
काठमाडाैं । याेग तथा प्राकृतिक चिकित्सक संघ नेपालले केही व्यक्तिहरुले आफू प्राकृतिक चिकित्सक रहेकाे भन्दै विभिन्नन माध्यमबाट भ्रम फैलाएकाे भन्दै यसबारे सचेत रहन आग्रह गर्दै सर्वसाधारण, सञ्चार माध्यम एवं सराेकारवालाहरुलाइ आग्रह गरेकाे छ ।
संघका अध्यक्ष डा रविनलाल श्रेष्ठले एक विज्ञप्ति सार्वजनिक गर्दै यस्ताे आग्रह गर्नुभएकाे हाे ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् एवं काउन्सिलमा दर्ता समेत नभएका अनाधिकारिक व्यक्तिहरुका भ्रमपूर्ण अभिव्यक्तिले याेग तथा प्राकृतिक चिकित्सा बारे गलत सन्देश प्रवाह हुन सक्ने बताउँदै संघले विज्ञप्ति मार्फत आग्रह गरेकाे हाे ।
संघले प्राकृतिक चिकित्साबारे कुनै धारणा सम्प्रेषण गर्नुपूर्व आधिकारिकता प्रमाणित गरेर मात्र समाचार सम्प्रेषण गर्नकाे लागि सञ्चारमाध्यमहरुलाइ आग्रह गरेकाे छ । साथै यस्ता अनाधिकारिक व्यक्तिहरुलाइ कारबाहीकाे लागि समेत संघले आग्रह गरेकाे छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij