२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

निजी ल्याबमा पीसीआर परीक्षण गरेर बीमा दाबी गर्न नपाइने

निजी ल्याबमा पीसीआर परीक्षण गरेर बीमा दाबी गर्न नपाइने

काठमाडौँ–निजी ल्याबबाट परीक्षण गरिएको कोरोना भाइरसको पीसीआर रिपोर्टका आधारमा बीमा कम्पनीमा दाबी भुक्तानी गर्न नपाइने भएको छ।

बीमा समितिले निजी ल्याबबाट कोरोना परीक्षण गरिएको पीसीआर रिपोर्टलाई आधार मानेर दाबी भुक्तानी नगर्न कम्पनीहरुलाई पत्राचार गरेको हो।

बीमा समितिका प्रवक्ता राजुरमन पौडेलले विश्वभर कोरोना महामारी भएपनि नेपालमा मात्र कोरोना बीमाको सुविधा रहेको र यसको दुरुपयोग नहोस् भनेर सबै कम्पनीहरुलाई पत्राचार गरेको बताए।

उनले सरकार मातहतका अस्पताल तथा ल्याबबाट पीसीआर रिपोर्ट ल्याएपछि मात्र बीमकले दाबी भुक्तानी गर्न पाउने बताए।

उनले भने, ‘सरकारले अनुदान दिने हो। यसको गलत प्रयोग नहोस् भनेर कम्पनीहरुलाई निजी ल्याबबाट आएका पीसीआर रिर्पोटलाई आधार मानेर दाबी भुक्तानी नदिन भनेका छौँ।’

बीमा कम्पनीहरुले बीमा दाबी भुक्तानीका लागि आवश्यक पर्ने पीसीआर रिर्पोटमा शंका गरिरहेका थिए। कोरोना बीमा पोलिसीमा बीमा भुत्तानीका लागि बीमितका नाम, रोग शुरु भएको मिति र विवरण, पूर्ण रुपमा भरिएको दाबी फारम र कोरोना संक्रमण पुष्टि भएको परीक्षणको सम्पूर्ण कागजातका साथै अस्पताल भर्ना भएको र डिस्जार्च भएको कागजात वा चिकित्सकहरुले दिएको कागजात हुनुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij