
कस्ताे उद्याेग हाे लस्ट होराइजनः
फेल्टजन्य वस्तुहरू उत्पादन गर्दै एकाे उद्याेग हाे लस्ट हाेराइजन । भरतपुर महानगरपालिकाको वडा नम्बर २८ मा पर्ने गोलाघाट (साविकको मेघाैली गाविस) र काठमाडाैंकाे थानकाेटमा कारखाना स्थापना गरेकाे यो उद्योगले ३ सय व्यक्तिहरूलाइ राेजगारी दिँदै आएकाे छ । सानै देखि उद्यमशिल सोचका विशाल कुमालको पारिवारिक व्यवसायको रुपमा लस्ट होराइजन इन्टरनेशनल ह्याण्डिक्राफ्ट सञ्चालन हुँदै आएको छ । यस उद्योगले अहिले हस्तकला क्षेत्र अन्तरगत पर्ने फेल्टजन्य सामाग्रीहरु उत्पादन गरी ती सामानहरू अन्तराष्ट्रिय बजारमा निर्यात गर्दछ । नेपालमा उचित राेजगारीकाे अभावमा विदेश जानुपर्ने ३-४ सय नेपालीहरूकाे बाध्यतालाइ सम्बाेधन गरी नेपालमा नै राेकेर काममा लगाउन केही भूमिका खेल्न सकेकाेमा कम्पनीका सञ्चालक विशाल कुमाल गर्व महसुस गर्छन् । उनकाे पारिवारिक व्यवसायको रुपमा चलेको यस उद्योगमा उद्यमी विशाल कुमाललाई अर्धाङ्गिनी शान्ति बुढाथोकी कुमालको दरिलो साथ छ । हाल यो कम्पनीले काठमाडौंको थानकोट र चितवनको मेघौली गरी २ ठाउँबाट फेल्ट वस्तुहरु उत्पादन गर्छ । छिट्टै अर्को शाखा काठमाडौंकै गुर्जुधारा क्षेत्रमा समेत सञ्चालन गर्ने कुमाल दम्पतीको योजना छ ।
अहिले सम्मको अवस्थामा कम्पनी आउन सक्नुमा कुमाल दम्पतीको आपसी विश्वास, सहकार्य र समन्वय नै मुख्य कारण हो । एकआपसको विश्वासकै दरिलो डोरीले आफूहरुको पारिवारिक सम्बन्धलाई सुदृढ बनाउनुको अलावा आफूहरुबाट सञ्चालित उद्योग नमुना उद्योग बन्न सफल भएको शान्ति बुढाथोकीको धारणा छ ।
यसरी शुरू भएकाे थियाे कम्पनीकाे यात्राः
चितवनबाट काठमाडौं आउँदा कुमाल दम्पती चितवनमा सञ्चालित रेष्टुरेन्ट व्यवसायबाट ९ लाख रुपियाँ ऋणमा थिए । काठमाडौंमा आएपछि पार्टनरशिप विजनेश र शेयर कारोबार गरी पहिलेको ऋण चुक्ता गरेर २४ लाख सङ्कलन गर्न उनीहरु सफल भएसँगै त्यही रकमबाट नै अहिलेको लस्ट होराइजनको जग तयार भएको हो । आफूहरुले उद्योग सञ्चालन गर्दा लोडसेडिङ निकै ठूलो समस्याको रुपमा रहँदै आएको सम्झन्छन् विशाल । दैनिक १८ घण्टा सम्मको लोडसेडिङ । जतिबेला बत्ति आउने पालो छ, त्यसै समयमा उठेर काम शुरु गरिहाल्नुपर्थ्याे । इ–कमर्सको लागि विद्युत र इन्टरनेट निकै महत्वपूर्ण हुने गर्छन् । इन्टरनेटको लागि आफूहरुले वर्ल्ड लिङ्कलाई मासिक ३० हजार रुपियाँ तिर्नुपर्ने बाध्यात्मक अवस्थाको स्मरण गर्छन् कुमाल दम्पती । त्यस समयमा उनीहरुको दैनिकी नै बनेको थियो ठमेलबाट हस्तकला अन्तरगत बिक्री हुने सबै सामानहरुको दिउँसो फोटो खिच्ने र राती आफ्नो वेभसाइटमा अपलोड गर्ने कार्य । काम गर्दै जाने क्रममा फेल्टबाट राम्रो आर्थिक उपार्जन हुन सक्ने देखेर फेल्टलाई नै निरन्तरता दिइएको हो ।
स्वनिर्मित उद्योग सफलताका आधारहरुः
नेपालमा प्रतिष्ठित अधिकांश ठूला उद्योग तथा व्यवसायहरुको जग पारिवारिक व्यावसायिक वातावरण नै हुने गरेको पाइन्छ । तर कुमाल दम्पतीको भने विल्कुल फरक छ । उनीहरु आफैंले सङ्घर्ष गर्दै आफ्नो उद्योगलाई अहिलेको अवस्थामा ल्याउन सफल भएका हुन् । सकारात्मक र योजनावद्ध सोच, निश्चित लक्ष्य, विश्वास र लगनशिलताको परिणाम नै अहिलेको उपलब्धि मान्न सकिन्छ । धेरैलाई लाग्न सक्छ कि बिना लगानी कुनै पनि व्यवसायमा सफलता हासिल गर्न सकिँदैन । त्यो सोच अल्छी मानसिकताको उपज भएको कुमाल परिवारबाट सञ्चालित उद्यमशिलताले प्रष्ट पार्छ । निरन्तर रुपमा कर्मशिल रहिरहँदा कुनै दिन समयले नै आफ्नो सङ्घर्ष बमोजिमको उपलब्धि हासिल हुन सक्ने लस्ट होराइजन कम्पनी र यसको प्रतिष्ठाले प्रष्ट पार्छ ।
आफ्नो गाउँमा अशिक्षा र वेरोजगारी ठूलो समस्याको रुपमा रहेको थियो । चेतनास्तर कमजोर थियो । खाद्यान्नको उत्पादन न्यून थियो । घाँसपात र तरकारीको जोहो गर्नको लागि जङ्गल जानुपर्थ्याे । जङ्गलमा बाघ, गैंडा, गोही, सर्प लगायतका जनावरहरुले त्रसाउँथे । केही स्थानीयहरु यस्तै जनावरहरुको शिकार हुने गर्थे । मुख्य समस्या रोजगारीकै थियो । बाल्यकाल निकै कष्टकर रुपमा नै बित्यो । यत्ति मात्र होइन त्यही बस्ती नजिकै सैनिक क्याम्प समेत रहेको कारण उक्त क्याम्पका सैनिकहरुको लोभलालचमा परी अवैधानिक सम्पर्कबाट बालबच्चा जन्माउने महिलाहरु समेत त्यस क्षेत्रमा निकै धेरै छन् ।
यसरी पलायो उद्यमशिलता प्रतिको सोचः
आफ्नो गाउँमा अशिक्षा र वेरोजगारी ठूलो समस्याको रुपमा रहेको थियो । चेतनास्तर कमजोर थियो । खाद्यान्नको उत्पादन न्यून थियो । घाँसपात र तरकारीको जोहो गर्नको लागि जङ्गल जानुपर्थ्याे । जङ्गलमा बाघ, गैंडा, गोही, सर्प लगायतका जनावरहरुले त्रसाउँथे । केही स्थानीयहरु यस्तै जनावरहरुको शिकार हुने गर्थे । मुख्य समस्या रोजगारीकै थियो । बाल्यकाल निकै कष्टकर रुपमा नै बित्यो । यत्ति मात्र होइन त्यही बस्ती नजिकै सैनिक क्याम्प समेत रहेको कारण उक्त क्याम्पका सैनिकहरुको लोभलालचमा परी अवैधानिक सम्पर्कबाट बालबच्चा जन्माउने महिलाहरु समेत त्यस क्षेत्रमा निकै धेरै छन् । यो समस्या अझै समाधान भइसकेको छैन । वहसको रुपमा नै रहँदै आएको छ ।

त्यो समस्या आफ्नो परिवार र समाजका भावी पुस्ताले व्यहोर्न नपरोस् भन्ने सोच विशाल कुमालको मष्तिष्कमा त्यति बेला नै विकास भएको हो । त्यसैकारण उनले आफूले स्थानीयहरुको आर्थिक स्थिति बलियो बनाउन सहयोग पुग्ने किसिमले कुनै उद्योग आफ्नो जन्मथलो अर्थात चितवनको मेघौली क्षेत्रमा सञ्चालन गर्नुपर्छ भन्ने सोच उनमा पलायो । मानिसहरुका मनमा धेरै विचार उत्पन्न हुने भएपनि अत्यन्तै थोरै विचार कार्यरुपमा बदलिन सक्छन् । उनको यो सोचाई त्यसै विलय भएन । बरु जीवनका विभिन्न भोगाई र कालखण्ड पार गर्ने क्रममा अझ फुल्दै र फक्रँदै गयो ।
त्यो सोच उनको अवचेतन मनको एउटा कुनामा गढिरह्यो । उक्त सोच आफ्नो यथार्थ भोगाई र पीडाबाट सिर्जित थियो । त्यो समस्या विशाल एकजनाको मात्र थिएन । सिङ्गो समुदायकै थियो । त्यही भोगाई र अनुभवले नै निरन्तर रुपमा उनलाई आफ्ना पाइलाहरुलाई उद्यमशिल यात्रामा अघी बढाउन उत्प्रेरित गरिरह्यो ।
एकैपटकमा आफ्नो सोचलाई सार्थक बनाउन सकिने अवस्था थिएन । कुनै उद्योग सञ्चालन गर्नुपर्छ भन्ने लागेपनि कसरी उद्योग स्थापना गर्न सकिन्छ भन्ने पनि थाहा थिएन । आफ्नो लागि कस्तो प्रकृतिको उद्योग उपयुक्त हुन सक्ला भन्ने समेत उनले सोच्न सकेका थिएनन् । केवल थियो त आफ्नो जन्मथलो क्षेत्रका स्थानीय युवाहरुलाई रोजगारी सृजना गर्न आफू औद्योगिक व्यावसायिक क्षेत्रमा नै संलग्न हुनुपर्छ भन्ने चाहना । यही चाहनालाई पूरा गर्ने योजना बमोजिम अघी बढ्न उनले जागिरको बाटो कहिल्यै रोजेनन् । बरु आफूलाई जानकारी नै नभएका क्षेत्रमा पनि पहिले देखि संलग्न रहेका साथीहरुसँग सहकार्य गर्न उनी तयार भए । उनले कक्षा ४ मा पढ्दा देखि नै श्रमको महत्व बुझे । टाइगर टप जङ्गल लजमा आवद्ध भएर काम गर्दा । केवल २ महिना मात्र उनी त्यस लजमा काम गरे । पछि आफैं केही रकम जुटाएर पार्टनरशिप विजनेशको रुपमा एउटा रेष्टुरेन्टमा जोडिए ।

सफलताका आधारहरुः निरन्तरको प्रयाश र व्यवस्थित योजना
धेरैलाई लाग्ने गर्छ कि कुनै व्यक्ति सफल हुनको लागि कडा परिश्रम गर्नुपर्छ । सोही बमोजिम हरेक व्यक्ति कु्नै न कुनै रुपमा परिश्रममा त जोडिएकै हुन्छ । तर त्यसरी निरन्तर परिश्रम गरिरहने व्यक्तिहरु मध्ये केही व्यक्तिको अवस्था मात्र समाजमा औसत व्यक्ति भन्दा माथि उठेको पाउन सकिन्छ । साथै अधिकांश साधारण व्यक्तिहरुले सोच्ने गर्छन् कि पहिले नै आर्थिक रुपमा बलियो अवस्था भएका व्यक्तिहरु नै त्यसरी औसत भन्दा माथि उठ्न सक्छन् होला । औसत भन्दा मुनिको व्यक्तिलाई त्यस्तो सोचाई असम्भव अपेक्षा लाग्नु स्वभाविक बनेको छ । यस्तो सोच राख्ने अधिकांश साधारण व्यक्तिहरुको सोचलाई केही कर्मजीविहरुले गलत सावित गराइदिएका छन् । त्यस्तै कर्मजीवि पात्रहरु मध्येका एक जोडी हुन विशाल कुमाल दम्पती ।
औपचारिकता सीमित बन्दै गएको नेपाली समुदायले पछिल्ला दिनहरुमा परिश्रमलाई विशेष महत्व दिन छोडेको छ । हरेक काममा संलग्न हुनुपूर्व नै सामाजिक प्रतिष्ठा बारे सोचेर कामबाट पछाडि हट्ने प्रचलन नेपालीहरुमा बढ्दो छ । अधिकांश नेपालीहरु जोखिम वहन गर्नबाट पहिले नै डराउँछन् । जसले गर्दा उनीहरुले आफूमा उद्यमी मानसिकता नभई जागिरे मानसिकता विकास गर्दै जान्छन् ।
उनीहरुको जीवनशैली र काम गर्ने तौरतरिका एवं जीवनकथालाई सूक्ष्म रुपले अध्ययन गर्ने हो भने पाउन सकिन्छ कि त्यो सफलता उनीहरुको व्यवस्थित सोचाइ र निश्चित लक्ष्य प्राप्तिको लागि गरिएको योजनाबद्ध लगनशिलताको परिणाम हो ।आफ्नै पुरुषार्थले उनलाई एक सफल उद्यमी बनाएको छ । उनको सफलताको आधार पुर्ख्याैंली व्यवसाय होइन । राजनीतिक साँठगाँठ पनि होइन । राज्यकोषको दोहन गरेर उनले आफ्नो व्यापार बढाएका होइनन् । उनी एक साधारण नेपाली हुन् । उनको जन्म एक निम्न आर्थिक अवस्था भएको परिवारमा भएको हो । जसले गर्दा सानै उमेर देखि नै उनले परिश्रमको महत्व बुझे । कमजोर पारिवारिक अवस्थाको कारण नै उनले राम्रो उच्च शिक्षा हासिल गर्ने सपना पूरा गर्न सकेनन् । औपचारिक रुपमा उनले प्रमाणपत्र तह सम्मको अध्ययन गरेपनि आफू संलग्न उनी तथा फेल्टजन्य वस्तुको उत्पादन एवं बजारीकरणमा भने उनले विशिष्ट ज्ञान हासिल गरेका छन् । आफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गर्नुको पछाडि उनको सङ्घर्षपूर्ण जीवन अनुभव र जोखिम वहन गर्ने आँट महत्वपूर्ण देखिन्छन् ।
पुरुषार्थ गर्नेलाई असम्भव कहीँ हुँदैनः
औपचारिकता सीमित बन्दै गएको नेपाली समुदायले पछिल्ला दिनहरुमा परिश्रमलाई विशेष महत्व दिन छोडेको छ । हरेक काममा संलग्न हुनुपूर्व नै सामाजिक प्रतिष्ठा बारे सोचेर कामबाट पछाडि हट्ने प्रचलन नेपालीहरुमा बढ्दो छ । अधिकांश नेपालीहरु जोखिम वहन गर्नबाट पहिले नै डराउँछन् । जसले गर्दा उनीहरुले आफूमा उद्यमी मानसिकता नभई जागिरे मानसिकता विकास गर्दै जान्छन् । आफ्नो घरपरिवार एवं चिनजानका व्यक्तिहरु भन्दा टाढा पुगेर जस्तोसुकै काम गर्न तयार हुने नेपालीहरुले आफ्नो गाउँठाउँ र देशमा उपलब्ध हुने काममा भने हेय दृष्टि राख्ने गर्छन् । काम प्र्रतिको विभेद रहने नेपाली समुदायमा पनि आफ्नो पारिवारिक आर्थिक अवस्थाले गर्दा सानै उमेर देखि कर्मजीवी बन्ने प्रेरणा पाएका विशाल कुमाल नेपालमा रहेर पुरुषार्थ गर्न चाहनेहरुको लागि हरेक काममा सम्भावना नै सम्भावना रहेको देख्छन् । यद्यपि लामो समय धैर्य रहन नसक्नुले गर्दा त्यो सम्भावनालाई यथार्थमा बदल्न सक्नु भन्दा पहिले नै सम्बन्धित क्षेत्रबाट बाहिरिने प्रचलन नेपालीहरुमा रहेको कुरालाई समेत कुमालले नजिकबाट बुझेका छन् ।
कुमालको व्यावसायिक पाइलाः
आफ्नो जन्मभूमि चितवनको मेघौलीमा विद्यालय तहमा अध्ययनरत रहँदा नै उनी त्यहाँ सञ्चालित एक रेष्टुरेन्टमा व्यवस्थापकीय भूमिकामा जोडिएसँगै उनको व्यावसायिक यात्रा शुरुवात भएको हो । व्यावसायिक मानसिकता सहित उक्त रेष्टुरेन्टमा जोडिएका उनले केही समयमा नै सम्बन्धित क्षेत्रका सबै किसिमका ज्ञान हासिल गरे । पछि उक्त रेष्टुरेन्ट उनी आफैंले सञ्चालन गरे । तर नेपालमा चलेको जनयुद्धले होटल तथा रिसोर्टहरु सञ्चालन कार्य सहज नहुँदा केही नोक्सानी समेत भयो । जसले गर्दा उनी रेष्टुरेन्टबाट बाहिरिन बाध्य भए ।
रेष्टुरेन्टमा जाेडिनुकाे अर्काे कारण पनि छ । त्याे हाे अङ्ग्रेजी भाषाकाे माेह । विशाल पर्यटकहरुसँग नजिक हुन चाहन्थे । तर समस्या बनेकाे थियाे अङ्ग्रेजी भाषा । आफूले ४ कक्षामा मात्र अङ्ग्रेजी बोल्न शुरु गरेकोले भाषाको राम्रो अभ्यास थिएन । अङ्ग्रेजी पनि सिक्न पाइने र राम्रो खान तथा नयाँ परिकार बनाउन सिक्न पाइने इच्छा भएकोले कुमाल रेष्टुरेन्टमा जोडिएका हुन् । जुन उनको रहरको क्षेत्र भएकोले उनलाई त्यसले सफलता दिलायो ।
सोहीकारण सौराहामा नजिकका दाइहरुले चलाएको होटलमा आफूले ३८ हजार रकम लगानी गरेर होटल व्यवसायमा व्यवस्थापकीय भूमिकाबाटै उनी प्रवेश गरे जनयुद्ध सँग होटलबाट बाहिरिँदा करिब ९ लाख रुपियाँ ऋणमा डुब्नुपरेकोले उनलाई आगामी दिनमा थप व्यवस्थित तवरले अघी बढ्नको लागि अन्तरप्रेरणा मिल्नु स्वभाविक हुनगयो । शायद त्यही समस्या नै अहिलेको हाम्रो सफलताको आधार बनेको हो कि ? हल्का खुसी महसुस गर्दै विशाल कुमालले भने ।
लस्ट होराइजनले पुर्याएको सामाजिक योगदानः
विगतमा २ छाक खान सक्ने अवस्थामा नरहेका चितवनका स्थानीयहरुको जनजीवनमा परिवर्तन ल्याउन उक्त उद्योगले निकै नै ठूलो सहयोग पुर्याएको छ । हाल उक्त उद्योगले चिवतनमा डेढ सय र काठमाडौंमा डेढ सय गरी ३ सय व्यक्तिहरुलाई प्रत्यक्ष रोजगारी सृजना गरेको छ । उद्योगमा कार्यरत अधिकांश श्रमिकहरु मजदुर नै छन् । उद्योग सञ्चालनमा आएसँगै स्थानीय जङ्गल जानुपर्ने बाध्यताबाट स्थानीयहरू राेकिनुले पर्यावरण संरक्षणमा पनि ठूलाे सहयोग पुगेको छ ।
फेल्ट उद्योगका समस्याहरुः
‘फेल्ट उद्योगका समस्याहरु विभिन्न किसिमका छन् । एयरपोर्ट क्षेत्रमा भोग्नुपर्ने समस्याहरु, भन्सारमा भोग्नुपर्ने समस्याहरु, कच्चा पदार्थ आयात क्रममा भोग्नुपर्ने समस्याहरु लगायतका विभिन्न समस्याहरु नेपालका फेल्ट उद्योगीहरुले सामना गर्नुपरेको छ । नेपालमा फेल्टजन्य वस्तु उत्पादनको लागि हामीले आवश्यक कच्चा पदार्थ न्युजिल्याण्डबाट भित्र्याउनुपर्ने हुन्छ । त्यसको बदला बरु नेपालमा नै भेँडा पालन गर्ने किसिमले राज्यले उपयुक्त नीतिगत व्यवस्था गर्न सकेको खण्डमा नेपालमा नै आवश्यक कच्चा पदार्थहरु उत्पादन गर्न सकिन्छ । यसको अलावा नेपालमा नै भेँडा पालन गरेको खण्डमा त्यसको मासु नेपालमा उपयोग गरेर त्यसलाई भारत, चीन, अमेरिका लगायतमा निर्यात गर्न सकिन्छ । नेपाल सरकारले नेपालमा नै उपयुक्त जातको भेँडा भित्र्याएर पालन गर्ने हो भने यसबाट नेपालमा ठूलो परिमाणमा रोजगारी सृजना गर्न सकिन्छ । साथै नेपालमा उत्पादन हुने फेल्टजन्य वस्तुको लागत तुलनात्मक रुपमा घटाउन सकिन्छ ।
यस क्षेत्रमा अन्य थुप्रै समस्याहरु छन् । नेपालमा सियो समेत उत्पादन नहुने भएकोले सियो चीनबाट आयात गर्नुपर्ने हुन्छ । उक्त सियोमा हामीले ५५ प्रतिशत सम्म भन्सार तिर्नुपर्छ । यसको अलावा प्याकेजिङ मेटेरियल, लेवल, वारकोड लगायत समेत चीनबाट आयात गर्नुपर्छ । यी सामानहरु चीनबाट आयात गरी पुःन चीनमा नै फर्किने भएकोले र ती सामानको लागि अलग रुपमा कर तिर्दा हाम्रो लागत बढी पर्ने भन्दै हाम्रा व्यावसायिक साझेदार कम्पनीहरुले हामीले उत्पादन गरेका सामान लिन नै अस्वीकार गर्ने अवस्था समेत छ । नेपाल सरकारले बाहिर निर्यात गरिने सामानहरुमा हाम्रो अन्तर्राष्ट्रिय व्यापार सन्तुलनमा आउन सक्ने गरी सोही किसिमले बाह्य मुलुकका नीतिनियम बारे अध्ययन गरी सोही अनुकुल व्यवस्था गर्नु जरुरी छ । तर त्यसो नभई अन्य कुराको अध्ययन नै नगरी आफ्नै किसिमले मात्र नियम बनाउँदा हाम्रो व्यापारमा वृद्धि गर्न सकिँदैन । अहिले हामी उद्योगीहरुलाई सबैतिर अवरोध मात्रै हुँदै आएको छ । यस्तो अवस्थामा कसरी फस्टाउन सक्छ हाम्रो अन्तर्राष्ट्रिय व्यापार ?
यस सम्बन्धमा हामीले नेपाल सरकारका सम्बन्धित निकायका मन्त्रीहरुलाई पनि पटक–पटक जानकारी गराउँदै आएका छौं । उहाँहरुले हाम्रा समस्या समाधानमा सकारात्मक भई नीतिगत व्यवस्था सहित टुङ्ग्याउन नपाउँदै अर्को मन्त्री परिवर्तन भइसक्ने अवस्था छ । जसले गर्दा हाम्रा समस्याहरु समाधान हुन सकेका छैनन् ।’ कम्पनीका सञ्चालक विशाल कुमालले फेल्ट लगायत निर्यातमूलक उद्योगले भोग्नुपरेका समस्याहरु बारे आफ्नो धारणा राखे ।
फेल्टको लागि कच्चा पदार्थ र यसका उत्पादनहरु
फेल्ट उद्योग सञ्चालनको लागि आवश्यक पर्ने मुख्य वस्तुहरु उन, साबुनपानी, सियो र लेवलिङ तथा प्याकेजिङ मेटेरियलहरु नै हुन् । क्रेताको मागबमोजिमका सबैजसो डिजाइनमा विभिन्न किसिमका आइटमहरु बनाउन सकिने फेल्ट उद्योगमा सृजनशिलता निकै नै महत्वपूर्ण रहन्छ । यद्यपि यस क्षेत्रमा राम्रो सीप भएको र उच्च शैक्षिक ज्ञान हासिल गरेका जनशक्ति भन्दा पनि सीप नभएका तथा गृहिणीहरुले सजिलै यस क्षेत्रमा जोडिएर काम गर्न सक्छन् । पछिल्ला दिनहरुमा फेल्ट अन्तरगत पर्स, बेल्ट, पेट हाउस, क्रिङ आइटम, कुसन लगायत सामानहरु बढी प्रचलनमा छन् ।
फेल्ट उद्योगका समस्याहरु विभिन्न किसिमका छन् । एयरपोर्ट क्षेत्रमा भोग्नुपर्ने समस्याहरु, भन्सारमा भोग्नुपर्ने समस्याहरु, कच्चा पदार्थ आयात क्रममा भोग्नुपर्ने समस्याहरु लगायतका विभिन्न समस्याहरु नेपालका फेल्ट उद्योगीहरुले सामना गर्नुपरेको छ । नेपालमा फेल्टजन्य वस्तु उत्पादनको लागि हामीले आवश्यक कच्चा पदार्थ न्युजिल्याण्डबाट भित्र्याउनुपर्ने हुन्छ । त्यसको बदला बरु नेपालमा नै भेँडा पालन गर्ने किसिमले राज्यले उपयुक्त नीतिगत व्यवस्था गर्न सकेको खण्डमा नेपालमा नै आवश्यक कच्चा पदार्थहरु उत्पादन गर्न सकिन्छ । यसको अलावा नेपालमा नै भेँडा पालन गरेको खण्डमा त्यसको मासु नेपालमा उपयोग गरेर त्यसलाई भारत, चीन, अमेरिका लगायतमा निर्यात गर्न सकिन्छ । नेपाल सरकारले नेपालमा नै उपयुक्त जातको भेँडा भित्र्याएर पालन गर्ने हो भने यसबाट नेपालमा ठूलो परिमाणमा रोजगारी सृजना गर्न सकिन्छ ।
अनपढ महिलाहरु पनि सजिलै काममा जोडिन सक्नुहुन्छः शान्ति बुढाथोकी
विशाल कुमालकी अर्धाङ्गिनी तथा कम्पनीकी कार्यकारी निर्देशक शान्ति बुढाथोकी कुमाल नेपालमा कुनै शैक्षिक योग्यता नभएका र श्रीमानको आयमा मात्र निर्भर रहेका गृहिणी महिलाहरुको लागि रोजगारीको भरपर्दो माध्यम फेल्ट उद्योग बनेको बताउँछिन् । बिना लगानी केही दिन कम्पनीमा आएर सम्बन्धित काम बारे निःशुल्क सीप हासिल गरेर सिधै काममा जोडिन सकिने यस उद्योगले नेपालमा महिलाहरुको लागि रोजगारी सृजनामा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको धारणा छ । चुलोचौकोमा सीमित रहँदै आएका महिला दिदीबहिनीहरुले अहिले घरको काम सिध्याएर आफ्नो समयको अनुकुलता मिलाएर फेल्ट उद्योगमा काम गर्न सक्छन् । यो काम श्रममा आधारित काम हो । जसले गर्दा यस फेल्ट अन्तरगत काम गर्न शुरुमा केही कठिनाई भने अवश्य हुन्छ ।
काम सानोठूलो हुँदैनः
बजारमा फेल्ट उद्योगमा कुनै पनि किसिमको सीप आवश्यक पर्दैन । यस उद्योगमा उभिएर काम गर्नुपर्छ । फेल्टको काम राम्रो प्रतिष्ठाको काम होइन । सोहीकारण यस उद्योगमा काम गर्न राम्रो क्षमता भएका व्यक्तिहरु संलग्न हुनुहुँदैन भन्ने किसिमको दुष्प्रचार बाहिर फिँजाइएको छ । जुन गलत छ । हामीले बुझ्नुपर्छ कि कुनै पनि काम आफैंमा सानोठूलो हुँदैन । नेपाललाई समृद्धिको बाटोमा माथि उठाउनको निम्ति कामलाई सम्मान गर्ने प्रवृत्ति हामी नेपालीहरुमा विकास हुनु जरुरी छ ।
पारिवारिक अवस्थाः
परिवारको स्वामित्वमा चितवनको मेघौलीमा ५ बिघा जग्गा थियो । तैपनि त्यसको समुचित उपयोग हुन नसक्दा निकै गाह्रोसँग दिनचर्या चलाउनुपर्थ्याे । निकुञ्ज क्षेत्रमा टाइगर टप जङ्गल लज सञ्चालनमा थियो । त्यहाँ २ महिना काम गरेर प्राप्त ६ सय रुपियाँ ल्याएर ४ कक्षामा भर्ना हुनुभएका विशालको यस अवस्थाले पारिवारिक पृष्ठभूमिलाई सहजै प्रष्ट्याउँछ ।
श्रीमान श्रीमतीको सहकार्यको परिणामः
लस्ट होराइजन इन्टरनेशनल ह्याण्डिक्राफ्ट सन् २००२ मा स्थापना भएको हो । शुरुमा अन्य २ जना व्यक्तिहरुले सञ्चालन गर्नुभएको यस उद्योगमा विशाल सन् २००४ मा जोडिनुभएको हो । सन् २००८ देखि भने उहाँ आफैंले यस उद्योगमा सिङ्गल लगानीमा जिम्मेवारी लिनुभयो । त्यससँगै उहाँले यस कम्पनीको विस्तार चितवनमा पनि गर्नुभयो । कम्पनीको स्वामित्व आफूले एकलौटी बनाएसँगै ४४ आना जग्गा लिएर कम्पनीलाई थानकोट क्षेत्रमा कम्पनीलाई स्थानान्तरण गरियो । जग्गा लिन हालका चन्द्रागिरी नगरपालिकाका हालका मेयर घनश्याम गिरीको उहाँहरुलाई ठूलो सहयोग प्राप्त भयो ।
शहर भित्रकाे ग्रामीण भेगमा सञ्चालित उद्याेगः
शुरुमा कम्पनी सञ्चालनको लागि आफुसँग प्रयाप्त रकम अभाव भएको कारण जङ्गल क्षेत्र तिर जग्गा सस्तोमा उपलब्ध हुन सक्ने भएकोले अलि बाहिरको जग्गा खोज्ने क्रममा थानकोट क्षेत्रमा पुग्नुभएको हो विशाल दम्पत्ति । अहिले भने फ्याक्ट्री रहेको ठाऊँ शहरी क्षेत्र भन्दा अलि टाढा भएको, विद्युत सडक लगायतका समस्याको समेत सहज नभएको कारण केही समस्या सामना गर्नुपरेको अवस्था छ । वस्ती भन्दा टाढा रहेको आफ्नो उद्योगमा इन्टरनेट जडान गर्न पनि कुमाल दम्पतीले ठूलो मूल्य चुकाउनुपर्यो । आफ्नो उद्योगको लागि थ्रि फेज लाइनको बिजुली आवश्यक पर्ने भएपनि अहिले सम्म उहाँहरुले थ्रि फेज लाइनको विद्युत प्राप्त गर्न सक्नुभएको छैन । यस सम्बन्धमा नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुसँग कुरा गर्दा उनीहरुले आफूसँग थ्रिफेज लाइन उपलब्ध नभएको भनेर टार्दै आएका छन् ।
आगामी योजनाः
नेपालमा राम्रो व्यावसायिक वातावरण बनेको खण्डमा चितवनको मेघौलीमा एउटा रिसोर्ट सञ्चालन गर्ने योजनामा छन् कुमाल दम्पती । कोरोना सङ्कट सामान्य अवस्थामा आइसकेपछि तत्काल नै गुर्जुधारामा एउटा १ सय जनाको क्षमतामा रोजगारी सृजना हुने फ्याक्ट्री स्थापना गर्ने योजनामा आफूहरु रहेको शान्ति बुढाथोकीले बताइन् । साथै भावी याेजना अन्तरगत माइती नेपाल, रक्षा नेपाल लगायतका महिला संरक्षण गृहमा रहेका महिलाहरूलाइ पनि यस उद्याेगमा राेजगारी सृजना गर्ने याेजनामा कम्पनी छ । जसबाट महिला हिंसा तथा बेचविखन लगायतका घटनामा कमी आउने कुमाल दम्पतीकाे विश्वास छ ।
कुमाल दम्पतीका सामाजिक गतिविधिः
सामाजिक गतिविधिमा समेत यस दम्पतीको निकै महत्वपूर्ण योगदान छ । वि.सं २०७४ मा कुमाल आफूले अध्ययन गरेको विद्यालयको स्वर्ण महोत्सव परेको थियो । उक्त कार्यक्रममा शुरुमा पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको भएपनि कार्यक्रमकै अघिल्लो दिन आफू उपस्थित हुन नसक्ने जानकारी गराए । त्यसपछि उनै स्थानीय उद्योगपति विशाल कुमाललाई विद्यालयबाट प्रमुख अतिथिको लागि उपस्थित भइदिन आग्रह गरियो । साथै विद्यालयको भौतिक संरचना निर्माणको लागि कुमाल दम्पतिले १२ लाख रुपियाँ सहयोग गरे । त्यसै गरी छिमेकी विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई ८ ओटा साइकल उपलब्ध गराए । यसैगरी कुमाल समाजका काठमाडौं अध्यक्ष समेत रहेका विशाल कुमालले उक्त संस्थाको लागि पनि विभिन्न सहयोग गर्दै आएका छन् । यसको अलावा अन्य थुप्रै मन्दिर निर्माण, सडक लगायतमा पनि उनले सहयोग उपलब्ध गराउँदै आएका छन् । हाल विशाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघमा सचिवको भूमिकामा समेत छन् ।
सफलता के हो ? यसो भन्छन् कुमाल दम्पती
आफू जस्तोसुकै विषम परिस्थितिमा पनि हरेस नखाई आफ्नो अन्तरआत्माले जे कुरा उपयुक्त मान्छ, त्यही हिसाबले काम गर्दै जाँदा ढिलोछिटो सफलता प्राप्त हुन्छ । जीवन भोगाईको क्रममा केही आरोहअवरोहहरु पनि आउन सक्छन् । तर त्यस किसिमका समस्याहरुबाट विचलित हुनु हुँदैन । सङ्घर्ष, विश्वास र लगनशिलता नै सफलताका मुख्य आधारहरु हुन् । खासगरी कर्ममै विश्वास गर्दै निरन्तर अघी बढेकै कारण नै हामीहरु अहिलेको अवस्थामा आउन सकेका हौं ।
महिलालाई उद्यमशिल गतिविधिमा लाग्न शान्तिको सल्लाहः
‘महिलाहरु सामान्यतः घरभित्रको काममा नै सीमित रहनुपर्छ भन्ने मान्यता नेपाली समाजमा छ । यद्यपि म आफू भने श्रीमानको निरन्तरको सहयोग र हरेक कार्यमा सँगसँगै अघी बढ्ने प्रतिवद्धताकै परिणामस्वरुप अहिलेको अवस्थामा आउन सकेकी हुँ । त्यही नै हाम्रो प्रतिष्ठाको कारण हो । हामीले सञ्चालन गरेको उद्योगले पनि महिला शशक्तिकरणको लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेको छ । यतिले मात्र हुँदैन, जो सँग जे सीप छ, त्यही सीपलाई उपयोग गरेर महिला दिदीबहिनीहरु सफल बन्न सक्नुहुन्छ । तपाईं हरेक महिलाहरु आफैं स्वावलम्बी बन्ने प्रयाश गर्नुस् । जसबाट परिवार पनि सुदृढ हुन सक्छ । साथै तपाईंहरुको आफ्नो अलग पहिचान स्थापना हुन सक्छ । महिला अधिकारको कुरा गरेर मात्र पुग्दैन । अब यस दिशामा आफैं पनि चेतनशिल र जागरुक भइ लाग्नुपर्छ’ महिला उद्यमी शान्ति बुढाथोकीले बताइन् ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij