्त जिल्ला । जुन अत्यन्त राम्रो आम्दानीको रुपमा स्थापित हुनेछ स्थानीय सरकार । यस जिल्लामा तामाकोशी जलविद्युत मत्राले होइन, अन्य धेरै आयोजनाहरुले समेत यस जिल्लामा रोयल्टी बृद्धि भई यस क्षेत्रका जनताको जीवनस्तरलाई समेत माथि उठाउन सकिन्छ । र पूरै जिल्लाभर सबै दोलखालीहरुको जीवनस्तरलाई समेत यस आयोजनाको सहयोगले अन्य आयोजनाहरुले समेत राम्रो सेवा प्रदान गरी जनताको जीवनस्तर उकास्ने र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमीका खेल्नेछ ।

नेपालमा जलविद्युत विकासको क्रम
नेपालमा जलविद्युत विकास करिब साढे दस दशक पहिले ५०० किलोवाटको फर्पिङ्ग जलविद्युत आयोजनाको निर्माणबाट सन् १९११ मा शुरु भएको भएपनि यसको करिबक अढाई दसकपछि सन् १९३६ मा मात्र अर्को ६५० किलोवाट क्षमताको सुन्दरिजल जलविद्युत आयोजना सञ्चालनमा आउन सकेको पाइन्छ ।
त्यसको दुई दसकपछि २४०० किलोवाट क्षमताको पनौती सन् १९६५ मा सञ्चालनमा ल्याउन सकियो । यसरी साढे पाँच दसकको अवधिमा करिब साढे तीन मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु सञ्चालनमा आउन सकेको देखिन्छ । त्यस दशकमा हुनेगरेका लोडसेडिङ्गको मार धेरै ग्राहकहरु र उद्यमीहरुका मनमा ताजै रहेको छ । प्रजातन्त्र स्थापना भएपश्चात बनेको प्रथम जननिर्वाचित सरकारले जलविद्युतको क्षेत्रमा उदार नीति अवलम्बन गरेर निजी लगानीको मार्गप्रशस्त मात्र गरेन कि अभूतपूर्व रुपमा आर्थिक स्रोतको राम्रोसँगले व्यवस्थापन गरेर राष्ट्रको जडित क्षमतालाई १२–१५ वर्षको छोटो अवधिमा नै करिब दोब्बर अनुपातमा जलविद्युत उत्पादन गर्न सफल भयो ।
जलस्रोत र अर्थतन्त्र
हाम्रो देशमा यति धेरै जलशक्ति र जलसम्पदाहरुका धेरै स्रोतहरु रहेका छन् । यसले देशको अर्थतन्त्रमा धेरै ठूलो परिवर्नत ल्याउन सक्छद । यसको राम्रो सदुपयोग गर्न सके रोजगारी सिर्जना हुनका साथै गरिबी निवारणमा पनि उल्लेख्य सहयोग पुग्दछ । फलस्वरुप नेपाल समृद्धशाली बन्दछ । जलस्रोत उपयोगलाई तीन दृष्टिकोणबाट हेर्न सकिन्छ । पहिलो जलस्रोतबाट विद्युत शक्ति उत्पादन गर्ने, दोस्रो सिँचाई गरेर कृषिको उत्पादकत्व बढाउने, तेस्रो खोनेपानीको रुपमा बढिभन्दा अधिकतम उपयोग । जलमा आधारित जीवजन्तुहरुको अध्यधिक मात्रामा विकास गर्न सकिन्छ । त्यसैले जलस्रोतको बहुपक्षीय उपयोग छ । हामीले चाहिँ यीमध्ये कुनै एउटा पक्षलाई पनि सही रुपमा प्रयोग नै गर्न सकेनौं । अर्थतन्त्रमा उल्लेखित चार वटै पक्षले अत्यन्तै ठूलो प्रभाव पार्दछ । त्यसमाथि पनि विद्युत शक्ति भनेको त नगद हो । यसले मुलुकलाई नै प्रत्यक्ष लाभ गर्दछ । विद्युत शक्तिको अभावमा औद्योगिकीकरण, शहरीकरणसहितका कुनै पनि विकास नहुने प्रष्ट छ । जलशक्ति प्रशस्त भएपनि त्यसलाई विद्युतमा परिणत गर्न खर्चिलो हुन्छ । लागत ठूलो हुन्छ । लागत र उपयोग क्षमताको हिसाबले हामीसँग धेरै ठूलो अनुभव छैन । तर त्यसो हुँदैमा जलशक्तिलाई उपयोग गर्ने अन्य विधिहरु नअपनाई त्यसलाई त्यसै खेर फाल्यो भने कहिल्यै पनि हाम्रो अर्थतन्त्र कहिल्यै पनि माथि उठ्न सक्दैन । हाम्रो अर्थराजनीति जलशक्ति र जलसम्पदाको अत्याधिक उपयोग गर्नेतिर केन्द्रित हुनुपर्ने हो, दुर्भाग्यवस त्यो हुन सकिरहेको छैन । जलस्रोतको अध्यधिक रुपमा उपयोग अबका दिनमा गर्न सकियो भने मात्रै नेपालको आर्थिक विकासमा अग्रगामी फड्क्यो मार्न सम्भव हुन्छ । पारम्परिक रुपमा मात्र अर्थ संरचनामा अल्झियो हो भने स्रोत र साधनहरुले विपन्न भएको नेपालले ठूलो आर्थिक फड्क्यो मार्न सम्भव छैन । जलस्रोतले नै मुलुकका सम्पूर्ण आधारहरु निर्माण गर्ने हुनाले जलस्रोत उपयोग र अर्थ राजनीतिको तादम्यता खोज्नु जरुरी भइसकेको छ ।
रोजगारी सिर्जना गर्नमा तामाकोशीको योगदान
जुन बेला देशमा अस्थिर खालको राजनीतिले देश ग्रस्थ थियो । त्यो समयमा तामाकोशीको पहिचान हुँदै थियो । त्यस बेलाको जटिल समयमा समेत स्थानीय राजनेता, बुद्धिजीवि, पत्रकारहरुको ठूलो सहयोग र सदभावकै कारण आज दरिलो उदाहरण बन्न सफल भएको छ, तामाकाशी जलविद्युत आयोजना । यसका अलावा यहाँका धेरै युवाहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगार पाएका छन् । अन्य ठाउँहरुबाट आएर समेत यस आयोजनामा काम गर्नेहरुका संख्या त्यहिँ गतिमा रहेका छन् । यहिँ आयोजनाकै कारण एकपछि अर्को गर्दै समग्र जिल्लामा अन्य धेरै आयोजनाहरु निर्माणधिनमा रहेका छन भने केही आयोजनाहरु पूरै निर्माण पनि भइसकेका छन् । यस अर्थमा पनि रोजगार सिर्जना गर्नमा समेत तामाकोशी आयोजनाको ठूलो योगदान रहेको छ भनेर भन्न सकिन्छ । आज धेरै ज्ञान र सीप भएका युवाहरु इन्जिनियर र प्राविधिक भएका छन भने केही अकाउण्टेन्ट भएर पनि यस आयोजनामा राम्रो काम गर्न सफल भएका छन् । अन्य सामाजिक काममा पनि त्यतिकै ख्याती कमाउन सफल भएका छन् । त्याहाँ कार्यरत राम्रा राम्रा यस आयोजनामा कार्यरत कार्मचारीहरुकै कारण उक्त आयोजनलाई समयमा नै सम्पन्न गर्नका निम्ति महत्वपूर्ण कामले भूमीका निर्वाह गर्दछ । हामी सबै एकजुट भएर तामाकोशी आयोजनालाई माया गर्नु नै सबैको कल्याण हुनेछ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij