काठमाडाैं । यतिबेला विश्वभरनै काेराेनाले मानिसहरुकाे जनजीवन नराम्ररी प्रभावित भएकाे छ । मानिसहरु छाक जुटाउनै नसकिने अवस्थामा छन् ।
यसरी विपतमा परेका व्यक्तिहरुलाइ सहयाेग पुर्याउने उद्देश्यले केही संस्थाहरुले भने डेडिकेटेड रुपमा नै त्यस किसिमकाे प्रबन्ध मिलाउने कार्यमा सहयाेग पुर्याइरहेका छन् ।
यसरी सेवामा समर्पित संस्थाहरुलाइ विभिन्न औद्याेगिक व्यवसायिक संघसंस्थाहरुले पनि सहयाेग पुर्याउँदै आएका छन् । यस किसिमकाे मानवीय कार्यमा स्वतःस्फूर्त रुपमा सेवा पुर्याउन चासाे राख्ने व्यक्ति एवं संघसंस्थाहरुकाे संलग्नता बढ्दाे छ ।
यस्ताे परिस्थितिमा निकै अप्ठ्याराेमा परेका व्यक्तिहरुलाइ सहयाेग पुर्याउने उद्देश्यले कुनै विशेष दिनलाए अझ विशेष बनाउनुपर्छ भन्ने मान्यताले ग्रिल व्यवसायी माेहन कटुवालले नयाँ तरिका अपनाएका छन् । उनले भदाै २३ गते आफ्नाे जन्मदिवस मनाउन अप्ठ्याराेमा परेका व्यक्तिहरुलाइ खाना वितरण कार्यमा संलग्न रही सहयाेग पुर्याएका थिए ।
उनले नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको कारण बेरोजगार भै भोकभोकै बस्न बध्य भएका मानिसहरुलाइ निशुल्क खाना खुवाउँदै आइरहेको जय महाँकाल युवा समूह मार्फत आज १ सय जनालाइ २ छाक साझ निशुल्क भोजन खुवाएका हुन् ।
उनले आगामी दिनमा पनि आफुले सक्ने सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् ।
कटुवालले जन्म दिनको अवसरमा आफ्नाे पुर्खौली थलाे संखुवासभा स्थित प्रहरी कार्यालाय, अस्पताल र नेपाली सेनाको कार्यालयलाइ पनि निःशुल्क कोरोनाको संक्रमणबाट बच्न र बचाउने प्रयोग गरिने साधन पेडल सेनिटाइजर स्टाण्डहरु स्थानिय समाजसेबी बहिनी बबिता कटुवाल मार्फत हस्तान्तरण गरे।
यसैगरी भक्तपुरको दधिकोट स्थित ॐ शान्ती केन्द्रलाइ समेत कटुवालले पेडल सेनिटाइजर स्टाण्ड निशुल्क बितरण गरेका छन् ।