
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट १० हजार ३ सय ८२ जनाकाे नमुना परीक्षण गर्दा ९ सय ८० मा काेराेना पुष्टि भएकाे हाे ।
जसमध्ये २९० महिला रहेका छन् भने ६९० पुरुष छन् ।
यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
हाल सम्म २ सय ८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोना मुक्त भएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij